
टिस्टा संघर्ष समितिले बिभिन माग गर्दै एनएचपीसीलाई चढायो ज्ञापन
डी के वाइबा, कालिमन्युज, कालेबुङ 8 अप्रेल 2015। टिस्टा समाजिक संघर्ष समितिले बिभिन्न मागहरू गर्दै एन.एच.पी.सी.लाई ज्ञापन पत्र चढाएको छ। उनीहरूले आज एनएचपीसी कार्यलयमा मुख्य अभियन्तालाई भेट गरेर विशेष टिस्टा जलविद्युत परियोजनाको कारण पाँचवटा कोइरीहरूमा कार्यरत मजदुरवर्गको आयश्रोत बन्द भएको कारण यथाशिघ्र क्षतिपुरण दिनुपर्ने माग गरेको छ।
टिस्टा नदीमा मोठ पाँचवटा कोइरीका लकभक पाँचसय मजदुरहरूको आयस्रोत जलबिद्युत परियोजनाको कारण पूर्णरूपले बन्दभएको बताउँदै उनीहरूलाई बैकल्पिक रोजगारको व्यवस्था सँगै क्षतिपुर्ती दिनुपर्ने माग गरेको छ। यसैक्रममा टिस्टा नदीमा साहसिक पर्याटनको रूपमा बिकसित हुँदै गरेको टिस्टा रिभर राफ्टिङ पनि जलबिद्युत परियोजनाको कारण बन्दको मुखमा परेको अनि यसले राफ्टिङ व्यवसायीहरू प्रभावित बनेको कारण उनीहरूलाई पनि एनएचपीसीले क्षतिपूर्ती सँगै बैकल्पिक रोजगारको व्यवस्था गर्नुपर्ने संघर्ष समितिले माग गरेको छ।
जलविद्युत परियोजनाको कारण हाल टिस्टा नदीमा राफ्टिङ व्यवसाय पूर्णरूपले बाधित बनेपछि राफ्टिङ व्यवसायमा आश्रित मानिसहरूले भोग्न परिरहेको समस्यालाई एनएचपीसीले गम्भिरतापूर्वक लिनुपर्ने माग उनीहरूले दोहोर्याएको हो। यसका साथै टिस्टा नदीमा जलविद्युत परियोजना निर्माणले संलग्न क्षेत्रमा पुर्याएको क्षतिबारे सर्भे गरेर क्षय क्षतिको जानकारी लिई प्रभावित परिवारहरूलाई क्षतिपूर्ति दिनुपर्ने पनि टिस्टा संघर्ष समितिले ज्ञापन पत्रमा उल्लेख गरेको छ।
अर्कोतर्फ टिस्टा संघर्ष समितिले 19 सुत्रीय मागहरू राख्दै एनएचपीसीलाई अर्को छुट्टै ज्ञापन पत्र पनि चढाएको छ। उक्त 19 सुत्रीय मागहरूमा जलबिद्युत परियोजना संलग्न क्षेत्रहरूमा नियम अनुसार एनएचपीसीले गर्नुपर्ने कार्यहरू यथाशिघ्र गर्नुपर्ने माग गरेको छ। टिस्टा नदी संलग्न क्षेत्रमा ई-को टूरिजमको बिकास, टिस्टा खेल मैदानलाई स्टेडियम बनाउँनुपर्ने, स्वरोजगारको निम्ति आवश्यक प्रशिक्षण शिविरहरूको आयोजना, मैला व्यवस्थापन, स्ट्रिट बत्ती, आर्थिक विपन्न परिवारवर्गका छोरीहरूलाई विवाहको निम्ति आर्थिक सहयोग, टिस्टा उच्चतर माध्यमिक विद्यालयलाई मोडल हाई स्कूल बनाउनुपर्ने, जुनियर बेसीक पाठशालाको सुरक्षाबार निर्माण आदि मागहरू ज्ञापन पत्रमा उल्लेख गरिएको छ।
0 Response to "टिस्टा संघर्ष समितिले बिभिन माग गर्दै एनएचपीसीलाई चढायो ज्ञापन"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.