-->
कालेबुङमा पुन: 13 वर्षिय नाबालिकलाई दुर्ष्कम

कालेबुङमा पुन: 13 वर्षिय नाबालिकलाई दुर्ष्कम

डी.के वाइबा, कालिमन्युज, कालेबुङ 14 जनवरी। कालेबुङमा पुन: एक 13 वर्षिय नाबालिक दुष्कर्मको घटना प्रकासमा आएको छ। उक्त घट्ना कालेबुङ महकुमा अधिनस्थ गितडाब्लिङ ग्राम पञ्चायत अधिनस्थ भएको हो। जानकारी अनुसार पिडीत नाबालिक स्थानीय पाठशाला अध्ययनरत थिई। उनी अध्ययनरत रहेको पाठशालामा हप्तादिन अघि एउटा कार्यक्रम रहेको थियो। सोही कार्यक्रममा पिडीत नाबालिकाको स्वास्थ्य बिग्रेको कारण स्कूल पक्षले पिडीताको परिवार पक्षलाई सूचित गरेको थियो। 
यसक्रममा पिडीतालाई गितडाब्लिङ स्वास्थ्य केन्द्रमा स्वास्थ्य जाँच गर्ने क्रममा पिडीता नाबालिका दोजिया रहेको पत्तो लागेको हो। उक्त बिषयमा परिवार पक्षलाई जानकारी भएपछि नाबालिकालाई सोधपुछ गर्ने क्रममा अप्पर पोचोकका बासिन्दाहरू क्रमैले अजय सिंह (40) अनि राम राई (25) ले आफूलाई दुष्कर्म गरेको घट्ना प्रकाशमा आएको हो। यसबारे परिवारपक्ष अनि स्थानीय गाउँलेहरूले थाह पाए पछि पिडीताको पक्षमा उनकी आमाले कालेबुङमा थानामा प्राथमिकी दर्ता गरेका छन् भने आरोपी अजय सिंहलाए गाउँलेहरूले पक्राऊ गरेर थानामा सुम्पिदिएको छ। यता अर्का आरोपी राम राई भने लापत्त बनेका छन्। 
प्राप्त जानकारी अनुसार पक्रा पर्ने आरोपी अजय सिंह मूल रूपले बिहार राज्यको छाप्रा जिल्ला निवासी हुन्। तिनले अप्पर पोचोकमा लकभग 15-20 वर्षदेखि राशन दोकान खोलेर व्यापार गर्ने गरेका थिए। यसैक्रममा उनले पिडीत नाबालिकालाई धेरै समय अघिदेखि नै आफ्नो हवसको शिकार बनाउँदै आएको पिडीताले आफ्ना परिवार पक्षलाई जानकारी गराएको थाह लागेको छ। 
यसक्रममा गाउँलेहरूको सहयोगमा तत्काल आरोपी अजय सिंहलाई पक्राऊ गर्न सफल भए पनि अर्का आरोपी राम राई भने भाग्न सफल भएका छन्। उनलाई पुलिसले खोजी अभियान चलाइरहेको भए पनि समाचार लेप्खुञ्जेलसम्म पक्रा पर्न सकेको छैन। 
पिडीता नाबालिकालाई दुवैले आफ्नो हवशको शिकार बनाए पछि डर र धम्कि देखाएर यसबारे अरूलाई नभन्ने चेतावनी दिएको पनि पिडीताले परिवार पक्षलाई बताएकी छन्। 
यता पक्रा परेका आरोपी अजय सिंहलाई पोटेक्सन अफ् चाइल्ड प्रोटेक्सन एक्ट (पोक्सो) कानुनको धारा 4/8 अन्तर्गत मुद्दा दर्ता गरेको छ। आरोपी सिंहलाई आज कालेबुङ पुलिसले यहाँको न्यायलयमा पेश गरेको छ भने भागेका आरोपी राम राईलाई भने खोजी अभियान चलाइरहेको छ।

0 Response to "कालेबुङमा पुन: 13 वर्षिय नाबालिकलाई दुर्ष्कम"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.