अफवाहहरूमा दार्जीलिङका स्वघोषित ‘मुकुट विहिन राजा’ - घिसिङ
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 17 नोभ्मेबर। दार्जीलिङ पहाडका स्वघोसित मुकुटविहिन राजा सुवास घिसिङ अहिलेघरी ‘अफवाह’हरूमा बाँचेका छन्। उनी बिरामी रहेको कारण दिल्लीको एउटा नर्सिङ होममा उपचार चलिरहेको छ। तिनको अवस्था गम्भिर रहेको समाचार पत्रहरूमा खबर प्रकाशमा आइसकेको छ। गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन प्रमुख बिमल गुरूङ राजनैतिक मत-भेदलाई भुलेर सुवास घिसिङको स्वास्थ्यबारे जानकारी लिन दिल्लीको नर्सिङ होममा पुग्दा अवस्था निकै गम्भिर रहेकै कारण भेट गर्न नसकेको समाचार प्रकाशमा आइसकेको छ।
घिसिङको स्वस्थ्य चिन्ताजनक रहेको समाचार प्रकाशमा आएपछि उनका समर्थकहरूले स्वास्थ्य ठिक होस भन्दै प्रार्थना गरिरहेका छन्। यस्तो अवस्थामा आज एकाएक शहरभरी गोरामुमो अध्यक्ष सुवास घिसिङको मृत्यु भयो भन्ने अफवाह फैलियो।
उक्त अफवाह एकाएक डलेलो झैँ सल्किएपछि आज दिनभरी नै शहरमा चर्चाको बिषय बन्यो। शहरको चिया पसलदेखि लिएर सडकमा हिँडिरहेका मानिसहरूले पनि सुवास घिसिङको मृत्युको ‘अफवाह’बारे नै चर्चा गर्दै थिए। अफवाहहरूको डडेलो सल्किए पछि ‘सुवास घिसिङ के भयो’रे?’ भनि पत्रकारहरूलाई प्रश्न गर्नेहरूको पनि निकै लामो सूची थियो।
धेरजसो पत्रकारहरूको मोबाइलमा आएको फोन कलमा सबैले सुवास घिसिङकै बारे सोधिरहेका थिए। कसैले फोन गरेर जानकारी लिँदै थिए त कसैले ‘होइन’रैछ नि !’ भन्दै जानकारी गराउँदै थिए। उक्त अफवाहको डडेलोले सम्पूर्ण राजनैतिक दलका कार्यकर्तादेखि नेताहरूलाई समेत छोएको थियो।
गोरामुमो पार्टीका समर्थकहरू उक्त खबरले कतै निराश पनि बनिरहेका थिए भने कतै ‘अफवाह’ मात्रै हो भन्ने थाह पाएर बिनाकारण अफवाह फैलाउनेहरूसंग गनगन पनि गरिरहेका थिए। यता अन्य राजनैतिक दलका कार्यकर्ताहरूले पनि यसबारे कान ठाडो पारेर आफ्नो ध्यान केन्द्रित गरिरहेको देखियो।
0 Response to "अफवाहहरूमा दार्जीलिङका स्वघोषित ‘मुकुट विहिन राजा’ - घिसिङ"
Post a Comment
Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.
Note: only a member of this blog may post a comment.