
मधेशीहरूमाथि हुँदै आएको विभेद र दमनको विरोध गर्दै नेपालको सप्तरीमा जनप्रदर्शन

डा. सी. के. राउत बचाऊ संघर्ष समितिको संयोजकत्वमा गरिएको प्रदर्शनमा डा. राउत, कैलाश महतो, चन्दन सिंह, बिनोद यादव, मो. उस्मान मियाँ, महेश यादव, देवराम मधेशी लगायतका वक्ताहरूले , मधेशको गौरवशाली इतिहासदेखि नेपाली औपनिवेशिक शासनसम्मका विषयमा मन्तव्य समेत राखेका थिए ।
मानव सभ्यताको प्रारम्भदेखि नै मधेश एक राष्ट्र भएको र यहाँ जनकदेखि शुद्धोधन (बुद्धका पिता) तथा सलहेशदेखि हरिसिंहदेवसम्म अनेकौं गौरवशाली राजा-महाराजाहरूको शासन भएको कुरा वक्ताहरूले औंल्याएका थिए। गोरखालीहरूको ईस्वी १८औं शताब्दीको उत्तारार्धमा आगमनपूर्व मधेशमा सेन राजाहरूको अति नै समृद्ध राज्य रहेको थियो, र केवल सन् १८१६ र १८६० मा अंग्रेजहरूले मधेश, क्रमश: दुई लाख रुपैयाँको साटो र उपहारस्वरूप, नेपालको राजालाई हस्तान्तरण गरेको कुरा बताएका थिए। मधेशलाई नेपालमा जबरदस्ती गाभेदेखि नै नेपाली औपनिवेशिक शासन शुरू भएको, र सन् १९५८ सम्म त मधेशीहरूलाई नेपाल (काठमाडौं) आउन-जान समेत भिसा लिनु पर्ने तथ्य समेत वक्ताहरूले प्रकाशमा ल्याएका थिए।
मधेशमा झंडै ९५% सेना मधेश वाहिरबाट ल्याई नेपाली शासकले मधेशमा औपनिवेशिक शासन लादेको, पहाडीहरूलाई पहाडबाट मधेशमा ल्याई तीब्र गतिमा बसाएको र आदिवासी मधेशीहरूको भूमि खोस्दै र तिनीहरूलाई भूमिहीन बनाई विस्थापित गरेको, सन् १९५१ देखि २००१ कै ५० वर्षको बीचमा मधेशमा पहाडीहरूको जनसंख्या६% बाट बढेर ३३% हुन पुगेको, मधेशबाट ७५% सम्म राजस्व उठने गरेको तर ५१% जनसंख्या भएको मधेशको लागि केवल ५-६ % बजेट छुट्टायाउने गरेको चरम शोषणपूर्ण औपनिवेशिक शासन मधेशमा रहेको कुरा वक्ताहरूले प्रष्टाएका थिए।
नेपाली औपनिवेशिक शासनका कारण २१औं सदीमा पनि मधेशीहरू आफ्नै भूमिमा भूमिहीन दास बनेर बाध्य मात्रै छैनन्, उनीहरूको अस्तित्व नै आज संकटमा रहेको छ। 'अन्नको भंडार'भनिने मधेशमा १९% परिवार अति-खाद्यान्न अभाव भोगिरहेका छन्, भने २०.४% बच्चाहरू अपक्षयको स्थितिमा छन्, ५०.२% बच्चाहरू र ४२% महिलाहरू रक्तअल्पताको शिकार हुन पुगेकाछन्, पहाडी क्षेत्रभन्दा लगभग दुई गुणा नै बढी।
मधेशीहरूले औपनिवेशिक शोषणबाट मुक्ति पाउन कम-से-कम ६० वर्ष देखि आन्दोलित छन्, मुक्तिका लागि सैकडौं मधेशीले ज्यानै दिएका छन् तर उनीहरूको स्थिति सुध्रनु र उनीहरुले केही अधिकार पाउनुको साटो उनीहरू झन् नेपाली राजबाट उग्र-शोषण र दमनको शिकार हुँदै आएका छन्। त्यसैले स्वतन्त्र मधेशको विकल्प अब नरहेको कुरा वक्ताहरूले प्रष्ट पारेका थिए। स्वतन्त्र मधेशले मात्र मधेशबाट औपनिवेशिक सेना हटाएर आफ्नै सेना, प्रहरी र कर्मचारी राख्न सक्ने र मधेशमा बस्ने सबैले पुन: नखोसिने गरी आफ्नो अधिकार पाउन सक्ने, मधेशको साधन-स्रोत र पैसा मधेशमै रहने दृढता पनि देखाए।
मधेशमा जारी चरम औपनिवेशिक शोषण, रंगभेद र मधेशीहरूको जातीय सफाया तथा २१औं शताब्दीमा समेत मधेशीहरू नागरिकताविहिन, अधिकारविहिन दासको रूपमा बाँच्न बाध्य हुनु सम्पूर्ण मानवताको नै कलंक भएको र त्यस औपनिवेशिक शोषण, रंगभेद र दासताबाट मधेशीहरूलाई मुक्ति दिलाउनु पूरै विश्वको नै दायित्व भएको र तसर्थ विश्वका सम्पूर्ण राष्ट्रहरू,नागरिकहरू, कुटनितिज्ञहरू, बुद्धिजीवी र पत्रकारहरू त्यसतर्फ लाग्नु पर्ने अपील समेत वक्ताहरूले गरेका थिए। त्यही क्रममा हाल काठमाडौं मैं सम्मेलन गरिरहेका सार्क राष्ट्रहरूको समेत ध्यानाकर्षण गराउन सार्क सचिवालय समक्ष मधेशी जनताको तर्फबाट ज्ञापन पत्र समेत बुझाइएको थियो । काठमाडौंको खुल्लामञ्चमा मिति २०१७१ मंसिर १० गते बुधवार राखिएको मधेशी जनसभालाई नेपाल सरकार र त्यसका प्रहरी प्रशासनद्वारा बिथोलिएको, डा. राउतलगायत मधेशबाट काठमाडौं आएका र काठमाडौं समेतमा बस्ने, बाटोमा हिंडडुल गरिरहेका मधेशी अनुहार, छाला, भाषा र पोशाक भएका सयकडौं मधेशी समुदाय, युवा, विद्दार्थी कर्मचारी तथा अभियानका डा. राउत लगायत ५०० भन्दा बढी नेता कार्यकर्तालाई काठमाडौंको विभिन्न ठाउँहरुबाट धरपकड गर्दै लाठी चार्ज समेतगरी घाइते बनाएको र सामुदायिक तथा साम्प्रदायिक रुपमा बेइज्जत र मानहानि गर्दै विभिन्न बन्दी गृहहरुमा झण्डै आधा साता भन्दा बढी शारीरिक र मानसिक रुपमा प्रताडना दिइएको थियो ।
0 Response to "मधेशीहरूमाथि हुँदै आएको विभेद र दमनको विरोध गर्दै नेपालको सप्तरीमा जनप्रदर्शन"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.