-->
सार्क शिखर सम्मेलनमा ८० वटा विषयमा छलफल गरिने.... सञ्जाल जनसार्क (पिपुल्स सार्क) को उद्घाटन

सार्क शिखर सम्मेलनमा ८० वटा विषयमा छलफल गरिने.... सञ्जाल जनसार्क (पिपुल्स सार्क) को उद्घाटन

राजेश शर्मा, कालिमन्युज, काठमाण्डू २२, 2014| उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले आगामी माघ ८ भित्रमा समावेशी, समानुपातिक लोकतान्त्रिक संविधान जारी गर्नेतर्फ सरकार कटिबद्ध भएको बताउनुभएको छ।
विभिन्न सङ्घ÷संस्थाद्वारा यहाँ आज आयोजित दक्षिण एसियाली देशको नागरिक सञ्जाल जनसार्क (पिपुल्स सार्क) को उद्घाटन गर्दै गृहमन्त्री गौतमले राजनीतिक स्थिरता र दीर्घकालीन शान्तिसँगै मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउन माघ ८ मा संविधान जारी गर्नुको विकल्प छैन भन्नुभयो ।
उहाँले भन्नुभयो, “गरिबी, अभाव र विभिन्न विभेदसँग सामना गर्दै लोकतन्त्रको नमुना बनेको सन्दर्भमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क)को अठारौँ शिखर सम्मेलनलाई सफलतापूर्वक अगाडि बढाउने अठोट गरिएको छ ।”
राज्यका हरेक संरचनामा महिला, मधेसी, दलित, मुसलमान तथा उत्पीडित समुदायको जनसङ्ख्याको आधारमा समान सहभागिताको लागि संवैधानिक व्यवस्था हुनुपर्ने गौतमको भनाइ छ ।गैरसरकारी संस्था महासङ्घ नेपालकी अध्यक्ष शर्मिला कार्कीले अहिलेसम्म सार्क सम्मेलनमा भएका प्रतिबद्धतालाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले आसन्न सार्क शिखर सम्मेलनमा अपाङ्ग, छुवाछुत, चेलीबेटी बेचबिखन, बलात्कार, बालश्रम शोषण, बेरोजगारी समस्यालगायतमा छलफल गरिनुपर्छ भन्नुभयो ।

दक्षिण एसियाली दलित अधिकार मञ्चका अध्यक्ष दीवाकर पवलले जातीय विभेद तथा छुवाछुत समस्या दक्षिण एसियाकै समस्या भएको हुँदा त्यसलाई सबै मिलेर समाधान गर्नुपर्ने बताउनुभयो ।आजदेखि तीन दिनसम्म चल्ने सो जनसार्क सम्मेलनमा बालश्रम शोषण, महिला हिंसा, बेरोजगारी र छुवाछुत समस्यालगायत करिब ८० वटा विषयमा छलफल गरिने छ ।
सो जनसार्कमा सार्क सदस्य राष्ट्रका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।उद्घाटनको अवसरमा सुरु गरिएको र्‍याली पुल्चोकबाट सुरु भएर जावलाखेल हुँदै नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा पुगेर कोणसभामा परिणत भएको थियो दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को आसन्न अठारौँ शिखर सम्मेलनका लागि ललितपुर उपमहानगरपालिकाको अगुवाइ आज उपमहानगरपालिकाभित्र पर्ने २२ वटै वडामा आज सरसफाइको काम गरिएको छ ।
सार्क शिखर सम्मेलनकै लागि आज शनिबारको दिन पारेर विभिन्न सरकारी सेवामा काम गर्ने कर्मचारीको सहकार्यमा सरसफाइको काम गरिएको उपमहानगरपालिकाका प्रमुख ताराबहादुर कार्कीले जानकारी दिनुभयो ।उहाँका अनुसार रङ्गरोगनको काम भने सकिसकेकोे छ ।
सार्कको तयारीकै लागि पाटन दरबार क्षेत्र वरपरका मन्दिरमा रहेका पुराना झल्लर फेर्ने र आवश्यक ठाउँमा रङ लगाउने कामसमेत सम्पन्न भइसकेको छ ।
त्यससँगै विभिन्न स्थानमा राखिएका विज्ञान सामग्री पनि हटाइएको छ । कुपन्डोल, पुल्चोक, जावलाखेल, कुमारीपाटी, लगनखेल र सातदोबाटोसम्म राखिएका विज्ञापन सामग्री र विशेष गरी जावलाखेल र लगनखेलमा राखिएका सडकछेउका पसलसमेत हटाइसकेको छ ।सार्कको अठारौँ शिखर सम्मेलन यही मङ्सिर १० र ११ गते काठमाडौँ हुँदैछ । प्रमुख सहरी क्षेत्रमा राखिएको विज्ञापन पाटी र सडकपेटीका पसल हटाउने काम गरिरहेको छ । 

Related Posts

0 Response to "सार्क शिखर सम्मेलनमा ८० वटा विषयमा छलफल गरिने.... सञ्जाल जनसार्क (पिपुल्स सार्क) को उद्घाटन "

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.