बसिल कम्पनीले कालेबुङमा 43 करोड भन्दा अधिक ठगेको स्टडी फोरमको दाबी
डी.के वाइबा, कालिमन्युज, कालेबुङ 18 नोभेम्बर 2014। बसिल इन्टरनेशनल कम्पनिको कालेबुङ शाखा अन्तर्गत रहेका लगानीकर्ताहरूले आफ्नो पैसा फिर्ताको गर्नको निम्ति प्रशासनिक हस्तक्षेपको माग गर्दै आज महकुमा अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ।
महकुमा अधिकारीको अनुपस्थितिमा उनीहरूले ज्ञापन पत्र अतिरिक्त महकुमा अधिकारी प्रितम लिम्बुलाई बुझाए। बसिल कम्पनिको कालेबुङ शाखामा मात्र 43 करोड रूपीयाको बराबरको धनराशी कम्पनीले आजसम्म फिर्ता नगरेको तथ्याङ्क केही दिन अघि मात्र गठन भएको बसिल स्टडी फोरम कालेबुङले सार्बजनिक गरेको छ। जसको कारण लगानीकर्ताहरूले आजसम्म आफ्नो पैसा फिर्ता पाउँन सकेका छैनन्।
बसिल इन्टरनेशनल कम्पनिमा पैसा डुबेपछि उक्त पैसा फिर्ता गर्न कम्पनिकै एजेन्टहरूले स्टडी फोरम बनाएको छ। फोरममा सदस्यहरूले आखिरमा आज कालेबुङ शाखामा 43 करोड भन्दा अधिक धनराशी डुबेको तथ्याङ्क सार्बजनिक गर्दै उक्त लगानी भएको पैसा लगानीकर्ताहरूले यथाशिघ्र पाउनुपर्ने माग गरे। अर्कोतर्फ बसिल लगायत अन्य कम्पनिहरूमा पनि पैसा डुबेका लगानीकर्ताहरूलाई लिएर सामुहिक आन्दोलनको तयारी गर्नुपर्ने उनीहरूले आह्वान गरेको छ। जसको निम्ति भावि दिनमा जोइन्ट एक्सन कमिटि गठन गर्ने भएको छ। यस सम्बन्धमा बोल्दै फोरमका सयोजक सेवास्टिन प्रधानले कालेबुङ महकुमाको बिभिन्न कम्पनिका लगानीकर्ताहरूलाई लिएर आगामी दिसम्बर महिना बिराट जनसभाको तयारी गरिरहेको बताएका छन्। यसका साथै समस्या समाधानको निम्ति तीन महकुमाका बिधायकहरूले जनताको समस्यालाई ध्यानमा राखेर पहल गरिदिनुपर्ने आह्वान गरेका छन्। अर्कोतर्फ राज्यको शिलकालिन बिधानसभामा यस मुद्दाबारे आवज उठाउनको निम्ति कालेबुङका बिधाक डा हर्कबहादुर छेत्रीलाई अनुरोध गरिएको सयोजक प्रधानले जानकारी गराएका छन्।
स्मरण रहोस सारदा घोटाला काण्डपछि अहिलेघरी अन्य कम्पनिहरूले पनि लगानीकर्ताहरूको पैसा फिर्ता गर्न सकेको छैन। जसमध्ये बसिल, प्रयाग ग्रुप अफ् कम्पनी, रोज भेल्ली, एक्सेस मल्टि डेभलपर, रामेल ग्रुप अफ् कम्पनी आदिले कालेबुङमा धेरै मानिसहरूलाई ठगेर करोडौ रूपिया गुटमुटाएर चम्पट कसिसकेको छ। जसको कारण लगानीकर्ताहरू आफ्नो लगानी पैसा फिर्ताको आशामा कहिले पुलिस थाना त कहिले एजेन्टहरूको घरमा धाउने कार्य गरिरहेका छन्।
0 Response to "बसिल कम्पनीले कालेबुङमा 43 करोड भन्दा अधिक ठगेको स्टडी फोरमको दाबी"
Post a Comment
Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.
Note: only a member of this blog may post a comment.