-->
किशोरी अपहरण गरेको आरोपमा युवक पक्राऊ

किशोरी अपहरण गरेको आरोपमा युवक पक्राऊ

डी के वाइबा, कालिमन्युज, कालेबुङ 14 मार्च। कालेबुङको एउटा विद्यालयमा आठौँ श्रेणीमा अध्ययनरत 14 वर्षिय किशोरीलाई अपहरण गरेको आरोपमा पुलिसले सालुगडा निवासी सचिन तामाङ (18) लाई पक्राऊ गरेको छ। पक्रा पर्ने आरोपी बिरूद्ध भारतीय दण्ड संहिताको धारा 363 अन्तर्गत अपहरणको मुद्दा दर्ता गरेर आज यहाँको न्यायलयमा पेश गरेको थियो। 
आरोपी युवकलाई दिनको 14 दिनको न्यायिक हिरासतमा राख्ने अदालतले निर्देश दिएको छ। जानकारी अनुसार आरोपी युवक अनि अपहृत किशोरी एउटै विद्यालयको आठौँ कक्षामा नै अध्ययनरत थिए। उनीहरू दुवै 10 मार्चको दिन विद्यालयको होस्टेलबाट हराएपछि विद्यालय कर्तृपक्षले किशोरीको परिवारपक्षलाई जानकारी दिएको थियो भने पिडीत परिवार पक्षले यहाँको पुलिस थानामा 11 मार्चको दिन प्राथमिकी दर्ता गरेको थियो। जसको आधारमा पुलिसले खोजी अभियान चलाउँदा शुक्रबार कालेबुङ पुलिसका लक्ष्मण पोख्रेलको नेतृत्वमा रहेको टोलीले भक्तिनगर थानाको सहयोगमा आरोपी युवक अनि किशोरीलाई सालुगडा बजारबाट पक्राऊ गरेको हो। 
प्राप्त जानकारी अनुसार आरोपी युवक अनि किशोरीमाझ प्रेम सम्बन्ध रहेको थियो। जसको कारण दुवैजना प्रेम विवाह गरेर भागेका थिए। दुवैजना प्रेम विवाह गरेर भागे पनि यसबारे केटीपक्षलाई भने कुनै जानकारी थिएन जसको कारण उनीहरूले थानामा प्राथमिकी दर्ता गरेका थिए। थानामा प्राथमिकी दर्ता गरेपछि पुलिसले मोबाइल फोन ट्रेसिङ गरेर दुवैलाई सालुगडा बजारबाट पक्राऊ गरेको हो। 
आरोपी युवकले किशोरीलाई कालेबुङबाट भगाएर सालुगडा आफ्नो घरमा लगेर गएका थिए भने शुक्रबार उनीहरू दुवै सालुगडा बजार आएको समयमा पुलिसले पक्राऊ गरेको थाह लागेको छ। 
यता पक्रा परेका आरोपी सचिन तामाङलाई आज यहाँको न्यायलयमा पेश गरेको समय घटनाबारे जान्न चाहँदा उनले आफूहरू राजीखुशी प्रेम विवाह गरेर भागेर गएको बताए। आफूले अपहरण नगरेको स्पष्टिकरण दिँदै दुवैको सहमतीमा प्रेम विवाह गरेको पनि युवकले दाबी गरे।

Related Posts

0 Response to "किशोरी अपहरण गरेको आरोपमा युवक पक्राऊ"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.