-->
भोटिया चेलीहरूमाथी भएको अत्याचारको बिरोधमा कालेबुङमा जुलुस

भोटिया चेलीहरूमाथी भएको अत्याचारको बिरोधमा कालेबुङमा जुलुस

डी.के वाइबा, कालिमन्युज, कालेबुङ 5 फरवरी। इण्डिजेनियस भोटिया वेलफेयर फोरमले आज कालेबुङ शहरमा एउटा प्रतिवाद जुलुस निकालेको थियो। भिन्न भिन्नै स्थानहरूमा भएको चारवटा घटनाहरूमा भोटीया समुदायका चारजना चेलीहरूको हत्या, बलत्कार भएको घटनालाई केन्द्र गरेर उक्त प्रतिवाद जुलुस निकालिएको थियो। 
बिशेष गरेर गत 20 नोभेम्बर 2014 को दिन पेदोङमा याङकिला भोटियाले गरेको आत्महत्या, 17 माईल अलगडा पैयोङ क्षेत्रमा भोटिया नाबालिक माथि भएको दुष्कर्मको घटना, साकयोङ पेदोङ निवासी पेमा लह्मु भोटियाको दक्षिण भारतमा कालेबुङका युवकले गरेको हत्या अनि पासाङ लह्मु भोटियालाई जलाएर गरिएको हत्या बिषयमा उक्त इण्डिजेनियस भोटिया वेलफेयर फोरमले प्रतिवाद जनाउँदै जुलुस निकालेको थियो। उक्त प्रतिवाद जुलुस यहाँको मेला ग्राउण्डबाट शुरू भएर मेन रोड हुँदै डम्बर चौक, 10 माईल फाटक भएर शहर प्ररिक्रमा गरेपछि सोझै महकुमा अधिकारीको कार्यलय परिसमा पुगेर जोडदार नारबाजी गर्दै प्रतिवाद जनाएको थियो। हत्याराहरूलाई पुलिसले पक्राऊ गरेर यथाशिघ्र सजाइ दिनुपर्ने माग गर्दै उनीहरूले जोडदार नाराबाजी लगाएका थिए। 
यसैक्रममा फोरमले कालेबुङ महकुमा अधिकारीको अनुपस्थितिमा अतिरिक्त महकुमा अधिकारीलाई ज्ञापन पत्र सुम्पिएर भोटिया युवतीहरू माथी भएको अत्याचारलाई गम्भिरता पूर्वक लिँदै आरोपीहरूलाई यथाशिघ्र सजाय दिनुपर्ने माग गरेको छ। यता उक्त प्रतिवाद जुलुस सम्बन्धि फोरमका संयोजक सोनाम छिरिङ भोटियाले बताएका छन्। ‘भोटीया समुदायका चेलीहरूमाथी अत्याचार बृद्धि भइरहेको छ। यसमा आरोपीहरूलाई यथाशिघ्र पक्राऊ गरेर कानुनी कार्वाही गर्दै कडा सजाय दिनुपर्छ। यदि हामीले न्याय नपाए आगमी दिनहरूमा अल्पसङ्ख्यक मन्त्रालय, जनजाति मन्त्रालय, मानव अधिकार आयोग सबैलाई पत्रचार गर्नेछौँ’ सोनाम भोटियाले भने।

Related Posts

0 Response to "भोटिया चेलीहरूमाथी भएको अत्याचारको बिरोधमा कालेबुङमा जुलुस"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.