जीटीएमा स्कूल सर्भिस कमिशन चाँडै सुरू हुने – गौतम घोष ... School service commision to start very soon in GTA
डी.के वाइबा, कालिमन्युज, कालेबुङ 25 सितम्बर। ‘केन्द्र सरकार, राज्यसरकार अनि गोजमुमो पार्टीमाझ भएको जीटीएको सम्झौता पत्रमा जीटीए क्षेत्रमा कलेज सर्भिस कमिसन अनि स्कूल सर्भिस कमिसन छुट्टै हुने लेखिएको छ। सम्झौता पत्रमा लेखिए पनि दुर्भाग्यवस उक्त कार्य व्यवहारिक रूपले आजसम्म हुन सकेको छैन। यसबारे हामीले कार्य गरिरहेका छौँ’ – उक्त कुरा जीटीएका मुख्य सचिव गौतम घोषले भनेका हुन्। उनी आज यहाँको क्लुनी महिला महाविद्यालयमा आयोजित एक कार्यक्रममा भाग लिन आइपुगेका थिए।
यस अवसरमा पत्रकारहरूसंग छुट्टै रूपले कुराकानी गर्दै मुख्य सचिव घोषले स्कूल सर्भिस कमिशनबारे सोधेको प्रश्नको जवाद दिएका हुन्। ‘कलेज सर्भिस कमिशन र स्कूल कमिसन जीटी क्षेत्रमा चाँडै लागुहोस भनेर अहिले प्राथमिक कार्य गरिसकेका छौँ। सम्भवता आगमी नोभेम्बर अथवा दिसम्बर महिना यो कार्यरूपमा लागु हुनेछ भन्ने आशा गरेका छौँ’ मुख्य सचिव घोषले अझ भने।
अर्कोतर्फ जीटीए बिभागमा कतिपय बिभागहरू हस्तान्तरण गरिएको छैन भन्ने बिषयमा तिनलाई प्रश्न गर्दा यसबारे अधिकांश बिभागहरू हस्तान्तरण गरिएको जानकारी गराए। ‘जीटीएमा धेरजसो बिभागहरू हस्तान्तरण भइसकेको छ। यद्यपी कतिपय जीटीएमा हस्तान्तरण भएकै बिभागहरूमा भने राज्य सरकारको हस्तक्षेप जारी छ। जीटीएले स्वयात्तरूपले कार्य गर्न चाहेको कारण राज्यको हस्तक्षेप स्वीकार गर्दैन। यसबिषयमा एकार्कामाझ कुराकानी कै माध्यमबाट समस्या समाधान गर्नु आवश्यक छ’ तिनले अझ भने।
अर्कोतर्फ कतिपय पक्षहरूमा जीटीए अनि राज्य सरकार दुवै लचिलो हुन आवश्यक रहेको पनि तिनले बताएका छन्। ‘क्षमता बिकेन्द्रिकरण कुरा सबैले गर्छ, तर वास्तवमा क्षमता बिकेन्द्रिकरण भएको कसैले चाहँदैन। यो मानव स्वभाव नै हो। यहाँ जीटीएलाई पूर्ण क्षमता दिनुपर्ने कुरा सम्झौता पत्रमा लेखिएको छ तर क्षमता दिने कार्य भएको छैन। यसमा राज्यसरकार अनि जीटीएको दुरत्वलाई मेटेर कार्य अघि बडाउँन अहिले साघुँको रूपमा कार्य गरिरहेको छु’ जीटीए मुख्य सचिव गौतम घोषले अझ भने।
0 Response to "जीटीएमा स्कूल सर्भिस कमिशन चाँडै सुरू हुने – गौतम घोष ... School service commision to start very soon in GTA"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.