-->
कलेजको नामांकनको समय तृणमूल कार्यक्रताले भाजपा उपाध्यक्षलाई पिटे

कलेजको नामांकनको समय तृणमूल कार्यक्रताले भाजपा उपाध्यक्षलाई पिटे

राजेश शर्मा, कालिमन्युज, जयगाँउ 15 जनवरी । आज विरपाडा कलेजको चुनाव नामांकन भर्ने समय तृणमूल काग्रेस एंव भाजपा कार्यकर्तामाझ झड़प भयो । भाजपा अलिपूरव्दारका उपाध्यक्ष राम विलास गोयल यस घटनामा गम्भिररुपमा घायल भएको खबर प्रकासमा आएको छ। 
यस घटना सम्वन्धमा घायल रामविलास गोयलले दिएको जानकारी अनुसार आज विरपाडा कलेजमा छात्र परिसदको चुनाउको नामांकन भरिने क्रम चलिरहेको थियो । जसको निम्ति तिनी पनि बिरपाड़ा कलेजको लगभग 500 मिटर टाड़मा बनाइएको चुनाउको निम्ति तयार पारेको पार्टी कार्यलयमा बसिरहेको बेला तृणमूलको एक समुहले आएर तिनलाई धमकाउदै तिमीहरु ब्यापारी है पार्टीबाजीको काम नगर्नु भन्दै हमला गरे। 
पदम लामाको अगुवाइमा आएको त्यस दलका सदस्य उत्पल रोयले तिनलाई एउटा कड़ा काठको बिमले टाउकोमा एककासी हिर्काए। तिनले त्यस प्रहारलाई हातले रोक्ने प्रयास गरिदा तिनको देब्रे हात भाचीयो। यस बिषयलाई लिएर विरपाडा थानामा प्राथमिकी दर्ता गरिएको बताउदै टाउकोमा पनि तिनलाई गहिरो चोट लागेकोले सिलगड़ीमा सिटी स्क्यानिङ् गर्न एंव भाचीएको हातको उपचारको निम्ति गएको तिनले थप बताए । 
यस विषयमा जान्न चाहदाँ भारतीय जनता पार्टीको अलिपूरव्दारको उपाध्यक्ष राम विलास गोयललाई हमला गरि तृणमुलका नेताहरुले हमला गरि घाइते बनाएको जलपाईगुड़ी भाजपा उपाध्यक्ष गंगा शर्माले बताए । तिनले भने गणतंत्रको देशको चुनावमा तृणमूलले यस प्रकारले हस्तक्षेप गरेर् गणतंत्रको हत्या गरि रहेको छ भनि बताउदै तिनले भने दोषी ब्यक्तीलाई पुलिसले पकड़नुको साटो भाजपाको छात्र सगठनको बिध्यार्थीलाई जबर जस्ती हपकाउने काम गरिरहेको छ, यसको विरोधमा आन्दोलन गरिनेछ तिनले संकेत दिदै बताए । 
यस सम्वन्धमा थानामा जानकारी लिदा भाजपा पार्टी एंव घायल राम विलासले प्राथमिक दर्ता गरेको जानकारी पाइएको छ । यस बिषयलाई लिएर कलेजका भाजपा समर्थकहरुले आज विरपाड़ा थानाको घेराउ पनि गरे ।

0 Response to "कलेजको नामांकनको समय तृणमूल कार्यक्रताले भाजपा उपाध्यक्षलाई पिटे"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.