-->
जीटीए अध्यक्षको पक्राउ.....    घटना बुझेर प्रतिक्रिया गर्नेछौँ – बिमल गुरूङ

जीटीए अध्यक्षको पक्राउ..... घटना बुझेर प्रतिक्रिया गर्नेछौँ – बिमल गुरूङ

डी.के वाइबा, कालिमन्यज, कालेबुङ 4 मार्च। सिलगडीमा गोजमुमो पार्टीका उपाध्य्क्ष एवं जीटीएका अध्यक्ष प्रदिप प्रधान लगायत अन्य मोर्चा नेतृत्ववर्गलाई पुलिसले पक्राऊ गरेको घटना सम्बन्धि जीटीए प्रमुख बिमल गुरूङले आफूलाई जानकारी नभएको बताएका छन्। उनलाई आज सिलगडीको घटना सम्बन्धि पत्रकारहरूले प्रतिक्रिया लिने क्रममा घट्नाबारे जानकारी छैन भनेका हुन्। 
‘मलाई यसबारे केही जानकारी छैन। दार्जीलिङबाट कालेबुङ आउने क्रममा मलाई यसबारे जानकारी भएन। यद्यपी यसबारे हामी चर्चा गर्नेछौँ’ बिमल गुरूङले भने। आफू कालेबुङमा आएपछि सिलगडीमा मोर्चा नेताहरू पक्राऊ भएको जानकारी प्राप्त भएको बताउँदै ‘पुलिसले के कारणको निम्ति पक्रेका हुन त्यो थाह भएको छैन’ भने। ‘पक्राऊ गरेको सन्दर्भमा जानकारी लिनेछु। 
पुलिसले राजनैतिक उदेश्यले पक्रेका हुन् भने हामी राजनैतिक रूपले लड्नेछौँ। यदि व्यक्तिगत कारणले पक्रा गरेका हुन् भने त्यसबारे हामी पार्टीमा पहिले चर्चा गरेर मात्र प्रतिक्रिया गर्नेछौँ’ बिमल गुरूङले स्पष्ट भने। स्मरण गराइन्छ सिलगडी पुलिसले जीटीए अध्यक्ष प्रधान लगायत गोजविमोका दिप थापा तथा अन्य मिलाएर एघार जनालाई एउटा पुरानो सिक्का भनेर नकली सिक्का विक्री गरेको आरोपमा धोकाधडी मामिलामा आज पक्राउ गरेर 5 दिनको न्यायिक हिरासतमा लिएकोछ।

0 Response to "जीटीए अध्यक्षको पक्राउ..... घटना बुझेर प्रतिक्रिया गर्नेछौँ – बिमल गुरूङ"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.