८२ घण्टापछि युवकको उद्धार
संजोग मनन्धर, कांतिपुर, काठमाडौ, वैशाख १५ -महाभूकम्पले भत्काएको घरबाट मंगलबार अर्घाखाँचीका २८ वर्षे ऋषि खनाललाई बाहिर निकालिँंदै।
राजधानीको गोंगबुस्थित सयपत्री गेस्टहाउसको चौथो तलामा बसिरहेका बेला गत शनिबार आएको भूकम्पले भवन भत्काएपछि उनी पहिलो तलामा ८२ घण्टासम्म अड्किएका थिए। उनलाई सशस्त्र प्रहरी र फ्रान्सेली उद्धार टोलीले उद्धार गरेको हो।
खनाल अन्य दुई जना साथीहरूसँग काठमाडौं आएर उक्त गेस्ट हाउसमा बसेका थिए।
भूकम्पमा घर भत्केपछि उनका दुवै साथीको भने मृत्यु भइसकेको छ। उद्धार लगत्तै उनले आफूलाई बचाउन पहल गर्ने उद्धार टोलीलाई पटक–पटक धन्यवाद दिएर कृतज्ञता जनाएका थिए। उक्त गेस्ट हाउसमा रोजगारीका लागि विदेश जाने तयारी गरेका र विदेशबाट फर्किएका युवा बसेका थिए।
शनिबारको भूकम्पका कारण उपत्यकामा मात्रै अझै दर्जनौं व्यक्ति पुरिएको आशंका छ। नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीका साथै विभिन्न मुलुकका टोली पुरिएकाहरूको उद्धारमा खटिएका छन्।
भूकम्पमा परी ४ हजार ७ सय ६९ जनाको मृत्यु भइसकेको छ।
0 Response to "८२ घण्टापछि युवकको उद्धार"
Post a Comment
Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.
Note: only a member of this blog may post a comment.