-->
स्क्रब टाइफस र यसको आतंक

स्क्रब टाइफस र यसको आतंक

कालिमन्युज, कालेबुङ, 1 अक्टोबर 2014: पहाडमा नँया नँया प्रकारका रोगहरुको आतंक समय समयमा आइरहन्छ तर रोगको विषयमा जानकारी भन्दा बेसी अफवाह फैलन्छ । विभिन्न प्रकारका समस्याहरुले पिडित पहाड् प्राकृतिक प्रकोप र रोगले पनि पिडीत छ | 
हाम्रो अज्ञानता, लापरवाही र अरुहरुको बेईमानी अनि अरुहरुकै लापरवाहीको शिकार पनि हामी भइनैरहेकाछौ। समय समयमा प्राकृतिक प्रकोपको आतंकले पहाडलाई सताइरहन्छ भने विभिन्न प्रकारका रोगहरुले पनि यसलाई छोडेकोछैन। यस्तै एक रोग हो स्क्रब टाइफस । 
हामीले सुनेको र जानेको रोग हो टाइफ्वैड जसलाई म्याधे ज्वरो भनिंछ तर थाहा हुनुपर्छ टाइफ्वैड तिन प्रकारका हुन्छन एक प्रकारकोलाई महामारी टाइफ्वैड अर्कोलाई म्युरिन या स्थानिक टाइफ्वैड र तेस्रो प्रकारलाई स्क्रब टाइफ्वैड भनिन्छ। यहि स्क्रब टाइफ्वैडको बारेमा केही बुझौ। 
डेगु ज्वरो जस्तै लक्षण भएको यो रोग भारत र अन्य देशको खेतिपाति हुने जगहमा बेसि देखिएकोछ। दोस्रो विश्व युद्ध मा देखिएको यो रोग विश्वव्यापी हो। यो रोग Orientia tsutsugamushi. (ओरियेंटा सुसुगामुसि ) नामक जिवाणु को कारणले गर्दा हुन्छ। यो जिवाणु बाच्नको निम्ति एउटा किरा जसलाई Leptotrombidium deliense. या L deliense भनिंछ जो एकप्रकारको फसल घुन जस्तो किरा हो त्यसमा बस्ने गर्छ। 
यसको अण्डाबाट निस्किएको लार्वालाई चिग्गर भनिंछ । यो रातो रातो रंगको रौ नै रौले भरिएको सानो घुन झरेको लडेको या भुइमा भएको झारपातमा बस्छ। शहरमा भन्दा बस्ति क्षेत्रमा हुने यो घुन त्यसक्षेत्रबाट भएर हिड्डुल गर्ने कुनै प्राणीमा सरेर त्यही बस्ने गर्छ। त्यस परजीवको छालामा यसले छेडेर छालाको कोषलाई अचेत बनाइ त्यही नै खाध्यको रुपमा यसले खाने गर्छ। 
 स्त्रीघुनले अंडा पार्दा यदि आफै वास्तवमा ओरियेंटा सुसुगामुसि नामक जिवाणुले संक्रमित छ भने यसले यो जीवाणु यसको लार्भामा अनि लार्वाले जुन प्राणीमा बसेकोछ त्यसमा सार्दछ। त्यसपछि यही किटाणुले त्यस प्राणीमा आक्रमण गर्दा विभिन्न प्रकारका लक्षणहरु देखा पर्ने गर्द्छ। 
लक्षणहरुमा प्रथमनै घाउ देखा पर्छ त्यसपछि टाउको दुख्ने, उच्च तापमानको ज्वरो आउने, छालामा खटिराजस्तो घाउ देखा पर्दछ। वास्तवमा जहा यो घुनको लार्वा बसेको हुन्छ त्यहाबाट् यो लार्वा झरेपछि मात्रै खटिरा देखा पर्छ। त्यसपछि अन्य लक्षण पेट दुख्ने, खोकि लाग्ने, पसिना आउने, वांत हुने, सम्पूर्ण शरीरमा पिडा हुने त्यसपछि शरीरको फियो र लसिकामा यसले असर पर्दै ति सुनिंन्छ्न् । 
14-21 दिनसम्म यो रोगको कुनै उपचार नभए श्वास प्रश्वासमा वाधा, मुटु चल्न, रक्त संचार मा वाधा,, होश हराउने, काम ज्वरो आउने लक्षण देखा पर्छ अनि मृत्यु हुने गर्छ। यसले स्वेत रक्त कणिका WBC र रक्त प्लेट्लेट्स को संख्या कम गराउछ फोक्सो र मृगौलामा असर पार्छ। 
कतिमा शरिरमा पनि यस्तो खटिरा या दागहरु (एस्चार) देखा पर्छ भने रगत बगेको बगेकै हुने त्यसपछि न्युमोनिया एंसिफ्यालिटिस. मायोकार्डिटिस रोगका लक्षणपनि देखा पर्न सक्छ। 
यो किटले रगत खादैन न त त्यति डर लाग्दो असर पारेको लक्षण नै देखाउने गर्छ यसैले हामी यसलाई नजरान्दाज गर्छौ। तरै पनि समयमै उपचार गरे यो रोगलाई निको पार्न सकिंछ। वास्तवमा यो स्क्रब टाइफस रोगको जिवाणु यो घुन किटाणु मार्फत मैलामा बस्ने मुसा, छुचुन्द्रा मार्फत घरहरुतिर फैलन सक्छ।

लक्षण: छालामा खटिराजस्तो घाउ देखा पर्ने टाउको दुख्ने, उच्च तापमानको ज्वरो आउने, पेट दुख्ने, खोकि लाग्ने, पसिना आउने, वांत हुने, सम्पूर्ण शरीरमा पिडा हुने, श्वास प्रश्वासमा वाधा, मुटु चल्न, रक्त संचार मा वाधा,, होश हराउने, काम ज्वरो आउने ।
उपचार: एलिजा रक्तजाच. औषधी सेवन: chloramphenicol, doxycycline, Azithromycin
रोकथाम: मुसा छुचुन्द्रा देखि टाडामा बस्नु, घरमा भएको पाल्तु प्राणीलाई नियमित नुहाउनु, छालालाई खुल्ला नराख्नु, ग्लोभ्स लगाएर छोप्नु|। 

Related Posts

0 Response to "स्क्रब टाइफस र यसको आतंक"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.