-->
जीटीएले बन्द गर्‍यो खाद्य आपुर्ति बिभाग

जीटीएले बन्द गर्‍यो खाद्य आपुर्ति बिभाग

डी.के वाइबा, कालिमन्युज, कालेबुङ 7 जनवरी। दार्जीलिङ पहाडको तीनवटा महकुमा भित्र अवस्थित खाद्य भवन गोर्खा जनमुक्ति मोर्चा अनि जीटीएले आज ब्देखि बन्द गरेको छ। यसैक्रममा कालेबुङको खाद्य भवन पनि आजदेखि बन्द गरिएको छ। 18 जुलाई 2011 को दिन पिन्टेल भिलेजमा केन्द्र, राज्य अनि गोजमुमो पार्टी माझ सम्झौता भएको जीटीएमा खाद्य आपुर्ति बिभाग जीटीएलाई हस्तान्तरण गर्ने लेखिएको छ।
सम्झौता पत्रमा जीटीएलाई हस्तान्तरण गर्ने स्पष्ट लेखिए पनि आजसम्म राज्य सरकारले खाद्य आपुर्ति बिभागलाई जीटीएमा हस्तान्तरण नगरे पछि आखिरमा जीटीए अनि गोजमुमो पार्टीले पहाडका खाद्यभवनहरू बन्द गरिदिएको छ। आज बिहान सदा झैँ यहाँको खाद्य भवन खोलिए पनि दिउँसो उक्त भवनलाई जीटीए अनि गोजमुमो पार्टी कार्यकर्ताहरूले बन्द गरिदिएको थियो। खाद्य भवनलाई बन्द गरेपछि गोजमुमो पार्टी कालेबुङ महकुमा समितिका अध्य्क्ष नोर्देन लामा अनि जीटीए सभासद सुनिल प्रधानको नेतृत्वमा रहेका प्रतिनिधी टोलिले महकुमा अधिकारीको अनुपस्थितिमा अतिरिक्त महकुमा अधिकारी प्रितम लिम्बुलाई ज्ञापन पत्र बुझाएर जीटीएमा हस्तान्तरण गर्नुपर्ने खाद्य आपुर्ति बिभाग यथाशिघ्र हस्तान्तरण गर्नुपर्ने माग गरेको छ।
सम्झौता पत्रमा हस्तान्तरण गर्ने कुरा उल्लेख हुँदा हुँदै राज्य सरकारले उक्त बिभागलाई जिल्लापाल मार्फत सञ्चालन गरिरहेको आरोप लगाउँदै यसै बिरोधमा आज देखि सम्पूर्ण जीटीए क्षेत्रका खाद्य भवन बन्द गरेको बताउँदै यसलाई यथाशिघ्र हस्तान्तरण गर्नुपर्ने माग गरेको छ। यता महकुमा अधिकारीलाई ज्ञापन बुझाए पछि पत्रकारहरूसंग कुराकानी गर्दै सभासद सुनिल प्रधानले राज्य सरकारको आलोचना गर्दै सम्झौता पत्रमा उल्लेख सबै खाद्य आपुर्ति बिभाग जीटीएमा हस्तान्तरण नगरिएसम्म खाद्य भवन अनिश्चितकालिन बन्द गर्ने जानकारी गराए। ‘सरकारले सम्झौता पत्रमा उल्लेखित खाद्य आपुर्ति बिभाग जीटीएलाई हस्तान्तरण नगरी जिल्लापाल मार्फत सञ्चालन गरिरहेको छ। यसको हामी घोर बिरोध गर्दछौँ। यसैको बिरोधमा आज देखि सबै खाद्य भवनहरू बन्द गरिएको हो।
जबसम्म सरकारले हस्तान्तरण गर्दैन तबसम्म यो बन्द रहनेछ’ सभासद सुनिल प्रधानले भने। अर्कोतर्फ खाद्य आपुर्ति बिभाग बन्दले आम मानिसहरूमा हुने समस्याबारे प्रश्न गर्दा सम्पूर्ण जनतालाई समस्या समाधानको निम्ति जीटीएले बैकल्पिक व्यवस्थाको पहल गर्ने पनि सभासद प्रधानले जानकारी गराएका छन्।

Related Posts

0 Response to "जीटीएले बन्द गर्‍यो खाद्य आपुर्ति बिभाग "

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.