अन्तर्राष्ट्रीय सिमामा अवस्थित जयगाँउमा गोर्खा मेला भब्य रुपमा हुने
यस पत्रकार सम्मेलनमा दार्जिलिङबाट आएका सभासद त्रिलोकचन्द रोका आयोजक कमिटिका सचिव एस रोका, अरिपन चामलिङको पनि उपस़्थित थियो । यस अवसरमा सभासद ज्योति कुमार राईले भने यस गोर्खा मेलाको आयोजनको खास उद्देस्य यस क्षेत्रमा बसोबासो गर्ने गोर्खा एंव आदिवासीको जातीय सास्कृति एंव रहनसहन लगायत जातीको बिभिन्न सामग्री आदिको महत्व अनि कलाहरुलाई बचाई राखने साथै दुइ जातिको सम्बन्ध भाइचारा कायम राखी जागृति ल्याउने हो भनि बताए ।
तिनले भने आगामी बिहिवार देखी आरम्भ भएर आइतवारसम्म चल्ने यस गोर्खा मेलामा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन(जिटिए)का कार्यपाल बिमल गुरुङ मुख्य अतिथिको रुपमा उपस्थित हुनेछन भने यस चार दिने मेलामा कालेबुङका प्रख्यात मादल बाद्क संघले मादले नृत्य लगायत गोर्खा जातीको मारुनी अनि खुकुरी नृत्य लगायत जिटिएको सुचना एंव संचार विभागको तर्फवाट कार्निभल प्रस्तुति गरिने छ जो निशुल्क हुने पनि अवगत गराए ।
तिनले भने यस डुवर्समा गोर्खा अनि आदिवासी जातीहरु बेसी भागमा बसोबासो गर्छन भने आजसम्म सरकारले दुवैको उन्नतिको निम्ति खासै सोचेको छैन भन्दै भने यस मेलामा असम देखी गोर्खा जातीको भेष भुसा पहिरन, हात –हतियार बिगत दिनमा प्रयोग गरिएका सामग्रीहरुको प्रदर्शनी गरिने छ भने आदिवासी जातीको तर्फवाट आदिवासी जातीको खानपान एंव पारम्पारिक संस्कृतीका बस्तुहरु रहनेछ् भनि बताए ।
बिमल गुरुङ बिगत दिनमा डुवर्स पस्दा राज्य सरकारको तर्फबाट रोकने प्रयास गरिएको थियो भने यस समय राज्य सरकारको बिभिन्न बिभागलाई अघिवाटै अवगत गराइ सकीएकोले कुनै बाधा नहुने पनि तिनले बताए । तिनले भने यो मेलाले यो क्षेत्रमा बसो बासो गर्ने मानिसहरुको अस्मिता अनि चिन्हारीको मांगलाई पनि यस मेलाव्दारा झल्काइनेछ अनि दुवै जातिलाई एक सुत्रमा बाधनुमा ठूलो भूमिका निभाउनेछ ।
यो मेला यस क्षेत्रमा बसोबासो गर्ने अन्य जातिहरु जस्तै राजबंशी, टोटो, राभा लगायत अन्य आदीवासी जातीहरुको संस्कृतिलाई झलकाउने ठूलो अवसर हो भनि तिनले बताए । यस सनदर्भमा त्रिलोक चन्द रोकाले भने मेलाले आउदो दिनमा गोजमुमोको पार्टीलाई पनि थप बल मिल्ने बताए । तिनले भने बिमल गुरुङको यस डुवर्ससंग एउटा अलगै लगाउ छ जसको कारण यो गोर्खा मेला डुवर्सको जयगाँउमा आयोजन गरिएको हो । तर यता जंनता माझ यो प्रश्न पनि उठन थालेको छ कि यो मेलाले जिटिए गठन भए पछिको डुवर्स र पहाड्को दुरिलाई कतिको नगिचमा ल्याउने हो वा होइन अर्कोतिर भने गोजमुमो पार्टीले यसबाट कति लाभ उठाउने हो । आज गोर्खा मेलालाई लिएर आयोजित आयोजक कमिटिको बैठकमा यस मेलाको रुप रेखा तैयार गर्ने र यसलाई कसरी सफल बनाउने बारे चर्चा भयो ।

0 Response to "अन्तर्राष्ट्रीय सिमामा अवस्थित जयगाँउमा गोर्खा मेला भब्य रुपमा हुने"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.