-->
कालेबुङ बिज्ञान केन्द्रमा महिना दिनव्यापी शितकालिन शिविरको समापन

कालेबुङ बिज्ञान केन्द्रमा महिना दिनव्यापी शितकालिन शिविरको समापन

डी.के वाइबा, कालिमन्युज, कालेबुङ 5 फरवरी। कालेबुङ बिज्ञान केन्द्रको आयोजनामा सम्पन्न भईरहेको महिना दिन व्यापी शितकालीन शिवीरको आज समापन भयो। यहाँको डेलो नजिक बिज्ञान केन्द्रकै भवनमा सम्पन्न भएको उक्त समापन कार्यक्रममा मुख्य अतिथिका रूपमा जीटीए शिक्षा बिभागका कार्यकारी निर्देशक के.बी जोगी उपस्थित रहेका थिए भने विशिष्ट अतिथिका रूपमा जीटीए वित्त विभागका अधिकारी साङ्गे भोटिया, आर.पी लामा, प्रविण राई उपस्थित रहेका थिए। 
शितकालिन समयमा विशेष गरेर पहाडका बिद्यालयहरू लामो समयको निम्ति बन्द हुने गर्दछ। उक्त लामो बिद्यालय छुट्टीका दिनहरूमा नानीहरूलाई बिज्ञान सम्बन्धिका रोचक जानकारीहरू प्रदान गर्न यस वर्ष कालेबुङ बिज्ञान केन्द्रले महिनादिन व्यापी शितकालीन शिविर आयोजना गरेको बिज्ञान केन्द्रका प्रमुख डा बी.बी गुरूङले बताए। गत 6 जनवरीको दिनदेखि सुरू भएको उक्त महिना दिनव्यापी शिताकालिन शिविरमा चालिस भन्दा अधिक बिभिन्न विद्यालयका विद्यार्थीवर्गले भाग लिएका थिए। उनीहरूलाई बिज्ञान केन्द्रमा शिविर अवधी बिज्ञान सम्बन्धिका बिभिन्न ज्ञानहरू प्रदान गरियो भने नैतिक शिक्षा पनि प्रदान गर्न कार्य सम्पन्न भएको थियो। 
बिद्यार्थीहरू दैनिक बिद्यालयमा अध्ययन गर्दा मानसिक थकावटको बोझले पिडित हुने गर्दछ। उक्त कुरालाई मध्यनजर राखेर बिज्ञान केन्द्रमा नानीहरूलाई खुल्ला वातावरणमा मनोरञ्जनको साथमा बैज्ञानिक ज्ञानका कुराहरू सिकाउने कार्य भएको थियो। यसका साथै नानीहरूलाई संगीत, चित्रकला, नृत्य आदिको पनि प्रशिक्षण प्रदान गरिएको थियो। बिज्ञान केन्द्रको मुक्त वातावरणमा मनोरञ्जन गर्दै शितकालिन छुट्टीका समयमा स्कूले नानीहरू यसपल्ट महिना दिनव्यापी प्रशिक्षण शिविरबाट लाभान्वित बनेका छन्। 
उक्त प्रशिक्षण शिविरको आज समापन कार्यक्रममा भव्य रूपले बिज्ञान केन्द्रकै भवनमा पालन गरिएको थियो। यस अवसरमा शितकालिन शिविरमा नानीहरूलाई बिज्ञान सम्बन्धि सिकाइएका कुराहरूको प्रदर्शनी पनि देखाइयो। समापन कार्यक्रममा अभिभावकवर्गको पनि विशेष उपस्थ्ति रहेको थियो भने शिविरमा नानीहरूले बिज्ञान सम्बन्धि धेरै ज्ञान हासिल गर्न सकेकोमा उनीहरूले केन्द्र प्रति आभार व्यक्त गरेका छन्। यस अवसरमा शिविरको अवधी नानीहरूलाई सिकाइएको नृत्यहरू पनि समापन कार्यक्रमको अवसरमा प्रस्तुत गरिएको थियो। यसका साथै उक्त शितकालिन शिविरमा भाग लिने नानीहरूलाई मुख्य अतिथि, विशिष्ट अतिथि अनि बिज्ञान केन्द्रका प्रमुख डा. बी.बी गुरूङको बाहुलीबाट प्रमाण पत्र वितरण गरिएको थियो। यस अवसरमा मुख्य अतिथि जीटीए शिक्षा बिभागका कार्यकारी निर्देशक के.बी जोगीले बिज्ञान केन्द्रले आयोजना गरेको शितकालिन शिविरको प्रशंसा गर्दै आजको युग बैज्ञानिक युग भएको कारण नानीहरूलाई बैज्ञानिक कुराहरू प्रति जानकारी गराउँन यस्ता शिविरहरू महत्वपूर्ण हुने बताए। 
आजका मानिसहरू हरेक क्षेत्रमा बैज्ञानिक बिषयवस्तु प्रति जोडिएको बताउँदै उनले नानीहरूलाई बैज्ञानिक ज्ञान हुन आवश्यक छ भने। यता बिज्ञान केन्द्रका प्रमुख डा. बी.बी गुरूङले नानीहरूलाई बैज्ञानिक ज्ञान सँगै नानीहरूको व्यक्तित्व बिकास कार्यको निम्ति यसरी शिविर आयोजना गरेको जानकारी गराए।

Related Posts

0 Response to "कालेबुङ बिज्ञान केन्द्रमा महिना दिनव्यापी शितकालिन शिविरको समापन"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.