-->
जनताको पैसा जनताको हितमा प्रयोग गरिनुपर्छ – ममता ब्यानर्जी

जनताको पैसा जनताको हितमा प्रयोग गरिनुपर्छ – ममता ब्यानर्जी

डी.के वाइबा, कालिमन्युज, कालेबुङ, 3 सितम्बर। ‘कतिपय मानिसहरू कामको कुरा गर्छन् तर काम भने गर्दैनन्। यहाँ लेप्चाहरूको सानो बोर्डले गरेको काम हेरेर शिक्षा लिनुपर्छ। सरकारले दिएको पैसा ठिकसित प्रयोग गर्नुपर्छ। यो पैसा जनताकै बिभिन्न करहरूबाट उठेको हो। जनताको पैसा जनताकै हितमा प्रयोग गर्नुपर्छ’ उक्त कुरा बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीले भनेकी हुन्। 
यहाँको डा ग्राह्म होम्स नजिक रोनाल्डसे पार्कमा मायलल्याङ लेप्चा डेभलपमेंट बोर्डको तेस्रो स्थापना दिवस समारोहमा मुख्य अतिथिका रूपमा उपस्थित बनेकी मुख्य मन्त्री ममता ब्यानर्जीले उक्त बयान दार्जीलिङ पहाडका सत्तासिन राजनैतिक दल गोजमुमो प्रति संकेत गर्दै भनेकी हुन्। यद्यपी उनले आफ्नो सम्बोधनमा जीटीए एंव गोजमुमो पार्टीको नाउँ भने उच्चारण समेत गरेननन्। 
मुख्यमन्त्री ममता ब्यानर्जीले सम्बोधन गर्ने क्रममा लेप्चा डेभलपमेंट वोर्डले काम गरेर देखाएको दाबी गरे। लेप्चा डेभलपमेंटले खुबै ईमान्दारसंग कार्य गरेको बताउँदै उनीहरूको कार्य हेरेर थप सरकारले एक हजार घर निर्माण गर्ने धनराशी प्रदान गरेको पनि ब्यानर्जीले बताईन्। उक्त कार्य पनि राम्रो गरे थप घर निर्माणको निम्ति राज्यले सहयोग गर्ने उनले घोषणा गरिन्। “राज्य सरकार लेप्चा डेभलपमेंट बोर्डको कार्यप्रति अत्यन्तै खुशी छ। लेप्चाहरूको स्वर्निम भविष्यको हामी कामना गर्छौँ। यहाँ तपाईँहरूसंग मेरो सम्बन्ध बनेको छ। जबसम्म म बाँच्नेछु तबसम्म पहाड आईरहनेछु’ मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्। उनले सम्बोधनको क्रममा माकपा सरकारले राज्य सरकारलाई बाँकीमा डुबाएको आरोप लगाउँदै राज्य सरकारको धेरजसो पैसा केन्द्र सरकारले लान्छ भनि आरोप लगाए। यद्यपी आफूहरूले राज्यवासीको हितमा केही सृजनात्मक कार्य गर्ने प्रयास गरिरहेको दाबी गरिन्। 
उनले पहाडको सुन्दरताको निम्ति यहाँको झोडा नालाहरूको संरक्षण गरे यसले भविश्यमा धेरै फाइदा दिने पनि बताइन्। उनले लेप्चाहरूको सर्वाङ्गीन बिकासको निम्ति राज्य सरकार तयार रहेको बताउदै एकाधिक लेप्चाहरूका निम्ति योजनाहरू दिने बताईन।
‘लेप्चा भाषामा शिक्षा प्रदान गर्न चाँडै प्यारा टिचर नियुक्ति गरिनेछ। लेप्चा हेरिटेज निर्माणको निम्ति जमिन उपल्ब्ध भए हेरिटेज पनि निर्माण गरिनेछ; ममता ब्यानर्जीले भनिन्। उनले यस अवधी पहाडका झोडाहरूलाई संरक्षण अनि सुन्दरीकरण गर्नको निम्ति राज्य सरकारले कार्य गर्ने घोषणा गरिन्। यसको निम्ति स्थानीय मानिसहरूलाई लिएर एक कमिटी तयार गर्ने अनि पछिबाट ठूलो कारखाना बसाउनसक्ने योजना सरकारको रहेको कुरा सार्वजनिक गरिन्। 
यसैक्रममा उनले यहाँको पर्यटन विकासका निम्ति धेरै काम गर्नुपर्ने भएकाले राज्य सरकारले धेरैवटा परियोजना हातमा लिएको बताइन्। 
यसअवधि पहाडका 11 वटा जातीगोष्ठीलाई जनजातिको मर्यादा प्रदान गर्न राज्य सरकारले अघिबाटै केन्द्र सरकारलाई पत्राचार गरिसकेको जनाइन्। विशेष गरी आजको कार्यक्रममा विभिन्न जातगोष्ठीका प्रतिनिधिहरूको उपस्थितिलाई केन्द्र गर्दै लेप्चा अनि तामाङ विकास वोर्ड सरह अन्य समुदायले पनि विकास वोर्डको माग गरिरहेको उल्लेख गर्दै भनिन्, सबैलाई वोर्ड दिन सम्भव हुँदैन। तर उनीहरूका निम्ति पनि स्थायी सामाधान निकाल्न जरुरी रहेको अनि यसको निम्ति विकल्प निकाल्ने प्रतिश्रुति तिनले दिइन्।

Related Posts

0 Response to "जनताको पैसा जनताको हितमा प्रयोग गरिनुपर्छ – ममता ब्यानर्जी"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.