.jpg)
जनजातिको मागमा खम्बु राईट्स मुभमेन्टको धर्ना दिल्लीमा
डी.के वाइबा, कालिमन्युज, कालेबुङ 27 नोभेम्बर।“किराँती राईहरू जनजाति हुन् भन्ने मागलाई सरकारले आजसम्म सुनेको छैन। यसैकारण यसकारको ध्यान आकर्षण गराउँदै किराँती खम्बु राईहरूलाई जनजातिको मान्यता दिनुपर्छ भनि दिल्लीको जन्तर मन्तरमा धर्ना प्रदर्शन गर्न खम्बुहरू आएका हुन्” – उक्त कुरा खम्बु राईट्स मुभमेन्टका सयोजक बिनेश खम्बुले दिल्लीको जन्तर मन्तरमा सरकारको ध्यान आकर्षण गर्दै भनेका हुन्।
खम्बु राईट् मुभमेन्टले किराँती खम्बुहरूलाई भारत सरकारले जनजातिको मान्यता दिनुपर्ने मागमा आजदेखि दिल्लीको जन्तर मन्तरमा तीन दिन व्यापी धर्ना प्रदर्शन शुरू गरेको छ। भारतका बिभिन्न राज्यहरूका प्रतिनिधिवर्गको विशेष सहभागीता रहेको उक्त धर्ना प्रदर्शनीमा दार्जीलिङ पहाडका तीनवटा महकुमा क्षेत्रबाट धेरै मात्रमा खम्बुहरू दिल्ली धर्नामा पुगेका छन्। यसक्रममा आज खम्बु राईट् मुभमेन्टले दिल्लीको जन्तर मन्तरमा पारम्परिक विधि अनुसार माङ्पाद्वारा पूजा गरेर धर्ना प्रदर्शनी गरेको थियो।
खम्बुहरूका पुजारी माङ्पाले सर्वप्रथम पूजा गरेपछि शुरू भएको धर्नामा किराँती खम्बुहरूले जनजातिको माग गर्दै जोडदार नाराबाजी गर्दै जुलुस निकालेका थिए। जनजातिको माग गर्दै शुरू भएको उक्त धर्ना प्रदर्शनीलाई खम्बु राईट् मुभमेन्टले नेतृत्व गरेको छ। उक्त प्रदर्शनीमा पश्चिम बङ्गाल राज्य, मणिपुर, उत्तरखण्ड, दिल्ली, सिक्किम, अरूणाचल प्रदेश लगायत अन्य राज्यका प्रतिनिधिहरू सामेल भएका छन् भने उनीहरूले यथाशिघ्र भारतीय संविधान अनुसार किराँती खम्बुहरूलाई जनजातिको मान्यता दिनुपर्ने माग गर्दै नाराबाजी लगाएका थिए। धर्ना प्रदर्शनीको क्रमसंगै किराँती खम्बुहरूले आफूहरू जनजाति रहेको पुष्टि गर्न जनजातिय पारम्पारिक प्रदर्शनीहरू पनि गरेका थिए। यसक्रममा उनीहरूले किराँती सिल्लि नृत्य आदि पनि धर्ना प्रदर्शनको क्रममा प्रस्तुत गरेका थिए।
.jpg)
खम्बु राईट्स मुभमेन्टको उक्त धर्नामा किराँती खम्बु राई सांस्कृतिक संस्थान कालेबुङ महकुमा समितिका सचिव अरूणप्रकाश राईको बिशेष उपस्थिति संगै अन्य स्थानबाट पनि सदस्यहरू उपस्थित रहेको प्रवक्ता सन्दिप खम्बुले बताएका छन्।
अर्कोतर्फ जनजातिको मागमा खम्बु राईट्स मुभमेन्टको प्रतिनिधी टोलीले प्रधानमन्त्री नरेन्द्र मोदीको सचिवलाई भेट गरेर ज्ञापन पत्र चडाएको छ। उक्त ज्ञापन पत्रमा खम्बुहरूलाई जनजातिको मान्यता यथाशिघ्र दिनुपर्ने कुरा लेखिएको छ। यसैक्रममा टोलीले प्रधानमन्त्री कार्यलयका एम.ओ.एस डा जितेन्द्र सिहलाई पनि भेट गरेर जनजातिको मागमा ज्ञापन पत्र सुम्पिएको जानकारी मनोज खम्बुले दिएका छन्।
अर्कोतर्फ जनजातिको मागमा खम्बु राईट्स मुभमेन्टको प्रतिनिधी टोलीले प्रधानमन्त्री नरेन्द्र मोदीको सचिवलाई भेट गरेर ज्ञापन पत्र चडाएको छ। उक्त ज्ञापन पत्रमा खम्बुहरूलाई जनजातिको मान्यता यथाशिघ्र दिनुपर्ने कुरा लेखिएको छ। यसैक्रममा टोलीले प्रधानमन्त्री कार्यलयका एम.ओ.एस डा जितेन्द्र सिहलाई पनि भेट गरेर जनजातिको मागमा ज्ञापन पत्र सुम्पिएको जानकारी मनोज खम्बुले दिएका छन्।
0 Response to "जनजातिको मागमा खम्बु राईट्स मुभमेन्टको धर्ना दिल्लीमा "
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.