-->
तामाङ बिकास बोर्डले भाषा साहित्य र संस्कृतिको बिकास गर्नेछ – सञ्जय मोक्तान

तामाङ बिकास बोर्डले भाषा साहित्य र संस्कृतिको बिकास गर्नेछ – सञ्जय मोक्तान

डी.के वाइबा, कालिमन्युज, कालेबुङ 19 जनवरी। तामाङ युथ एसोसिएसन केन्द्रिय समितिको आयोजनामा दोस्रो राष्ट्रिय तामाङ सम्मेलन आज यहाँको टाउन हलमा सम्पन्न भयो। यस अवसरमा मुख्य अतिथिका रूपमा तामाङ बिकास बोर्डका अध्यक्ष सञ्जय मोक्तान उपस्थित रहेका थिए भने विशिष्ट अतिथिका रूपमा आर.मोक्तान उपस्थित रहेका थिए। 
यस अवसरमा कार्यक्रममा बिभिन्न स्थानबाट तामाङ समुदायका मानिसहरू भेला भएका थिए। कार्यक्रममा बिभिन्न तामाङ सांकृतिक गीत नृत्य आदि सम्पन्न भएको थियो। यस अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै तामाङ बिकास बोर्डका अध्यक्ष सञ्जय मोक्तानले तामाङ बिकास बोर्डले तामाङ जातिको भाषा साहित्य संस्कृतिको बिकास गर्ने बताए। यस कार्यको निम्ति उनले तामाङ युवाहरूलाई आफ्नो हराउँदै गएको संस्कार र संकृतिको जगेर गर्न अघि आउन आवश्यक रहेको बताए। तिनले कुनै पनि राजनैतिक पार्टीको नाउँ नलिइ कतिपय मानिसहरूले तामाङ समुदायलाई फुटाउने प्रयास गरिरहेको पनि आरोप लगाए। 
‘तामाङ जातिको बिकासको निम्ति 22 वर्ष संघर्ष गरेर जनजाति त प्राप्त गर्‍यौ। यद्यपी तामाङहरूको सर्वाङ्गिन बिकास हुन सकेको छैन। अब सबै युवाहरू अघि आएर तामाङ समुदायको हक र अधिकारको निम्ति अघि बड्नुपर्छ’ – सञ्जय मोक्तानले भने। ‘आज यहाँ केही व्यक्तिहरूले तामाङ सन्तानभित्र झगडा ल्याउने कुचेष्टा गर्दैछ। यस्ता व्यक्तिहरूलाई चिन्न आवश्यक छ। तामाङ बिकास बोर्ड राजनीति गर्न होइन। हामी राजनीति गर्न चाहँदैनौँ’ सञ्जय मोक्तानले अझ भने। आफूहरूले केवल आफ्नो जातिको उत्थानको निम्ति कार्य गर्न अघि आएको बताउँदै कसैलाई नराम्रो गर्नको निम्ति राजनीति गर्न नचाहेको पनि उनले स्पष्ट पारे। 
यसैक्रममा तामाङ बिकास बोर्ड गठन पछि राजनैतिक दलहरूले गरिरहेको नकारात्मक टिप्पणीको जवाब दिँदै उनले कुनै पनि राजनैतिक दलको नाउँ नलिई ‘यदि तामाङहरूको बिकास हुँदा तपाईँहरूको के बिग्रन्दैछ ? यो स्पष्ट पार्नुपर्छ। पहाडमा बस्ने तामाङ जातिको बिकासको कार्य हुँदा असुबिधा भयो भन्दै बिरोध गर्नेहरूले कहाँ असुबिधा भयो भन्ने स्पष्ट पार्नुपर्छ’ भने। 
यसक्रममा अफूहरूले कहिल्यै राजनीति गर्न नखोजेको स्पष्टिकरण दिँदै राजनीति गर्न बाध्य नगराउने अनुरोध पनि मोक्तानले गरे। आफूहरूले जहिले पनि आफ्नो जातिको सर्वाङ्गिन बिकासको निम्ति कार्य गरिरहेको बताउँदै यस कार्यको निम्ति राजनैतिक आक्षेप नगरिदिने पनि तिनले आह्वान गरे।

0 Response to "तामाङ बिकास बोर्डले भाषा साहित्य र संस्कृतिको बिकास गर्नेछ – सञ्जय मोक्तान"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.