-->
डा इन्द्रबहादुर राईले नयाँ साहित्यिक सिद्धान्तको आग्रह गरे ‘जुत्ताको लेस सिद्धान्त’ले साहित्यलाई समान समेट्न सकिन्छ – इबरा

डा इन्द्रबहादुर राईले नयाँ साहित्यिक सिद्धान्तको आग्रह गरे ‘जुत्ताको लेस सिद्धान्त’ले साहित्यलाई समान समेट्न सकिन्छ – इबरा

डी.के वाइबा, कालिमन्युज, कालेबुङ 21 फरवरी 2015। सन् १९६१ मा पहिलो कथा सङ्ग्रह ‘विपना कतिपय’ प्रकाशित गर्ने डा. इन्द्रबहादुर राईको 16 औँ कृतिका रूपमा ‘सम्पूरक प्रकाशित भएको छ। सन् 1958 मा ‘आज रमिता छ’ उपन्यास लेखिसकेर आफ्नो साहित्यिक लेखनको यात्रा शुरू गर्ने डा राईको उक्त उपन्यास भने लेखिसिध्याइसकेको छ वर्षपछि मात्र सन् 1964 मा प्रकाशित भएको थियो।
अहिलेघरी 88 औँ वर्षमा रहेका डा इन्द्रबहादुर राईले 57 वर्षे साहित्यिक यात्रामा नेपाली साहित्यको भण्डारमा समालोचना कृति ‘सम्पूरक’ चढाएका छन्। उनको 16 औँ प्रकाशित कृतिलाई कालेबुङको उपमा प्रकाशनले प्रकाशित गरेको छ।
अहिलेसम्म आफ्ना पुस्तकहरू प्रकाशित गरेर कहिल्यै लोकार्पण नगर्ने डा इन्द्रबहादुर राईको 16 औँ कृति सम्पूरक उपमा प्रकाशनले आज यहाँको वर्सिप सेन्टरमा भव्यरूपले लोकार्पण गरेको थियो। उक्त लोकार्पण समारोहमा डा. इन्द्रबहादुर राईको "सम्पूरक" सँगै कथाकार सञ्जय विष्टको कथा सङ्ग्रह "जुनजस्तै घाम" कवि सुधीर छेत्रीको कविता सङ्ग्रह "फेरि अर्को अनुष्टुप" अनि गीतकार पुष्कर पराजुलीको गीत सङ्ग्रह "कहाँ पर्‍यो चौतारी"को पनि एकैसाथ लोकार्पण गरियो।
चार विधाका भिन्ना भिन्नै चारवटा पुस्तकहरूको लोकार्पण समारोहमा डा इन्दबहादुर राई शारीरिक अस्वस्थताले गर्दा उपस्थित हुन सकेनन्। उनी आफ्नै 16 औँ कृतिका रूपमा प्रकाशित ‘सम्पूरक’को लोकार्पण कार्यक्रममा उपस्थित हुन नसके पनि आफ्ना पुस्तकलाई घरैमा बसेर लोकार्पण गरेको भिडियो सन्देश भने कार्यक्रममा पठाएका थिए। कार्यक्रममा सहभागी हुन नसके पनि भिडियो सन्देशकै माध्यमबाट कार्यक्रममा उपस्थित सबैलाई तिनले सम्बोधन गरे।
“यो पुस्तक प्रकाशित गरूँला अथवा प्रकाशित होला भन्ने सोंचेको थिइन। भाइ मोहन ठकुरीले कालेबुङबाट प्रकाशित हुनसक्छ भने पछि मैले नाई भन्न सकिँन। आज पुस्तक प्रकाशित भएको देख्न पाएँ हर्ष लाग्यो। यस कार्यका निम्ति प्रकाशकलाई कृतज्ञता टक्राउँदछु” – डा इन्द्रबहादुर राईले भिडियो सन्देशमा भने। उनले समालोचना लेख्नेहरूलाई पुस्तकबारे लेखिदिने नमिठो आग्रह गर्नेगरेको बताउँदै पुस्तकले नछोइ लेख्न अति गाह्रो विषय हुने गरेको बताए।
“हामी समालोचना अलि अलि लेख्नेहरूलाई धेरैले भन्छन मुखै फोरेर पुस्तकबारे केही लेखिदिनोस भनेर। बडो नमिठो व्यवहार गरेर उनीहरूको अनुरोधलाई स्वीकार गर्न सकिएन। किनभने मनमा कृतिले अनि उनीहरूका कार्यले छोइए पछि मात्र लेखिन्छ अनुरोध छोएर होइन” डा राईले पुस्तकबारे लेखिदिनोस भन्ने लेखकहरूलाई भने। यसक्रममा समालोचकहरूलाई छुने प्रकारका रचनाहरू लेखुपर्ने सुझाव राखे। आफूले 16औँ कृतिका रूपमा प्रकाशित गरेको ‘सम्पूरक’ साधरण पाठकको निम्ति निकै कठिन हुने बताउँदै अध्ययनशिल पाठकहरूका निम्ति उपयोगी हुने उनले बताएका छन्।
‘अझ दार्जीलिङमा कति दिन बसौँला। यत्तिका दिनहरूमा नयाँ लेख्ने कार्यहरू निश्चय गर्नेछु। प्रकाशकले लगाएको गुण हामी लेखकहरू लेखेरै मात्र तिर्न सक्छौँ। यसकारण पनि लेख्नेछु’ डा राईले अझ भने।
नेपाली साहित्यमा तेस्रो आयाम अनि लिला लेखनको घोषणा गरेर हलचल मच्चाउँने डा इन्द्रबहादुर राईले आफ्नो भिडियो सन्देशमा नयाँ साहित्य सिन्द्धान्तको आग्रह समेत गरेका थिए। “हाम्रो नेपाली साहित्यलाई हामीले अझै नयाँ समयसँग मिल्दो गरेर ल्याउँन सकेका छैनौँ” डा राईले भने। उनले जसरी राजतन्त्रवादी देशहरूमा प्रजातन्त्र आएको छ त्यसरे नै नेपाली साहित्यमा प्रजातन्त्रवादी बिचारधारा ल्याउनुपर्ने आग्रह गरे। ‘अहिलेसम्मका समालोचना सिद्धान्तहरूले एकजनालाई ठूलो पार्ने कार्य गरेको छ। सबैलाई एकसमान हेर्नुपर्छ भन्ने समालोचना सिद्धान्त चलेको छैन।
यसक्रममा आजभन्दा लगभग 30-35 वर्ष चलेको एउटा सिद्धान्त छ। जुन सिद्धान्त नेपाली साहित्य मात्र होइन नेपाली जगतमा समेत आएको छैन। हामीले नै नसुनेको सबैलाई एकसमान हेर्ने सिद्धान्त बिज्ञाबाट आएको छ। जुन सिद्धान्तको नाउँ ‘बुट स्ट्राप थ्योरी’ अर्थात जुत्ताको लेस सिद्धान्त हो” डा इन्द्रबहादुर राईले भने। उक्त सिद्धान्तले कुनै पनि सिद्धान्तलाई ठूलो भन्ने नठानेर सबै सिद्धान्त समान हो अनि समान तरिकाले हेर्ने उक्त सिद्धान्त नेपाली साहित्यमा आउँनु आवश्यक रहेको डा इन्द्रबहादुर राईले बताएका छन्।
यसबारे नेपाली साहित्यका सर्जकहरूले सोंच्नपर्ने आग्रह पनि राईले भिडोयो सन्देशकै माध्यमबाट आग्रह गरेका छन्। उनले आफ्नो भिडियो सन्देशमा नेपालबाट केही दिन अघि बैरागी काइला भेट्न आएको बताउँदै उक्त भेटघाट दुवैको निम्ति अन्तिम भेटघाट हुनसक्ने लागेको पनि बताए।
‘नेपालबाट केही दिन अघि बैरागी काइला मेरो घरमा आइपुगे। हामी तीनजना थियौँ। तीनजना मध्ये ईश्वरबल्लभ बितेर जानुभयो। हामी दुईको भेटघाट नभएको दुईवर्ष भइसकेको थियो। बैरागी काइलाले अब दाजुलाई अन्तिम भेटिराख्नेछु भन्ने लागेछ। मलाई पनि लाग्यो यो हाम्रो अन्तिम भेट हुनेछ। हामी भेट्यौँ अनि लामो कुराकानी छुट्नेबेला सम्म गरिरह्यौँ। गाडी छुट्नेबेला सम्म हामी हातपक्रेर बसिरह्यौँ।
काइलाले आँसु खसाले मैले पनि आँसु रोक्न सकिन’ ।खुबै भावुक मुद्रामा दुवैको भेटघाटबारे तिनले सबैलाई जानकारी गराए।
दुवैलाई उक्त भेटघाट अन्तिम भेट भन्ने लागे पनि भविष्यमा बागडोग्रा हवाईअड्डाबाट हवाइजहाजमा एकदिनको निम्ति भेट्न जाने चाहना रहेको उनले अझ बताए।

Related Posts

0 Response to "डा इन्द्रबहादुर राईले नयाँ साहित्यिक सिद्धान्तको आग्रह गरे ‘जुत्ताको लेस सिद्धान्त’ले साहित्यलाई समान समेट्न सकिन्छ – इबरा "

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.