-->
स्थगित भएको भनिएको नरेन्द्र मोदीको जनकपुर भ्रमणको लागि पहल

स्थगित भएको भनिएको नरेन्द्र मोदीको जनकपुर भ्रमणको लागि पहल

राजेश शर्मा, कालिमन्युज, काठमाडौ, 22 Nov 2014 । स्थगित भएको भनिएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण र संबोधनलाई पूर्ववत रुपमै अघि बढाउन नेपालको तर्फबाट लविङ्ग तिब्र बनाईएको छ । राष्ट्रपति डा रामबरण यादवले शुक्रवार आफै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र मन्त्री सुष्मा स्वराजसँग टेलिफोनबार्ता गरेर पूर्ववत रुपमै जनकपुरको भ्रमण हुनु पर्ने बताएका थिए । 
उनले मोदीको भ्रमणलाई लिएर कुनै विवाद नभएको भन्दै बाह्र विघे मैदानमै जनतालाई संबोधन र साईकल वितरण लगायतका कार्यक्रमहरु यथावत रुपमा गरिने जानकारी गराएका थिए । राष्ट्रपति डा. रामबरण यादवले मोदीलाई फोनमा भने–तपाई जनकपुरमा आएर जानकी माताको दर्शन गर्नुहोस र अभिनन्दनसँगै सम्बोधन पनि गरिदिनुहोस ।’ 
उता मोदीले पनि प्रति–उत्तरमा भने– ‘महामहिम ज्यू मेरो जनकपुर भ्रमणमा कुनै परिवर्तन भएको छैन, जानकी माताको दर्शन गर्न व्यग्र प्रतिक्षा छु । ’ 
 प्रधानमन्त्री सुशिल कोइरालाले पनि शुक्रवारै मोदीसँग टेलिफोन सम्बाद गरेर पूर्ववत रुपमै जनकपुरको भ्रमण गरिदिन आग्रह गरेको स्रोतले जनाएको छ । कोइरालाले जनकपुरमा पुजा, बाह्र विघे मैदानमा संबोधन र साईकल वितरण कार्य पूर्व योजना अनुसार नै हुने समेत स्पष्ट पारेका थिए । 
 यता उप-प्रधान तथा गृहमन्त्री बामदेब गौतमले पनि शुक्रवारै नेपालका लागि भारतीय राजदुत रञ्जित रेसँग छलफल गरेर मोदीको जनकपुर भ्रमणको लागि पहल गर्न आग्रह गरेका थिए । 
 यता भारतीय विदेश मन्त्रालयले भने तय भईसकेको भ्रमणमा विवाद गरेकोले भ्रमण अप्ठ्यारोमा परेको भन्दै नेपालमा विकसित पछिल्लो परिस्थिति र मोदीसँगको छलफलपछि मात्रै निर्णय दिने स्पष्ट पारेका छन । भारतीय पक्षहरु अहिले नेपालको अवस्थाको विषयमा पर्ख र हेरको स्थितिमा रहेका छन ।

0 Response to "स्थगित भएको भनिएको नरेन्द्र मोदीको जनकपुर भ्रमणको लागि पहल "

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.