मुख्यमन्त्री ममता ब्यानर्जीद्वारा बिभिन्न योजनाहरूको घोषणा
‘कालेबुङलाई सुन्दर राख्नुपर्छ। जथाभावी मैलाहरू थुप्रन दिनु हुँदैन। यसको निम्ति राज्य सरकारले मैला व्यवस्थापन कार्यको निम्ति 11 करोड रूपीया प्रदान गर्नेछ’ ममता ब्यानर्जीले भनिन्। यसका साथै कालेबुङ खण्ड1 गोरुबथान अनि खरसाङमा मार्केटिङ कम्पलेक्स निर्माण गरिने जसको लागत 3 करोड रुपियाँ हुने पनि बताईन्।
यसरी नै दार्जीलिङ जिल्ला अस्पतालमा सीसीयू सेवा शुरु भइसकेको अनि कालेबुङ महकुमा अस्पतालमा पनि चाँडै डायग्नेस्टिक सेन्टरको स्थापना गर्ने अनि फेयर प्राईस सप निर्माण गर्ने घोषणा गरिन्। उनले सरकारको योजनाहरूबारे घोषणा गर्ने क्रममा दार्जीलिङको पपर्यटन विकासलाई ध्यानमा राखेर एकसयवटा नयाँ ट्याक्सी शुरु गर्ने जसमध्ये 7 जना युवाहरूलाई आज आफ्नै हातबाट अफर लेटर पनि प्रदान गरिन।
लेप्चा समुदायका निम्ति आज पाँचसय लाभार्थीहरूलाई घर निर्माण गरिदिने घोषणा गर्दै 50 जना लाभार्थीहरूलाई चेक प्रदान गरियो। यसबाहेक लेप्चा समुदायले 46 वटा स्कूलमा लेप्चा भाषाको पठनपाठन शुरु गर्ने माग गरेकाले यी स्कूलहरूका निम्ति चाँडै प्यारा टिचर नियुक्त गरिने पनि उनले घोषण गरेकी छन्।
अर्कोतिर मुख्यमन्त्री ममता ब्यानर्जीले तामाङ डेभलपमेंट वोर्डलाई पनि 5 करोड रुपियाँको चेक प्रदान गरेकी छन्। यसका साथै लेप्चा वोर्डको प्रशासनिक भवन निर्माणको निम्ति 2.5 करोड रुपियाँ प्रदान गर्ने घोषणा गरिन्। यसक्रममा दार्जीलिङ जिल्लाभरीका कृषकहरूलाई किसान क्रेडिट कार्ड प्रदान, बहुमुखी विकास योजनाको उद्वोधन, 21 लेप्चा कलाकारहरूलाई पेन्सनको घोषणा, गिताञ्जली हाउजिङ स्किम अन्तर्गत 75 हजार रुपियाँ 417 परिवारलाई प्रदान गरिने उनले बताईन्। जसमध्ये आज 10 जना लाभार्थीहरूलाई पहिलो चरणको किस्ति स्वरूप 2 हजार 5 सय रुपियाँ प्रदान गरियो।
यसबाहेक अल्पसंख्यक बिद्यार्थीवर्गलाई अल्पसंख्यक बिभागबाट छात्रवृति 12 हजार 3 सय 50 जनालाई प्रदान गरिने घोषणा गर्दै 12 जना लाभार्थीहरूलाई मुख्यमन्त्रीकै बाहुलीबाट चेक वितरण गरियो। यसबाहेक कन्याश्री योजना अन्तर्गत 25 हजार रुपियाँ गरेर 47 जना लाभार्थी विद्यार्थीहरूलाई चेक प्रदान गरियो। यसका अतिरिक्त तकदाह इको टुरिजम सेन्टर अनि होमस्टे टुरिजम परियोजना लगायत अन्य परियोजनाहरू शुरु गर्ने बताएकी छन्।
अर्कोतर्फ लेप्चा डेभलपमेंट वोर्डका अध्यक्ष एलएस तामासाङ्ले सम्बोधन गर्दै "भारत स्वतन्त्र पश्चात यता लेप्चाहरूको दुखेसो बुझ्न कुनै पनि मुख्यमन्त्री पहाड नआएको बताउदै ममता ब्यानर्जीले मात्र लेप्चाहरूको सम्स्या बुझेको दाबी गरे। तिनले लेप्चा जातीको भाषा, साहित्य र संस्कृतिको बिकास गर्नुनै लेप्चा डेभलपमेंट बोर्डको मूल उदेश्य रहेको पनी बताए।
आजको कार्यक्रममा राज्यका ग़ृहसचिव वाशुदेव ब्यानर्जी, मुख्य सचिव सञ्जय मित्र, विधायक डा. हर्कबहादुर छेत्री, पद्मश्री सोनाम छिरिङ भोटिया, मन्त्री गौतम देव, जिल्लापाल पुनित यादव, तामाङ डेभलपमेंट बोर्डका ाध्यक्ष सञ्जय मोक्तान आदि विशेष रूपले उपस्थित रहेका थिए। कार्यक्रममा लिम्बु संगठन, किराँती खम्बु राई सांस्कृतिक संस्थान, भारतीय खस हितकारी सम्मेलन, शेर्पा संगठन, भोटिया, मुखिया, आदि जाति गोष्ठी संगठनका प्रतिनिधीवर्गको बिशेष उपस्थिति रहेको थियो।
0 Response to "मुख्यमन्त्री ममता ब्यानर्जीद्वारा बिभिन्न योजनाहरूको घोषणा"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.