-->
सीबीआईको चार्जशीट् दर्तामाथी सांसद आहलुवालीयाको प्रतिक्रृया

सीबीआईको चार्जशीट् दर्तामाथी सांसद आहलुवालीयाको प्रतिक्रृया

राजेश शर्मा, कालिमन्युज, जयगाँउ 30 मई । पहाड़का शिर्सस्थ नेताहरुको नाम कोलकताको न्यायालयमा साबीआईद्वारा बुझाइएको मदन तामाङ हत्याकाण्ड्को जाच मामिलाको चार्ज सिटमा रहेको प्रकाशमा आएपछी पहाडको स्थिति कस्तो होला भन्ने प्रश्न उठिरहेकोछ । यसै सम्बन्धमा के गोजमुमोले यसमा प्रतिकृया जनाउदा पहाडमा अशांति होला भन्ने प्रश्नको उत्तरमा दार्जीलिङका सांसद एसएस आह्लुवालियाले बिमल गुरुङले पहाड़मा अशान्ती हुदैन भन्ने वचन दिएको उल्लेख गरे।
तिनले भने सीबीआईले केवल चार्जर्शीट मात्र दर्ता गरेको हो अनि बिमल गुरुङ लगायत नौ जना नेताहरुलाई सीआइडीले यसबाट छुट् दिइसकेको हो। सीबीआईले जाँच गर्ने जुन माग गरेको छ त्यो भारतको सविधानको एवं कानुको नियम पालन अनुसार छ वा छैन भनि अवश्यै कोर्टमासुनवाई हुने छ भनि तिनले बताए ।
तिनले भने मदन तामङको हत्याको सम्बन्धमा गरिएको प्राथमिकीमा बिमल गुरुङ, आशा गुरुङ, रमेस आले, प्रदिप प्रधान, बिनय तामङ, देवेन्द्र शर्मा, हर्क बहादुर क्षेत्री आदीले जनसभाहरुमा मदन तामङलाई भाषणको माध्यमवाट हप्काउने वा डर देखाउने गरेको कारण यिनीहरुको नाम सीबीआईले आफ्नो चार्ज सिटमा दर्ता गरेको हुन सक्छ । तिनले यसै सम्वन्धमा दोहोराउदै भने आज बिमल गुरुङसंग मेरो बातचित भइसकेको छ, गोजमुमोका प्रमुख गुरुङले शान्ती कायम राख्ने अवगत गराएका छन ।
यसै क्रममा भाजपाको गोजमुमोको गठबन्धन छ अनि आउदो दिनमा गोजमुमो नेताहरु दोषी पाए भने के यो साठगाठ रहिरहन्छ वा रहदैन भनि प्रश्न गर्दा तिनले यो गठबन्धन अवस्यनै कायम रहनेछ भनि बताए । सीबीआईको जाच अब न्यायालयको हातमा छ, हुनसक्छ यी नौ जना नेताहरुलाई पुछताछको आदेश दिन पनि सक्छ तर यसमा निरास भैहाल्नू हुदैन, म सांसद भएको नाताले सधै म पहाड़को जनताको साथ रहिरहनेछु यो मेरो आश्वासन हो भन्ने तिनले भने ।

0 Response to "सीबीआईको चार्जशीट् दर्तामाथी सांसद आहलुवालीयाको प्रतिक्रृया "

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.