-->
कालेबुङमा पुन: नाबालिकको बलात्कार

कालेबुङमा पुन: नाबालिकको बलात्कार

डी के वाइबा, कालिमन्युज, कालेबुङ 14 अक्टोबर 2014। कालेबुङ शहरमा पुन: एक बलात्कारको घटना प्रकाशमा आएको छ। यहाँको बीटी कलेज नजिक चार् माइल निवासी 22 वर्षिय रोशन छेत्रीले 14 वर्षिय नाबालिकालाई बलात्कार गरेको घटना प्रकाशमा आएको हो। 
पिडीत नाबालिकका पिताले आफ्नो श्रीमतिलाई बिरामीको जाँच गराउन् अस्पताल लिएर आएको समयमा आरोपित रोशन छेत्रीले घरैमा दुषकर्म गरेको आरोप रहेको छ। 
अस्पतालबाट श्रीमतिलाई बिरामी जाँच गराएर घरमा पुग्दा युवक रोशन छेत्रीले आफ्नो छोरीलाई दुषकर्म गरी घरबाट भागेको थाहा लागेको हो। 
यसबारे पिडीत नाबालिककी पिताले कालेबुङ थानामा प्राथमिकी दर्ता गरेका छन भने आरोपित युवक रोशन छेत्री फरार भएका छन्। 
उक्त घटनाबारे कालेबुङ थानामा प्राथमिकी दर्ता भए पछि पुलिसले पिडीत नाबालिकलाई यहाँको महकुमा अस्पतालमा स्वास्थ्य जाँचको निम्ति भर्ना गरेको छ भने फरार भएका युवकलाई खोजि अभियान चलाइरहेको छ।

0 Response to "कालेबुङमा पुन: नाबालिकको बलात्कार "

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.