
ग्रामिण क्षेत्रको बिकास गर्न दुईस्तरीय पञ्चायत चुनाव भए पनि गर्नै पर्छ – बिमल गुरूङ
डी.के वाइबा, कालिमन्युज, कालेबुङ 15 जनवरी। ‘ग्रामिण क्षेत्रमा पञ्चायत चुनाव नभएको कारण सर्वाङ्गिन बिकास हुन सकेको छैन। जीटीएको सम्झौता पत्रमा त्रिस्तरीय पञ्चायत हुँदा हुँदै पनि त्रिस्तरीय पञ्चायत हुनलाई संविधान संशोधन हुन समय लाग्नेछ। संविधान संशोधन नभएसम्म दुईस्तरीय पञ्चायत चुनाव हुँदै गर्नुपर्छ भन्ने सोंच तयार पारेका हौँ’ – उक्त कुरा जीटीए प्रमुख बिमल गुरूङले भनेका हुन्। उनी आज जीटीएद्वारा आयोजित तीनदिवसिय कृषी मेलाको उद्घाटन गर्न कालेबुङ आइपुगेका थिए।
यहाँको पन्द्रह माइल क्षेत्रमा आयोजित कृषी मेलाको गुरूङले औपचारिक उद्घाटन गरेपछि मेलामा लगाइका स्टलहरूको पनि उनले परिदर्शन गरे। यस अवसरमा कालेबुङ महकुमा क्षेत्रका मोठ 13 वटा समष्टिका 260 आर्थिक बिपन्न परिवारहरूलाई ‘हाम्रो घर’ योजना अनुसार 80 हजारको चेक वितरण गरियो। जीटीए प्रमुख बिमल गुरूङको बाहुलीबाट उक्त चेक वितरण गरिएपछि समष्टि सभासदहरूको बाहुलीबाट रहल चेक वितरण गरिएको थियो। यस अवसरमा जीटीए अध्यक्ष गुरूङसंग पत्रकारहरूले प्रश्न गर्दा कृषी मेलाले कृषकवर्गलाई धेरै फाइदा पुगीरहेको दाबी गरे।
‘हामी कृषकवर्गको विकास गर्न चाहन्छौँ। कृषी मेलाले कृषकवर्गलाई लाभ पुगीरहेको छ। कालेबुङ उसै पनि कृषीप्रधान क्षेत्र हो। यस्तो कार्यक्रमहरूले कृषकवर्गलाई अझ उत्साह पुग्ने हामीलाई विश्वास लागेको छ’ बिमल गुरूङले अझ भने। यसैक्रममा जीटीए प्रमुख बिमल गुरूङलाई जीटीए क्षेत्रमा दुई स्तरीय पञ्चायत चुनाव गराउने चर्चा बिषयमा प्रश्न गर्दा पहाडमा दुईस्तरीय पञ्चायत चुनाव भए पनि गर्न अति नै आवश्यक रहेको बताए। ‘ग्रामिण क्षेत्रहरूमा बिकास कार्य ठप्प भएको छ। पञ्चायत चुनाव नभएको कारण ग्राम पञ्चायतमा जन प्रतिनिधीहरू छैनन्। जनप्रतिनिधीहरूको अभावमा बिकास कार्य हुन सकेको छैन। यसकारण संविधान संशोधन हुन लाग्ने समय अवधी दुईस्तरीय चुनाव गराएर पहाडमा बिकास कार्य अघि बडाउँनु हाम्रो सोंच हो’ गुरूङले स्पष्ट भने।
तिनले पहाडमा खण्ड बिकास अधिकारी मार्फत बिकास कार्य द्रुत गतिमा अघि बडन नसकेको कारण पनि पञ्चायत चुनाव गराउँन अनिवार्य रहेको तिनले बताए। यसक्रममा उक्त पञ्चायत चुनावबारे पहाडमा कतिपय मानिसहरूले आफ्नो कुरालाई गलत अर्थमा बुझेको पनि आरोप लगाए।
अर्कोतर्फ बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीको दार्जीलिङ आगमनबारे प्रश्न गर्दा तिनले यस सम्बन्धमा अहिले नै केही टिप्पणी गर्न नमिल्ने बताए। “मुख्यमन्त्री आउन सक्छन्। यसबारे अहिले नै केही भन्नु छैन’ बिमल गुरूङले भने। यसैक्रममा मुख्यमन्त्रीले जीटीएसंग बैठक गर्न सक्छन् कि ? भनि प्रश्न गर्दा यदि मुख्य मन्त्रीले बैठक गर्न चाहे जीटीए तयार रहेको बताए।
स्मरण रहोस जीटीएले ग्रामिण क्षेत्रका कृषकवर्गको उन्नतिका निम्ति अहिले घरी प्रत्येक वर्ष कृषी मेला आयोजना गर्दै आइरहेको छ। बिगत वर्षसम्म उक्त कृषी मेला रेली पालामा आयोजना गर्ने गरेको थियो भने यसवर्ष यहाँको पन्द्रह माइलमा आयोजना गरेको छ। उक्त मेलामा कृषी सम्बन्धि बिभिन्न प्रदर्शनीहरू राखिएको थियो भने कृषकवर्गलाई बिभिन्न फल-फूलहरूको विरूवाहरू पनि वितरण गरिएको थियो। कार्यक्रममा सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो।
0 Response to "ग्रामिण क्षेत्रको बिकास गर्न दुईस्तरीय पञ्चायत चुनाव भए पनि गर्नै पर्छ – बिमल गुरूङ"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.