-->
आलु र चामल बाँडेर गोर्खाल्याण्डको आवाज दब्दैन - बिमल गुरूङ

आलु र चामल बाँडेर गोर्खाल्याण्डको आवाज दब्दैन - बिमल गुरूङ

डी.के वाइबा, कालिमन्युज, कालेबुङ 4 मार्च। ‘छुट्टै राज्य गोर्खाल्याण्डको आवाजलाई दुई किलो आलु र चामल बाँडेर दबाउँन सक्दैन। मेरो आवाजलाई दबाए भोलि छोरा छोरीले उठाउँनेछन् अनि उनीहरूको आवजलाई पनि दबाए अर्को पिँढीले उठाउँनेछन्’ उक्त कुरा गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष एवं जीटीए प्रमुख बिमल गुरूङले भनेका हुन्। उनी आज यहाँको टाउनहलमा तृणमूल काङ्ग्रेस अनि गोरामुमो पार्टीबाट मोर्चामा पुन: सामेल भएकाहरूलाई झण्डा प्रदान गर्न आएका थिए। 
यसै अवसरमा गुरूङले राज्यसरकारसँग छुट्टै राज्यको मागमा आफू कहिल्यै पछि नहट्ने दाबी गर्दै आफ्नो ज्यान दिनको निम्ति समेत तयार रहेको दाबी गरे। उनले पार्टीमा पुन: सामेल भएकाहरूलाई स्वागत गर्दै बिगतका दिनहरूमा आफूहरूले कतिपय गल्ति गरेको कारण नै यसरी पार्टी त्यागेर अन्य पार्टीमा सामेल भएका बताउँदै अब गल्तीहरूलाई स्वीकारेर एकबद्ध भएर अघि बड्ने आह्वान गरे। 
‘बिगतका दिनहरूमा हाम्रा नेतृत्वहरूले गल्ति गरे होलान्। कतिपय गल्ति नचाहेरै पनि भइहाल्छ। यस्ता गल्तीहरू थाह पाएपछि हामी सुधार्ने कार्य गर्दैछौँ’ गुरूङले भने। बिगतका दिनहरूमा जसरी एउटै घरका परिवारहरू सरह मिलेर बसेका थिए त्यसरी नै आगामी दिनहरूमा पनि व्यक्तिगत स्वार्थलाई त्यागेर जाति र माटोको निम्ति अघि बड्नपर्ने उनले आह्वान गरे। 
उनले आज मोर्चामा पुन: सामेल बनेकी ननीता गौतमलाई स्वागत गर्दै पार्टीलाई कालेबुङमा दह्रो बनाउँन बिगतका दिनहरूमा नतिता गौतमले पुर्‍याएको योगदानको प्रशंसा गरे। ननीता गौतमले पार्टी त्यागेर तृणमूल कङ्ग्रेसमा जाँदा आफू दु:खी बनेको बताउँदै घरका परिवार टुक्रिन्दा दु:ख हुने बताए। आफ्नो सम्बोधनको क्रमममा गुरूङले तृणमूल कङ्ग्रेस प्रति कटाक्ष प्रहार गर्दै ममता ब्यानर्जीले बिभिन्न प्रलोभन देखाएर पहाडका युवाहरूलाई तृणमूल कङ्ग्रेसमा सामेल बनाएको दाबी गर्दै उक्त प्रलोभनहरू केवल राजनैतिक स्वार्थपुर्तीको निम्ति मात्र रहेको दाबी गरे। 
‘ममता ब्यानर्जी यहाँ आउँदा मिठो बोलेर फुरूक्कै पार्ने गर्छ। जब उनी यहाँका जनतालाई फुरूकै पारेर मधेर झर्छन् तब फुटाऊ अनि राज गरको नीति अप्नाएर कुटनैतिक चाल अप्नाउँछन्’ बिमल गुरूङले कटाक्ष गर्दै भने। पहाडमा लेप्चा बोर्ड, तामाङ बोर्ड आदि निर्माण गरेर फुटाऊ अनि राज गरको नीति अप्नाएको आरोप लगाउँदै उक्त बोर्डका पदअधिकारीवर्गले पहाडको बिकास गर्न सके स्वागत गर्ने बताए। 
‘लेप्चा बिकास बोर्ड अनि तामाङ बिकास बोर्डले ममता ब्यानर्जीलाई जति रिझाएर बिकास गर्न सक्छ त्यती नै पहाडवासीको निम्ति राम्रो हो। यसले हामी पहाडवासीकै भलाई हुनेछ। तर उनीहरूले चालेको कुटनैतिक ‘फुटाऊ अनि राज गर’को चालबाट भने बाँच्नुपर्छ’ बिमल गुरूङले स्पष्ट भने। 
गुरूङले आफ्नो सम्बोधनको क्रममा जीटीएले पहाडमा बिकास कार्य सँग सँगै छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई पनि निरन्तर अघि बडाउँने दाबी गरे। ‘हामी बिकास पनि गर्छौँ अनि गोर्खाल्याण्डको आन्दोलन पनि गर्छौँ। गोर्खाल्याण्डको मागमा बङ्गाललाई दु:ख दिनेछैनौँ। हाम्रो माग केवल केन्द्र सँग हुनेछ’ मोर्चा प्रमुख गुरूङले भने। यसक्रममा उनले जीटीएमा गोर्खाल्याण्ड नाउँ प्राप्त गरिसकेको दाबी गर्दै अब केवल क्षेत्र अनि व्यवस्थाको निम्ति आन्दोलन गर्नपर्ने बताए।

Related Posts

0 Response to "आलु र चामल बाँडेर गोर्खाल्याण्डको आवाज दब्दैन - बिमल गुरूङ"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.