के तोङ्बा र पुजा अर्चनाले गोर्खाल्याण्ड प्राप्त होला ???
राजेश शर्मा, कालिमन्युज, जयगाँउ 31 दिसम्बर 2014 । गोर्खा जातिको चिन्हारी,असमिता एंव छुट्टै राज्यको मागले सम्पूर्ण भारतका गोर्खाहरुको हृर्दयमा बलेको आगो अझै निभेको छैन । यस 1980को दशकमा गोर्खा जातीको चिन्हारीको मागलाई लिएर त्यस समयका नेता सुभाष घिसिङले चलाएको आन्दोलनमा 1200 गोर्खा सन्ताहरु डुवर्स आनि पहाड़मा सीआरपीको तातो गोलीको सिकार भएर शहिद भएको कुरालाई कसले सहजै भल्न सक्छ र? दागोपापको सम्झौता गरेपछि पनि यो माग समय समयमा गोरामुमोले उठाइनै रह्यो ।
5 दिसम्बर 2005मा सुवास घिषिङले पहाड़को जनतालाई नयाँ कुरो छैटौ अनुसूची पहाड़मा लागु गर्नु पर्ने माग जनता अघि ल्याए। पहिला अलग राज्य फेरी छैटौ अनुसुचीको ले जनता अलमल्ल परे। घिसिङले पहाडमा छैटौ अनुसूचीलाई ल्याउनको निम्ति जनतालाई झाक्री नृत्य एंव पहाड़का बिभिन्न मन्दीरमा पुजा अर्चन गराएका थिए ।यस क्रममा गोर्खा जातीलाई गोर्खा राष्ट्र मुक्ती मोर्चाको प्रमुख नेता सुभाष घिसिङले छैटौ अनूसुचिको मागलाई सफल बनाउने क्रममा पहाडमा रहेका मानिसहरुलाई पहाडको मन्दीरमा रहेका भगवानहरुलाई तोङ्बा चड़ाउनू पर्छ भनि जनतालाई अलमल्ल पारेका थिए। अलमल्ल परेको गोर्खा जाती 2007 को अक्टुबर महिनामा बिमल गुरुङको नेतृत्वमा गोर्खा जन मुक्ती मोर्चाको पछि लाग्न वाध्य भयो ।
बिमल गुरुङको गोजमुमोको अगुवाईमा पहाड़ लगायत तराई एंव डुवर्समा पुन अलग राज्यको मांगले आगो सल्कियो । यस आगोले लग-भग 44 महिनाको आन्दोलन कालमा डुवर्सको अनि पहाड़का युवा युवतीहरुको वलिदानलाई पर सार्दै अलग राज्यको मांगलाई बिराम दिदै 396 वटा मौझा नगाभी गृह मंत्री पि चितंबरम, मुख्य मंत्री ममता बेनर्जी एंव बिमल गुरुङको उपस्थितिमा गोजामुमो,राज्य सरकार एंव केन्द्र सरकार माझमा 18 जुलाई 2011 मा गोर्खाल्याण्ड क्षेत्रीय प्रशांसनको गठन भयो। डुवर्स अनि तराईलाई अलग राखेत बनिएको गोक्षेप्रका 45 जना सभासदले शपथ लिएका थिए ।
यता बंग भंग हुदैन भन्ने बक्तब्य मुख्य मंत्री मंमता ब्यानर्जीले दिएको समयमा त्यही सभासद् र गोजमुमो समर्थकहरुले हास्दै थपड़ी मारेका थिए । तर गोक्षेप्रमा बिभागको हस्तान्तरण पूर्ण रुपमा नभएको कारण बिमल गुरुङले केन्द्रको भाजपाको हात पकड़ीएर ममता सरकारलाई वाध्य गराउने प्रयासको राजनैतिक दाउपेच पनि गरे अनि गरिरहेका नै छन ।यस्तैमा ममता ब्यानर्जीले जात जातमा विभाजन भएको गोर्खा जातिलाई अझै उस्कानी दिदै लेप्चा जातिलाई लिएर पहाड़मा अर्को राजनैतिक कुट्निति प्रारम्भ गरे।
यो बुझेर बिमल गुरुङले पनि 10 गोर्खा जातीलाई जनजातीको दर्जा दिनू पर्ने आवस्यकताको राजनतिक गोटी चलाउदै अर्को आवाज उठाए पछि बंगालले जात जातको मांगतिर लागेको गोर्खा जातीलाई अब गोर्खाल्याण्डको मागदेखि टाडो बनाउन सफल भएको ठानेकोछ। जनजातिको मर्यादा र सहुलियतसंग घिसिङ्ले परिचय गराएर सम्पूर्ण गोर्खा जातिलाई नै छैटौ अनुसूचीमा गाभ्ने माग राखे । अनि यस मागलाई जोड दिन सुभाष घिसीङ्ले झाक्री तोङ्बा र पूजा को प्रयोग गरे । तर यस मागको विरोध भयो अनि यसै मागको विरोध गर्दै सबै घिसिङ माथि खनिए अनि यसका नाइके भए बिमल गुरूङ। तिनै बिमङ्ले छैटै अनुसूचीको बुइ चडेर अर्को अध्याय थपे पहाड्को राजनितिमा अनि हाता पारे गोक्षेप्र। यसै बीच गुरूङ्ले जनजातिको मुद्धालाई अर्कै ढङगमा अघि ल्याए।
दश जातिलाई जनजातिको माग दिने प्रस्तावना अघि सारे गुरुङ्ले। यसबीच तिनले फेरि गोर्खाल्याण्ड्को माग प्रारम्भ गर्ने घरि घरि घोषणा गरि रहे। जसरी अर्को चरणको आन्दोलन घिसीङ्ले झाक्री तोङ्बा र पूजाको प्रयोग गरे उसरीनै बिमल गुरुङले पनि पुन थाल्ने भएको गोर्खाल्याण्ड आन्दोलन पुजा अर्चनानै गरेर प्रारम्भ गरेका छन।
वर्तमानमा एकातिर गोर्खाल्याण्ड पुजा पाठ गरेरनै हासिल हुन्छ त भन्ने प्रश्न उठि रहेको छ भने अर्कोतिर पुजा पाठ गरेर पहाड़मा अब के कुनै नया कुरो जन्मिने हो कि भन्ने जिज्ञासा पनि मानिसहरुमा उब्जिरहेको छ।
0 Response to "के तोङ्बा र पुजा अर्चनाले गोर्खाल्याण्ड प्राप्त होला ???"
Post a Comment
Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.
Note: only a member of this blog may post a comment.