-->
चारवटा पुस्तकको कालेबुङमा एकैचोटी विमोचन

चारवटा पुस्तकको कालेबुङमा एकैचोटी विमोचन

डी.के वाइबा, कालिमन्युज, कालेबुङ 21 फरवरी। उपमा प्रकाशनले प्रकाशित गरेको चारवटा भिन्ना भिन्नै विधाका कृतिहरू आज यहाँको 9 माइल स्थित वर्सिप सेन्टरमा विधिवत लोकार्पण गरियो। उपमा प्रकाशनले यसपल्ट डा इन्द्रबहादुर राईको नयाँ कृति समालोचना सङ्ग्रह ‘सम्पूरक’ कथाकार सञ्जय विष्टको कथा सङ्ग्रह 'जुनजस्तै घाम', कवि सुधीर छेत्रीको कविता सङ्ग्रह 'फेरि अर्को अनुष्टुप' अनि गीतकार पुष्कर पराजुलीको गीत सङ्ग्रह 'कहा पर्‍यो चौतारी' प्रकाशित गरेको छ। उक्त पुस्तकहरूको एकैसाथ वर्सिप सेन्टरमा लोकार्पण गरिएको हो। 
यहाँको वर्सिप सेन्टरमा आयोजना गरिएको कार्यक्रमलाई वयोबृद्ध साहित्यकार सानुमती राईले अध्यक्षा गरेकी थिईन। यस अवसरमा मुख्य अतिथिका रूपमा प्राध्यापक डा. मोहन पी दाहाल उपस्थित रहेका थिए भने बिशिष्ट अतिथिका रूपमा राजनारायण प्रधान अनि मोहन ठकुरी उपस्थित रहेका थिए। 
कवियत्री रेमीका थापाले सञ्चालन गरेको कार्यक्रमलाई डी.के वाइबाले स्वागत सम्बोधन राखेका थिए। यसै अवसरमा उक्त चारवटा पुस्तकहरूको एकैसाथ श्रीमती सानुमती राई, प्राध्यपक डा. मोहन पी दाहाल, मोहन ठकुरी, राजनारायण प्रधान, कथाकार सञ्जय विष्ट, पुष्कर पराजुली अनि कवि सुधीर क्षेत्रीको बाहुलीबाट विधिवत लोकार्पण गरियो। 
कार्यक्रममा सिक्किमबाट आएका कवि कथाकार प्रवीण राई ‘जुमेली’ले वर्तमान नेपाली कविता माथि आफ्नो अवधारणा राखेका थिए। ‘सत्ताले एउटा कुरा भन्छ अनि त्यसलाई सत्य प्रमाणीत गर्न अनेकौँ युक्तिहरू रच्ने गर्छ। त्यस कुरालाई यथार्थ भन्नको निम्ति देखिने यथार्थ बेग्लै हो। नदेखिने यथार्त नै साहित्यमा रहने मिठासपन हो” – प्रविण राई ‘जुमेली’ले भने। 
उनले कविहरूको दृष्टिमा एकलता आए त्यसमा जडता बडी हुने बताउँदै लेखकले एकलता होइन अनेकताको अवधारणा राख्न आवश्यक रहेको पनि बताएका छन। 
यसैक्रममा कवि राजेन्द्र भण्डारीले पनि कविता माथी आफ्नो अवधारणा राख्दै नेपाली साहित्यमा अहिलेसम्म चल्दै आएका आन्दोलनहरूको विशेष महत्व रहेको बताए। 
यसैक्रममा समालोचक जय ‘क्याक्टस’ले आफ्नो सम्बोधनमा कुनै चिन्तन अनि वाद पनि लेख्न सकिन्छ भन्ने कुरामा सजिलोवादीहरूले आफैलाई वादमुक्त रहेको अभिनय गर्ने गरेको वताए। उनले सर्जकहरू जिम्मेवारीपूर्वक हुनपर्ने आह्वान गर्दै अनुत्तरदायी सर्जकहरूले वास्तवमा सही साहित्य सृजना गर्न नसक्ने बताए। 
यता मुख्य अतिथिको सम्बोधमा प्राध्यापक मोहन पी. दाहालले नेपाली साहित्यको फाँटमा कालेबुङबाट राम्रा पुस्तकहरू प्रकाशित भैरहेको बताउँदै उपमा प्रकाशनलाई विशेष बधाई दिए। 
यसक्रममा कवि मोहन ठकुरीले सम्बोधन गर्दै डा. इन्द्रबहादुर राईले पठाएका बधाई सन्देश सुनाए। सम्बोधनको क्रममा कथाकार सञ्जय विष्ट अनि गीतकार पुष्कर पराजुलीले पनि आफ्ना कुरा राखेका थिए। कार्यक्रममको अन्तमा कवि सुधीर क्षेत्रीले धन्यवाद ज्ञापन गरेका थिए।

Related Posts

0 Response to "चारवटा पुस्तकको कालेबुङमा एकैचोटी विमोचन"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.