शहिदको सपनाले अवस्यनै गोर्खाल्याण्ड हुने छ- बिमल गुरुङ
तिनले भने 2017को दिन 11 बजेर 19 मिनटमा गोजमुमोको झण्डा फरफराएको दिन 7 अक्टोबर 2007 देखी चलेको गोर्खाल्याण्डको आन्दोलनमा हुरि बतासले झै गोजमुमो समर्थक ओइरिएका थिए। डुवर्सदेखी पहाड़सम्म आन्दोलनको आवाज उठेपछि सारा भारत भरि छरिएर बसेका गोर्खाहरुले गोर्खाको चिन्हारीको निम्ति आन्दोलन चलाएर केन्द्रदेखी राज्य सरकार सबैको निन्द्रा उडाइदिएको थियो। यसैक्रममा सिब्चुको अनसनले गोर्खाल्याण्डको आन्दोलनलाई भिन्नै रुपको दिशा दिएको थियो ।
8 फरवरी 2010 सरस्वति पूजाको दिन गोर्खा जातीको निम्ति कालो दिन थियो। यहा आउदो दिनमा एउटा बेदी मात्रै होइन अरु पनि थपिनेछ । गोर्खाको सपना बोकेर शहिद भएको बिक्की, बिमला, प्रमिला, निता अनि मंगलको प्राणको आहुतीलाई हामीले कहिले भूल्नु हुदैन, तिनले भने। माटो अनि जातीको निम्ति गरेको बलिदान बिमल गुरुङले पनि भूलेको छैन । यी गोर्खा छोरा छोरीले दिएको योगदानलाई नभूलेर गोर्खाल्याण्ड्को निम्ति म बोलीनै रहेको छु दिल्ली अनि राज्य सरकारको समक्ष नहिचकाइकन बोलि रहेको हुन्छु तिनले अझै भने । बंगालले जतिसुकै कुटनिति गरेपनि बिमल गुरुङले जातीको निम्ति मरि मेटेको छ । यो स्थान बंगालको होइन यस स्थानमा गोर्खाको निम्ति बोल्दै आएको छु बिक्की अकबरलाई मैले भुलेको छैन। अहिले डुवर्सले भूल्न आरम्भ गरेको छ।
भारत स्वाधीन हुन् 67 बर्ष अघि गोर्खा जाती सिधा साधा थियो तर आज गोर्खा जातीले गोजमुमोको झण्डा पकडिए पछि बाठो भएकोछ। केन्द्र सरकारलाई निसाना गर्दै तिनले भने गोर्खाको सपना पुरा गर्नुमा केन्द्रले पनि सोचनु पर्छ। बिगतका नेताहरुको समयमा नेता अनि जनताको माझमा पर्खाल थियो भने आज म सबै गोर्खाहरुसंग सेगै बसेर बातचित गरि दुख सुख बाटने गरेकोछु यसैले सबै गोर्खा जाती एक जुट भएर बस्नु पर्छ भन्ने तिनले आवहान गरे । तिनले अझै भने रुपियाँ दिएर् जात –जातको बिभाजन गरि नराम्रो काम भैरहेको छ, आउदो 2016मा सत्तामा रहेको नेत्री सासुको सत्ता परिवर्तन हुनेछ। 2016मा हुने आउदो चुनाउमा सोचेर लड़नु पर्छ भन्दै बिरोधीलाई मतदानले परिवर्तन ल्याउनूमा एकजुट हुनु पर्ने तिनले आहवान गरे । यो स्थानलाई ऐतिहासीक स्थानको रुपमा परिवर्तन गर्ने र शहिदको निम्ति म्युजियम बनाउने घोषणा पनि तिनले आफ्नो भाषणमा गरे ।
यसै क्रममा डा हर्क बहादुर छेत्रीले सम्बोधन गर्दै बताए कि गोक्षेप्रको विभाग हसतांतरण पुर्ण नभएकोले क्षमतामा कमि आएकोले राज्य सरकारसंगको सम्वन्धमा अड़चन आएको हो , 18 जुलाई 2011को हस्ताक्षर गरिएको क्षमता नदिएर् गोर्खाको मांगहरुलाई दवाउने निति सरकारले अपनाएको छ । जसको परिणामले आज बंगाल सरकारको अवस्था ठिक नरहेको हो। तिनले गोरुबथानको कलेजमा मई जुन देखी सेसन सुरु हुने बताए । आउदो 2016 चुनाउमा बंगालको नकसा परिवर्तन हुने संकेत देखी रहेको तिनले बताए ।
रोसन गिरीले आफ्नो भाषणमा बताएकि गत 29 जनवरीमा भएको दिल्लीको बैठकमा 396 वटा मौजाको बारेमा कुरा उठेकोछ र फ्याक्ट भेरीफिकेसन कमिटि तयार पार्न एउटा कमिटि बनाइएको छ ।
स्वागत भाषणमा सभासद लोपसाङ लामाले कबिता पठन गरि बलिदानको महत्व झलकाउदै आन्दोलनको आवश्यक्ता माथी जानकारी गराए । कार्यक्रमको संन्चालन दिवाकर गुरुङले गरेका थिए भने सभाध्यक्ष कल्यान देवान थिए । आजको बलिदान दिवसको सभामा बिधायक हर्क बहादुर छेत्री, डा रोहीत शर्मा , सभासद आर बी भूजेल, निमा लामा शामुएल गूरुङ, जिटिए चिफ एक्जेक्युटिभ सचिव स्वराज थापा, आशा गुरुङ, प्रभा छेत्री लगायत स्टडी फोरमका शंकर नाथ प्रधान ,बिनोद प्रकास शर्मा अन्य् केन्द्रिय कमिटि सदस्यहरु उपस्थित थिए ।
0 Response to "शहिदको सपनाले अवस्यनै गोर्खाल्याण्ड हुने छ- बिमल गुरुङ"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.