-->
गोरामुमो पार्टीको नाउँमा धम्किपूर्ण पोष्टर देखा पर्‍यो

गोरामुमो पार्टीको नाउँमा धम्किपूर्ण पोष्टर देखा पर्‍यो

डी.के वाइबा, कालिमन्युज, कालेबुङ 8 दिसम्बर। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) पार्टीको नाउँमा आज शहरको बिभिन्न स्थानहरूम धम्किपूर्ण पोष्टरहरू देखा परेको छ। उक्त धम्किपूर्ण पोष्टर गोरामुमो पार्टीको नाउँमा देखा परे पनि यता गोरामुमो पार्टीले भने उक्त धम्किपूर्ण पोष्टर पार्टीलाई बदनाम गराउनेहरूले टाँसेको आरोप लगाएको छ। यसका साथै पोष्टर टाँस्नेहरू बिरुद्ध गोरामुमो टाउन चिफ दिपङ्कर लामाले कालेबुङ थानामा प्राथमिकी दर्ता गरेको छ।
यहाँको डम्बर चौक अनि दश माइल परिसरमा आज बिहान एकाएक गोरामुमो पार्टीको नाउँमा धम्किपूर्ण पोष्टर देखा परेपछि सनसनी छाएको थियो। पोष्टरमा “शान्ति, अहिंसा र गणतान्त्रिकले लक्ष्यमा पुग्दैन। खाली हात आन्दोलन हुँदैन। सम्पूर्ण आन्दोलनकारीहरू तयार, सभासदहरू, जीटीए पन्थिहरू होशियार। जनता सतर्क। बिसाएको आन्दोलन फेरि गर्नेछौँ” भनि गोरामुमो बाञ्च कमिटिको नाउँ उल्लेख गरेको छ। यसरी बिहानै गोरामुमो पार्टीको नाउँमा धम्किपूर्ण पोष्टर देखा परेपछि गोरामुमो पार्टी समर्थकहरूमा पनि सनसनी छाएको थियो। उक्त धम्किपूर्ण पोष्टरिङ भएको चारैतिर हल्ला फैलिए पछि आखिरमा केही अबेर गरेर उक्त पोष्टर मानिसहरूले च्यातेर फ्याँके।
गत छ दिसम्बरको दिन गोरामुमो पार्टीले मिरिकमा छैटौँ अनुसूचीको सम्झौता दिवस पालन गर्दै आन्दोलनलाई अघि बडाउँने घोषणा गरेको दुई दिनपछि यसरी एकाएक शहरमा धम्किपूर्ण पोष्टर पार्टीको नाउँमा देखा परेपछि आखिरमा गोरामुमो पार्टीले स्पष्टिकण दिँदै उक्त पोष्टरिङ गोरामुमो पार्टीलाई बदनाम गराउणेहरूले टाँसेको आरोप लगाएको छ। यसका साथै पार्टीको पक्षमा बोल्दै गोरामुमो कालेबुङ टाउन कमिटिका प्रमुख दिपङ्कर लामाले गोरामुमो पार्टीले यस्तो धम्किपूर्ण पोष्टर नटाँसेको अनि यस्तो पोष्टरिङ गरेर अशान्ति फैलाउनेहरूलाई पुलिसले कार्वाही गर्नुपर्ने माग गर्दै थानामा प्राथमिकी दर्ता गरेको बताएका छन्।

0 Response to "गोरामुमो पार्टीको नाउँमा धम्किपूर्ण पोष्टर देखा पर्‍यो"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.