
प्रधानमन्त्री मोदीद्वारा अमेरिकी राष्ट्रपतिसँग संयुक्त प्रेस वक्तव्यको अवधिमा दिइएको टिप्पणीको मूल पाठ
पीआइबी, कालिमन्युज, अमेरिका, 1 अक्टोबर 2014: प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाको 4 दिने भ्रमण् समय अमेरिकी राष्ट्रपतिसँग भेट गरे अनि त्यस पछि संयुक्त प्रेस वक्तव्य जारि गरे जो यस प्रकार छ । राष्ट्रपति बराक ओबामा र मीडियाका सबै सदस्यगण, सबैभन्दा पहिला म राष्ट्रपति ओबामाको निमन्त्रणा र उनको भव्य स्वागत साथै आदर सत्कारका लागि आभार प्रकट गर्न चाहन्छु। पदभार ग्रहण गरेको केही महिनाभित्र अमेरिका आएर राष्ट्रपति ओबामासित भेट गर्न पाउँदा मलाई अत्यन्तै खुशी लागिरहेको छ। दुवै देशको मिसन मङ्गल पुगेको केही दिनभित्र नै आज हाम्रो यहाँ भेट भएको छ भन्न पाउँदा अति नै खुशी लागेको छ।
भारत र अमेरिकाबीच मङ्गलमाथि सम्मिलनपछि अहिलेयहाँ धर्तीमाथि सम्मिलन भइरहेको छ। यो शुभ संयोग हाम्रो सम्बन्ध क्षमताको प्रतिबिम्ब हो। यस यात्राको अवधिमा विशेषगरि राष्ट्रपति ओबामासित भएको बातचितले भारत र अमेरिकाबीच वैश्विक साझेदारी हुनु स्वाभाविक छ भन्ने कुरामा मेरो विश्वास अझ दृढ भएको छ। जो हामीसित जोडिएका मूल्यहरू, हित र डिजिटल एजमा हाम्रो क्षमताहरूमा आधारित छ। राष्ट्रपति ओबामा र मैले आफ्नो सहज आर्थिक प्राथमिकताहरूका बारेमा विस्तारपूर्वक चर्चा गर्यौं। भविष्यमा भारतमा एउटा व्यापक रूपमा आर्थिक विकास र परिवर्तन हुनेछ भन्ने कुरामा मलाई विश्वास छ। भारतमा हामी नीति र प्रक्रिया दुवैलाई परिवर्तन गर्ने विषयमा जोड दिइरहेका छौं। भारतसित व्यापार गर्न यसले सहज र लाभदायक हुनेछ। भारतमा आर्थिक अवसर तीव्र गतिमा बढिरहेको छ।
मलाई विश्वास छ, भारत-अमेरिकाको आर्थिक सम्बन्ध तीव्र गतिले विस्तार हुनेछ। मैले राष्ट्रपति ओबामालाई यस्तो पाइला चाल्नु भन्ने आग्रह गरेको छु जसले भारतका सेवा कम्पनीहरू अमेरिकाको मार्केटलाई सहज र सरल ढङ्गमा प्राप्त गर्नसकुन्। हामी दुवै सिविल न्युक्लियर को-अपरेसनलाई अघि बढाएर लैजानको निम्ति प्रतिबद्ध छौं र यससित जोडिएका मुद्दालाई चाँडै समाधान गर्ने विषयप्रति गम्भीर छौं। यो भारतको ऊर्जा सुरक्षाका लागि धेरै महत्त्वपूर्ण छ। डब्लुटीओ-को मुद्दाका विषयमा पनि हामीले खुल्लारूपमा बातचित गर्यौं। भारत ट्रेड फेसिलिटेसनलाई समर्थन गर्दछ।
यद्यपि, मैले हाम्रो खाद्य सुरक्षाको चिन्तालाई समाधान गर्ने उपाय निस्कने अपेक्षा पनि गरेको छु। यो चाँडै नै हुनेछ भन्ने कुरामा मलाई विश्वास छ। जलवायु परिवर्तन हामी दुवै देशका लागि प्राथमिकताको विषय हो। यस विषयमा आपसी सहयोग वा संवादलाई बढाउने कुरालाई तय गरेका छौं। अन्तरराष्ट्रिय स्तरमा देखापरेका चुनौतीहरूलाई लिएर पनि दुवै देशको विचारमा समानता छ। यसमा एशिया महाद्विप क्षेत्रमा शान्ति तथा स्थिरता पनि सामेल छ। अमेरिका हाम्रो लुक इस्ट र लिङ्ग वेस्ट नीतिको अभिन्न अङ्ग हो।
दक्षिण एशियासहित पश्चिम एशिया र अन्य क्षेत्रमा आश्रय पाइरहेका अतङ्कवादको चुनौती विषय पनि हामीले विस्तारमा विचार विमर्श गर्यौं। हामीले काउन्टर टेरोरिजम र इन्टिलिजेन्समा पारस्परिक सहयोग बढाउने विषयमा पनि सहमति व्यक्त गर्यौं।
अफगानिस्तानका मानिसले हिंसा र आतङ्कवादमाथि विजयी पाउने आफ्नो सङ्कल्पको प्रदर्शन गरेका छन्। हामी दुवैले अफ्गानिस्तानलाई सहायता दिइरहने हाम्रो प्रतिबद्धता र यस क्षेत्रमा अधिक समन्वयको आवश्यकतामा पनि चर्चा गर्यौं।
अफ्रिकामा इबोला सङ्कटलाई लिएर दुवै पक्षमा गैह्रो चिन्ता छ। भारतले यस सङ्कटसित जुझ्न र अन्य सहायताका लागि 12 मिलियन डलरको सहयोग दिने प्रतिबद्धता व्यक्त गरेको छ। हाम्रो साझा हितलाई ध्यानमा राखेर हामीले आफ्नो सुरक्षा, संवाद र रक्षा सम्बन्धलाई अझ बढाउने विचार बनाएका छौं। म युएस रक्षा कम्पनीलाई विशेष गरी भारतको रक्षा उत्पादन क्षमताको विकासमा भागलिनका निम्ति आमन्त्रित गर्दछु।
विगत चार दिनमा मैले भारत- अमेरिका साझेदारीकाप्रति अमेरिकामा अपार रूची र उत्साह देखेको छु। हाम्रो पारस्परिक सम्बन्धसित जोडिएका उनीहरूको आशा र उत्साहको प्रमाण हो। यस सम्बन्धलाई नयाँ ऊर्जा र दृढताका साथ एउटा नयाँ स्तरमा लिएर जाने यही नै हाम्रो शक्ति र प्रेरणा हुनेछ। मैले राष्ट्रपति ओबामा तथा उनका परिवारलाई भारत आउने निरमन्त्रणा दिएको छु। म राष्ट्रपति ओबामा, अमेरिकाका जनता र विशेषगरि अमेरिकामा बसेका भारतीय समुदायका मानिसलाई उनीहरूको उत्साह तथा भव्य सत्कारका लागि धन्यवाद दिन्छु।-
0 Response to "प्रधानमन्त्री मोदीद्वारा अमेरिकी राष्ट्रपतिसँग संयुक्त प्रेस वक्तव्यको अवधिमा दिइएको टिप्पणीको मूल पाठ"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.