
टिस्टा नदीबाट दुईवटा शव उद्धार, तीनजना अझै निखोज
डी.के. वाइबा, कालिमन्युज, कालेबुङ 4 अप्रेल। टिस्टा नदीबाट आज पुलिसले दुईवटा मृतदेह उद्धार गरिएको छ। उक्त दुईवटा शवहरू एउटै दुर्घटनामा परेर मृत्यु हुनेहरूको बताइए पनि शवको उद्धार भने भिन्न भिनै स्थानहरूबाट गरिएको हो।
प्राप्त जानकारी अनुसार गत 30 मार्चको दिनदेखि सेन्ट्रो वाहन डब्ल्यु बी. 74 डी- 9931 सँगै वाहनका चालक रिकी खाती, रौसे निवासी विवेक लामा, रोहित घिमिरे, अजय सार्की अमिर छेत्री लापत्त भएका थिए। उनीहरू लापत्त भए पनि यसबारे कुनै सुइँको भने पाउँन सकेको थिएन।
यसैक्रममा खोजी अभियानको क्रममा मल्लि थाना अन्तर्गत किर्ने नजिक बाँडरे भीरबाट सेन्ट्रो वाहन डब्ल्यु बी. 74 डी- 9931 दुर्घटनाग्रस्त भएको थाह लागेपछि नै उनीहरू सबै दुर्घटनामा परेको आशंका गरिएको थियो। यसक्रममा खोजी अभियान गर्दा दुर्घटना स्थानमा वाहनका चालकको परिचय पत्र अनि वाहनको कागज पत्र प्राप्त भए पछि उक्त वाहन सँगै वाहनमा सवार पाँचै जना दुर्घटना ग्रस्त भएको पुष्टि भएको थियो। दुर्घटनाको पुष्टि भएपछि नै उद्धार टोलीले टिस्टा नदीमा खोजी अभियान चलाउँने क्रममा आज टिस्टा थाना अन्तर्गत लिखुभीर नजिकबाट अमिर छेत्री अनि रम्बी थाना अन्तर्गत 27 माइल टिस्टा जलविद्युत परियोजना स्थलबाट विवेक लामाको शवलाई पुलिसले उद्धार गरेको छ।
आज बिहानै देखि उद्धार टोलीले टिस्टा नदीमा खोजी अभियानमा चलाउँदा लिखुभीर नजिक नदीमा शव मानिसहरूले देखेको जानकारी प्राप्त भएपछि टिस्टा रिभर राफ्टिङ अनि चालक महासंघको उद्धार टोलीले उद्धार कार्य गरेर अमिर छेत्रीको शवलाई उद्धार गरेको हो। यसैरी नै खोजी अभियानकै क्रममा विवेक लामाको शवलाई भने टिस्टा जलविद्युत परियोजना स्थलमा तैरिरहेको देखेपछि रिभर राफ्टिङ, चालक महासंघको टोलीले उद्धार गरेको हो। उद्धार गरिएको शवलाई पोष्टमार्टमको निम्ति कालेबुङ महकुमा अस्पताल पठाइएको छ। उद्धार टोलीले आज लापत्त बनेका पाँचजना मध्ये दुईजनाको शवलाई टिस्टा नदीबाट उद्धार गरे पनि अन्य तीनजना भने अझै निखोज भएका छन्। उनीहरूको खोजी कार्य पनि जारी रहेको छ।
टिस्टा नदीमा उक्त शवलाई उद्धार गर्नमा आज कालेबुङ चालक महासंघका प्रतिनिधीवर्ग अनि टिस्टा रिभर राफ्टिङका उद्धार टोली सक्रियरूपले लागीपरेका थिए। यसक्रममा जीटीए उप प्रमुख कर्णल रमेश आले पनि शवलाई उद्धार गर्दा घटना स्थलमा पुगेका थिए। उद्धार कार्यमा जुएटेका चालक महासंघका अध्यक्ष महेन्द्र गुरूङले पत्रकारहरूलाई जानकारी गराउँदै गत 30 मार्चको दिनदेखी चालकसँगै अन्य चारजना युवाहरू लापत्त बनेपनि उनीहरूको खोजी अभियान गर्दा किर्ने नजिक दुर्घटनाग्रस्त भएको थाह लागेको थियो। टिस्टा नदीमा वाहन झरेर दुर्घटनाग्रस्त बनेको पत्तो लागे देखि नै चालक महसंघले खोजी अभियान चलाइरहेको जानकारी गराउँदै आज खोजी अभियानकै क्रममा दुईवटा शवलाई उद्धार गरिएको गुरूङले जानकारी गराए। उनले टिस्टा नदीमा हुने दुर्घटनाका घटनाहरूलाई केन्द्र गरेर चालक महासंघले केही समय अघि जीटीए प्रमुख बिमल गुरूङलाई भेट गरेर उद्धार कार्यको एउटा कार्यलय खोल्ने चर्चा गरेको जानकारी गराए।
“टिस्टा नदीमा हुने दुर्घटनालाई केन्द्र गरेर चालक महासंघले उद्धार कार्यको निम्ति एउटा कार्यलय खोल्नुपर्ने माग जीटीए प्रमुख बिमल गुरूङलाई गरेका छौँ। उहाँले यसलाई सकारात्मक लिएका छन्। यसको निम्ति जीटीए, एनएचपीसी अनि चालक महासंघ बसेर यथाशिघ्र स्थान छनौट गरेर कार्य अघि बडाउँनेछौँ” – महेन्द्र गुरूङले भने। उक्त उद्धार कार्यको निम्ति कार्यलय निर्माण गर्न सके आगमी दिनहरूमा सबैको निम्ति लाभदायक हुने तिनले दाबी गरे। चालक महासंघले बिगतका दिनहरू देखीनै उद्धार कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आइरहेको जनकारी गराउँदै आगमी दिनहरूमा यसलाई अझ व्यवस्थित गर्नकै निम्ति राष्ट्रिय राजमार्ग क्षेत्रमा उद्धार टोलीको कार्यलय नै स्थापना निर्माण गर्ने सोंच बनाएको पनि उनले जानकारी गराएका छन्।
अर्कोतर्फ यता शवलाई उद्धार गर्नेक्रममा विशेष रूपले उपस्थित बनेका जीटीए उपप्रमुख कर्णल रमेश आलेले पनि हाइवे क्षेत्रमा हुने दुर्घटनाहरूलाई केन्द्र गरेर उद्धार कार्यको निम्ति एउटा दल नै गठन गर्ने सोंच निर्माण गरिरहेको जानकारी गराएका छन्। यस कार्यको निम्ति जीटीएले चाँडै जिल्लापालसँग बैठक बसेर उद्धार कार्यको निम्ति आवश्यक समाग्रीहरूको उपलब्ध गराउँने प्रयास गर्ने पनि कर्णल रमेश आलेले बताएका छन्। राष्ट्रिय राजमार्गमा हुने दुर्घटाको कारण अनेकौँ समस्याहरू सिर्जना हुने गरेको अनि यसको निम्ति तत्काल उद्धार गर्ने एउटा स्थायी उद्धार टोली नहुँदा अझै समस्या भएको बताउँदै यसलाई जीटीएले गम्भिरतापूर्वक लिएको पनि बताएका छन्।
0 Response to "टिस्टा नदीबाट दुईवटा शव उद्धार, तीनजना अझै निखोज"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.