-->
धम्किपूर्ण पोष्टर टाँस्नेहरूलाई कानुनी कार्वाही गर्नुपर्छ – गोरामुमो

धम्किपूर्ण पोष्टर टाँस्नेहरूलाई कानुनी कार्वाही गर्नुपर्छ – गोरामुमो

डी.के वाइबा, कालिमन्युज, कालेबुङ 8 दिसम्बर। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) पार्टीको नाउँमा सोमबार बिहान कालेबुङ शहरको बिभिन्न स्थान लगायत पेदोङमा धम्किपूर्ण पोष्टर टाँसिएको घटनालाई केन्द्र गरेर आज गोरामुमो पार्टीले पनि शहरमा पोष्टरिङ गरेको छ। 
गोरामुमो कालेबुङ ब्राञ्च कमिटिले टाँसेको उक्त पोष्टरमा सोमबार बिहान शहरमा देखा परेको धम्किपूर्ण पोष्टर गोरामुमोले नटाँसेको स्पष्टिकरण दिएको छ। यसको साथै गोरामुमो कालेबुङ ब्राञ्च कमिटिले सभासदहरू अनि साधारण जनतालाई बन्दुकको धम्कि दिँदै पोष्टरिङ नगरेको अनि यस्तो धम्किपूर्ण पोष्टर टाँस्नेहरू बिरूद्ध पुलिसले कानुनी कार्वाही गर्नुपर्ने माग गरेको छ।
कालेबुङ शहरमा मात्रै नभएर सम्पूर्ण पहाड्मा नै समय समयमा राजनैतिक र गैरराजनैतिक पोस्टरहरु टास्ने र यसले नै खैलाबैला मच्चाउने गरेको घटना  भैरहंछ। विभिन्न नाममा टासिने पोष्टर बाहेक किर्ते र जनताको नाममा पनि टासिने पोष्टरहरु वास्तवमा कसले टासेका हुन भन्ने प्रश्न प्रश्न नै भएर रहंछन न त यस्ता पोष्टर तास्ने तत्वहरुनै पक्रा पर्छन। केवल अर्काको नाउ बदनाम गराउने या कसैको कुनै दोश उजागर गर्न आफनो सट्टामा अर्काको नाउमा पोष्टर लेख्ने यो क्रमको कुनै अन्त नै छैन। मैले गरेको होइन भने कसले गरेको हो हो रहस्य केवल रहस्य नै भएर गाएकोछ।

0 Response to "धम्किपूर्ण पोष्टर टाँस्नेहरूलाई कानुनी कार्वाही गर्नुपर्छ – गोरामुमो"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.