-->
कुर्सीमा बस्नेहरूले समस्याको समाधान गर्नुपर्छ – भूपेन्द्र लेप्चा

कुर्सीमा बस्नेहरूले समस्याको समाधान गर्नुपर्छ – भूपेन्द्र लेप्चा

डी.के वाइबा, कालिमन्युज, कालेबुङ 6 मई। लेप्चा प्यारा शिक्षकहरूको आन्दोलनलाई समर्थन जनाउँदै हिल तृणमूल युवा कङ्ग्रेसका अध्यक्ष भुपेन्द्र लेप्चाले समस्याको कुर्सीमा बस्नेहरूले समाधान गनुपर्छ भनेका छन्। उनले आज यहाँ एक पत्रकार सम्मेलन आयोजना गरेर लेप्चा प्यारा शिक्षकवर्गको पक्षमा बोल्दै उनीहरूको समस्यालाई यथाशिघ्र समाधान नगरे यहाँ बेरोजगार समस्याको ज्वलामुखी बिस्फोट हुने दाबी समेत गरेका छन्।
“पहाडमा बेरोजगार समस्या दिनो दिन बडीरहेको छ। यदि यसलाई यहाँका जनप्रतिनिधीहरूले समयमा समाधान नगरे यो समस्या ज्वालामुखी झैँ बिस्फोट हुनेछ” लेप्चाले भने। यसक्रममा उनले पहाडको सत्तासिन राजनितिक पार्टी गोजमुमो अनि भाजपा प्रति पनि कटाक्ष गर्दै आलोचना गर्न पछि परेनन। उनले मोर्चा अनि भाजपाको आलोचना गर्दै दुवै राजनैतिक दल एउटै सिक्काको दुई पाटो रहेको आरोप लगाएका छन्। दुवै राजनैतिक दलले समस्या समाधान गर्नको साटो समस्यालाई अझ जटिल बनाउँने कार्य गरिरहेको पनि आरोप लगाए।
“मोर्चा अनि भाजपा दुवैले जनविरोधी कार्य गरिरहेको छ। दुवै राजनैतिक दल तथा जनतालले भोटमा जिताएर पठाएका नेताहरूले ज हितमा काम गरेको छैन” लेप्चाले भने। उनले भाजपा केन्द्रमा आउनुको पछाडी देशका कृषकहरूले पनि उत्तिकै सहयोग पुऱ्याएका हुन्। तर अहिले त्यही सरकारले किसानविरोधी बील सदनमा ल्याइरहेको छ। ठिक त्यसरी नै यता गोर्खा जनमुक्ति मोर्चालाई पनि आजको स्थितिमा पुऱ्याउन पहाडका हजारौँ बेरोगजारहरूको समर्थन रहेको भएपनि अहिले आएर त्यही दलले नै विरोजगारहरूको हितको विपरित काम गरिरहेको लेप्चाले आरोप लगाए। नियुक्ति पत्र हात पारेर पनि सम्बन्धित स्कूलहरूमा लेप्चा प्यारा टिचरहरूलाई जोइन गर्न नदिनु ठिक नरहेको भन्दै उनले भने, यो 46 जना लेप्चा प्यारा शिक्षकहरूको समस्या मात्र होइन तर यो पहाडका वेरोजगारहरूको समस्या हो। यसैले उनीहरूको नियुक्तिमा रोक लगाउने निर्णय ठिक होइन।
हिल तृणमूलले शुरूदेखि नै पहाडमा वेरोगारहरूको समस्या समाधान गर्नुपर्छ भन्ने माग गरिहेको कारण आफूहरू लेप्चा शिकक्षहरूको आन्दोलनमा साथ रहेको लेप्चाले बताए। उनले भारतीय संविधानको धारा 86 लाई संशोधन गरेर 6 देखि 14 वर्षसम्मका नानीहरूलाई निःशुल्क शिक्षा प्रदान गरिनुपर्छ भनेर सर्वशिक्षा मिसन शुरू गरिएको हो। यसैले उक्त अभियान राज्यमा पश्चिम बङ्गाल सर्वशिक्षा मिसनको रूपमा सञ्चालित छ। यसैले यस मिसनलाई वृहत रूपमा हेर्दै पहाडमा लेप्चाभाषी शिक्षक-शिक्षिकाको नियुक्तिमा रोक लगाउन नहुने मत जाहेर गरेको छन्। उनले अझ भने अनुसार पहाडका सबै जातगोष्ठिहरूले आफ्नो भाषामा प्राथमिक स्कूलहरूमा शिक्षा लिने अवसर प्रदान गरिनुपर्छ। यसैले लेप्चाभाषी शिक्षक शिक्षिकाको नियुक्तिलाई लिएर साम्प्रादायिक सद्भावना बिथोल्न नहुने पनि लेप्चाले बताए।
लेप्चाभाषी शिक्षक-शिक्षिकाको नियुक्तिमाथि आपत्ति जनाउनको साटो स्थानीय राजनैतिक दलहरूले अझ रोजगारको अवसरहरू प्रदान गर्नुपर्ने लेप्चाको सुझाउ छ। लेप्चा शिक्षक नियुक्तिमाथि आपत्ति जनाउने सम्बन्धित पार्टीहरू अन्य जटील मामिलाहरूमा पनि मौन रहेको प्रश्न गर्दै उनले यतिखेर सिलगढीमा शहरमा निर्माण गरिने नयाँ टाउनसिपको नाम टिस्टा राखिने घोषणा हुँदा पहाडका नेताहरू किन बोल्दैनन्? यसमा किन कसैलाई आपत्ति छैन? सिलगडी चाँडै जिल्ला बन्ने प्रक्रियामा छ, यसमा विधायक सासंदहरू किन मौन? भनि सोझै प्रश्न गरे। उनले लेप्चा प्यारा शिक्षकको समस्या वास्तवमा ठूलो नभए पनि यस समस्यालाई कुर्सीमा बस्नेहरूले समाधान गर्नको साटो अझ जटिल बनाउम्ने कार्य गरेको आरोप लगाए।
“वास्तवमा समस्या ठूलो होइन। यसलाई यहीँ समाधान गर्न सकिन्छ। हामी पहाडमा सबैले रोजगार पावोस् भन्ने चाहना राख्छौँ। कुर्सीमा बस्नेहरूले बेरोजगारहरूको समस्या समाधान गरेर देखावोस्। सानो कुरालाई ठूलो मुद्दा बनाउँदा कुनै फाइदा छैन। यसको समाधान यहीँ गर्न पर्छ” लेप्चाले स्पष्ट भने।

Related Posts

0 Response to "कुर्सीमा बस्नेहरूले समस्याको समाधान गर्नुपर्छ – भूपेन्द्र लेप्चा"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.