-->
सुवास घिसिङको मृत्युले ठूलो क्षति भएको बिभिन्न राजनैतिक पार्टीहरूको दाबी

सुवास घिसिङको मृत्युले ठूलो क्षति भएको बिभिन्न राजनैतिक पार्टीहरूको दाबी

डी.के वाइबा, कालिमन्युज, कालेबुङ, 30 जनवरी 2015: गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष सुवास घिसिङको मृत्युमा श्रद्धाञ्जली अर्पण गर्न जीटीए प्रमुख बिमल गुरूङलले शनिबार सम्पूर्ण जीटीए कार्यलय बन्द गर्ने घोषणा गरेका छन्। उक्त घोषणा गुरूङले सामाजिक सञ्जाल फेसबुक मार्फत गरेका छन्। 
पेदोङमा आज अग्निपिडीतहरूलाई भेट गर्न आएका गुरूङले कालेबुङमा एउटा राष्ट्रिय समाचार च्यानललाई आफ्नो टिप्पणी दिँदै घिसिङको मृत्युमा व्यक्तिगत श्रद्धाञ्जली प्रकट गर्दै जीटीएले पनि श्रद्धाञ्जली प्रकट गर्ने बताएका थिए। उक्त बयान दिएको केही समय पछि नै तिनले फेसबुक मार्फत जीटीए कार्यलयहरू शनिबार बन्द गर्ने घोषणा सार्वजनिक गरेका हुन्। यसै अवधी उनले सुवास घिसिङको अन्तिम यात्रामा आफू सहभागी बन्न नसक्ने जानकारी गराए। 
‘कतिपय कार्यले व्यस्त भएको कारण म व्यक्तिगत रूपले घिसिङको अन्तिम यात्रामा सहभागी बन्न सक्नेछुइन। यद्यपी जीटीएका प्रतिनिधीहरू श्रद्धाञ्जली प्रकट गर्न पठाउँनेछु’ जीटीए प्रमुख बिमल गुरूङले भने। 
अर्कोतर्फ क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी (क्रामाकपा)ले पनि सुवास घिसिङको मृत्युमा गहिरो सम्वेदना प्रकट गरेको छ। यसैक्रममा क्रामाकपा उपाध्यक्ष जे.बी राईले पत्रकारहरूसंग बोल्दै सुवास घिसिङले भारतीय गोर्खाहरूको राजनैतिक समस्या समाधानको निम्ति गोर्खाल्याण्डको आवाजलाई उठाएको बताए। ‘भारतमा गोर्खाहरूको राष्ट्रिय राजनैतिक सुरक्षाको निम्ति अलग राज्य मात्र समस्याको समाधान हो भनेर सुवास घिसिङले गोर्खाल्याण्डको आवाजलाई तिब्रता दिए। यसको श्रेय उनैलाई जानेछ। 
यसभन्दा अघिका नेताहरूले पनि आवाज उठाएता पनि सुवास घिसिङले भने तिव्रता दिएका हुन्। आज उहाँको निधनले भारतीय गोर्खाहरूमा एउटा ठूलो क्षति भएको छ’ जे.बी राईले भने। एउटा राजनैतिक पार्टीले अर्को राजनैतिक पार्टीलाई सम्मान गर्नु एउटा राजधर्म रहेको बताउँदै घिसिङको निधनमा एउटा राजनैतिक पार्टीको क्षति मात्र नभएर एउटा जातिकै निम्ति क्षति हो भनि राईले अझ बताएका छन्। 
‘घिसिङले जे जति योगदान दिए त्यसलाई सम्मान गर्नुपर्छ। उनको मृत्युमा हामी शोक प्रकट गर्दै परिवार पक्षमा समवेदना जनाउँदछौँ’ राईले भने। अर्कोतर्फ सुवास घिसिङको मृत्युमा कालेबुङ कृषक कल्याण संगठनले पनि शोक प्रकट गर्दै श्रद्धाञ्जली चडाएका छन्। संगठनका महासचिव विष्णु छेत्रीले घिसिङको मृत्युले एउटा ठूलो क्षति पुगेको बताएका छन्।

Related Posts

0 Response to "सुवास घिसिङको मृत्युले ठूलो क्षति भएको बिभिन्न राजनैतिक पार्टीहरूको दाबी"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.