-->
जनजातिको आन्दोलन अघि बडाउँन खम्बु राइट्स मुभमेन्टको युवा एकाई गठन युद्ध स्तरमा

जनजातिको आन्दोलन अघि बडाउँन खम्बु राइट्स मुभमेन्टको युवा एकाई गठन युद्ध स्तरमा

डी.के वाइबा, कालिमन्युज, कालेबुङ 9 जनवरी 2015। खम्बु राईले जनजातिको मान्यता पाउन पर्छ भन्ने मागलाई लिएर सरकार समक्ष दवाव दिन खम्बु राईटस मुभमेन्टले विभिन्न प्रकारको आन्दोलन गर्दै आइरहेको छ। 
यस आन्दोलनलाई अझ तीव्र बनाउन मुभमेन्टले किराँती खम्बु राई सांस्कृतिक संस्थान अधिनस्थ विभिन्न शाखामा खम्बु राईटस मुभमेन्टको युवा शाखा खोल्ने प्रक्रियालाई जारी राखेको छ। 
यसैक्रममा जलढकाको किराँती खम्बु राई सांस्कृतिक संस्थान तोस शाखामा खम्बुहरूको मुख्य चाँड येलेदोङ पर्वको समापन कार्यक्रममा चारवटा प्रशाखाहरू सिएफसि, धौले, कम्पाउण्ड अनि गैरीगाँउका युवाहरूलाई लिएर खम्बु राईटस मुभमेन्ट गठन गरियो जसमा आशिष सोताङ, अभिषेक राई, नन्दकुमार राई अनि सुकबिर राईलाई संयोजक चुनिएको छ भने 80 जना सदस्यको रूपमा चयन गरिएको छ। कम्पाउण्ड खेल मैदानमा सम्पन्न भएको येलेदोङ पर्व समापन कार्यक्रम एंव सभामा मुख्य रूपले मुभमेन्टका अध्यक्ष अरूण कुमार राई, सयोंजक बिनेस खम्बु, प्रवक्ता सन्दिप कुलुङ, कार्यकारी सदस्य चन्द्र राई, मनिकुमार राई, सचिन राई लगायत कालेबुङ खण्ड एकका विभिन्न शाखाका मुभमेन्टका संयोजकहरूको उपस्थिति रहेको थियो। 
सभालाई सम्बोधन गर्दै खम्बु राइट्स मुभमेन्टका अध्यक्ष अरूण कुमार राईले आन्दोलनमा युवाहरूको भूमिका कस्तो हुनुपर्छ भन्ने कुराको जानकारी गराउँदै अब जनजातिको मान्यता हासिल गर्न युवाहरू अघि आउनुपर्ने आह्वान गरे। उनले भने- ‘जनजाति मान्यता प्राप्तिको निम्ति खम्बुहरूलाई सरकारले किन ढिल्याइ गर्दैछ भन्ने कुरा अब युवाहरूले बुझ्न पर्छ’। यसरी नै संयोजक बिनेश खम्बुले आन्दोलन मात्र नभएर खम्बु जातिको भाषा, संस्कार, संस्कृति, भेषभुषा गरगहना आदिको जगेरा गर्न पनि युवाहरूको दायित्व रहेको बताउँदै खम्बु सम्बन्धी सम्पूर्ण कुराको युवाहरूले ध्यान राख्नु पर्ने बताए। 
अर्कोतिर मुभमेन्टका प्रवक्ता सन्दिप कुलुङले उपस्थित जनसमुहलाई सम्बोधन गर्दै जनजातिको निम्ति मुभमेन्टद्वारा दिल्लीको जन्तर मन्तरमा आयोजित धर्नाबारे जानकारी गराउँदै सरकारसित भएको कुराकानीबारे अवगत गराए। अर्कोतिर कालेबुङ खण्ड दुईको किराँती खम्बु राई सांस्कृतिक संस्थान साङ्गसे तुम्लाबुङ शाखामा पनि मुभमेन्टले युवा झुण्ड गठन गरयो। 
शाखाका सभापति मनिकुमार राईको सभापतित्वमा सम्पन्न भएको सभामा मुख्यरूपले मुभमेन्टका संयोजक विनेश खम्बु, प्रवक्ता सन्दिप कुलुङ, कोषाध्यक्ष मनोज राई, कार्यकारी मनिकुमार राई, लगायत आदिको विशेष उपस्थिति रहेको थियो। शाखा अधिनस्थ गठन गरिएको मुभमेन्टका युवा झुण्डमा चार जना संयोजक विमल राई, समिक्षा राई, सुनिल राई, मिलन राई चयन गरिएको छ भने 60 जना सदस्यहरू चयन गरिएको छ।

0 Response to "जनजातिको आन्दोलन अघि बडाउँन खम्बु राइट्स मुभमेन्टको युवा एकाई गठन युद्ध स्तरमा"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.