-->
पर्यटन मौसममा टिस्टा रिभर राफ्टिङ बन्द हुने अवस्थामा हप्तादिनमा समस्या समाधान नगरिए आन्दोलन गर्नेछौँ – राफ्टिङ व्यवसायी

पर्यटन मौसममा टिस्टा रिभर राफ्टिङ बन्द हुने अवस्थामा हप्तादिनमा समस्या समाधान नगरिए आन्दोलन गर्नेछौँ – राफ्टिङ व्यवसायी

डी के वाइबा, कालिमन्युज, कालेबुङ 14 अक्टोबर 2014। बीस वर्षदेखि टिस्टा नदिमा राफ्टिङ व्यवसाय चलाउनेहरूले आगामी एक हप्ताभित्रमा राष्ट्रिय जलबिद्युत परियोजना (एनएचपीसी)ले क्षतिपुर्ती नदिए रम्फूदेखि सेवकसम्म टिस्टा नदीमा कुनै पनि उद्धार कार्य नगर्ने अल्टिमेटम दिएको छ।
साहसिक पर्यटनको रूपमा बिकशित टिस्टा रिभर राफ्टिङले अहिलेसम्म 31 ए राष्ट्रिय राजमार्ग टिस्टा नदिएमा कुनै पनि दुर्घटना भए निशुल्क उद्धार कार्यमा जुटेर समाजिक सेवा गर्दै आईरहेका छन्।
पर्यटनको समयमा टिस्टा नदीमा बाहिरबाट आएका पर्यटकहरूलाई राफ्टिङको आनन्द दिलाउँदै जीविका उपार्जन गरिरहेका राफ्टिङ व्यवसायीहरूले अहिले घरी पहाडमा पर्यटनको मौसम सुरू हुँदा समेत झिंगा धपाउँदै बस्न पर्ने अवस्था आइपरेको छ। जसको कारण साहसिक पर्यटनको रूपमा बिकशित टिस्टा रिभर राफ्टिङ बन्दको संकटमा पुगेको छ। विशेष गरेर टिस्टा नदीमा जलबिद्युत परियोजनाको निर्माणले राफ्टिङ व्यवसाय बन्दको मुखमा पुगेको राफ्टिङ व्यवसायिहरूको आरोप रहेको छ। बिशेष गरेर 27 माईल स्थित जलबिद्युत परियोजनाको निर्माण कार्यले टिस्टा रिभर राफ्टिङ पूर्णरूपले बाधित बन्न पुगेको छ।
27 माईल अनि सिक्किम राज्यमा निर्माण गरिएको जलबिद्युत परियोजनाहरूमा बारम्बार पानी रोक्ने कार्यले टिस्टाको जलस्तर पूर्णरूपले घटेको कारण रिभर राफ्टिङको आनन्द लिन पर्याटनहरू बञ्चित बन्न परिरहेको छ भने यता राफ्टिङ व्यवसाय चलाएर जीविका उपार्जन गर्नेहरूको भने हात मुख जोर्न हम्मे हम्मे अवस्था हुने गरेको छ। यस्तो हुनमा राफ्टिङ व्यवसायीहरूले एनएचपीसीलाई दोषी ठहराएको छ। राफ्टिङ व्यवसाय बन्द हुने अवस्थामा पुगे पछि आखिरमा उनीहरूले आज एनएचपीसीलाई एक हप्ताको समय दिँदै यदि राफ्टिङ व्यवसाय हप्तादिन भित्रमा चल्न नसके आगामी एकहप्ता पछि रम्फूदेखि सेवकसम्म कुनै पनि आपतकालको समय रिभर राफ्टिङको उद्धार टोलीले उद्धार कार्य नगर्ने अल्टिमेटम दिएको छ। यसका साथै यदि उक्त कार्य गर्दा पनि कुनै कार्वाही नभए टिस्टा रिभर राफ्टिङका कार्यकर्ताहरूले आगमी दिनहरूमा बृहत आन्दोलन गर्ने चेतावनी दिएको छ।
टिस्टा नदिमा रिभर राफ्टिङको व्यवसाय बन्दको मुखमा पुगेको कारण एनएचपीसी दोषी हो भन्दै यसको निम्ति एनएचपीसीले क्षतिपुर्ती दिनुपर्ने माग पनि गरेका छन्। यसक्रममा टिस्टा रङगित रिभर राफ्टिङ अनर एसोसिएसनका सदस्य सुरज छेत्रीले भविष्यमा सडकमा निस्केर धर्ना प्रदर्शन गर्नको निम्ति आफ्नो ज्यान गए पनि पर्वाह नगर्ने चेतावनी दिएको छ।
‘हामीले टिस्टा रिभर राफ्टिङको समस्याबरे धेरैचोटी एनएचपीसी अधिकारीवर्गलाई जानकारी गराइसकेका छौँ। यद्यपी उनीहरूले कुनै कार्वाही गरेको छैन। घरी घरी अधिकारीवर्गको बदली हुने कार्यले राफ्टिङ न त चल्न सकेको छ न त राफ्टिङ व्यवसायीहरूले कुनै क्षतिपुर्ति नै पाउन सकेको छ’ सुरज छेत्रीले भने।
यसबिषयमा एकाधिक एनएचपीसी, महकुमा अधिकारी अनि राफ्टिङ व्यवसारीहरूसंग बैठक हुँदा एनएचपीसीले क्षतिपुर्ती दिने कुरा गरे पनि आजसम्म क्षतिपुर्ती व्यहारिक रूपले पनि प्रदान नगरेको उनीहरूले अझ आरोप लगाएका छन्। ‘हाम्रो समस्याबारे एनएचपीसीले सकारात्मक पहल आजसम्म गरेको छैन। बीसवष देखि सञ्चालन हुँदै आएको राफ्टिङ व्यवसाय बन्द भए यसबाट धेरै परिवारहरू प्रभावित बन्नेछन्। यदि सकारात्मक पहल गर्दैन भने हामी भविष्यमा सडकमा निस्केर आन्दोलन गर्नेछौँ’ सुरज छेत्रीले अझ भने।
आजसम्म टिस्टा नदिमा भएको दुर्घटनाहरूमा राफ्टिङ व्यवसायीहरूले उद्धार गरे पनि अब उसो भने हप्तादिन भित्रमा समस्या समाधान नगरिए उद्धार कार्य पूर्णरूपले बन्द गर्ने अनि भविष्यमा अझ आन्दोलनलाई तिब्र पार्ने चेतावनी पनि राफ्टिङ व्यवसायीहरूले दिएका छन।

0 Response to "पर्यटन मौसममा टिस्टा रिभर राफ्टिङ बन्द हुने अवस्थामा हप्तादिनमा समस्या समाधान नगरिए आन्दोलन गर्नेछौँ – राफ्टिङ व्यवसायी"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.