-->
भागोपलाई फुटाउने सुनियोजित षडयन्त्र हुँदैछ – आर मोक्तान

भागोपलाई फुटाउने सुनियोजित षडयन्त्र हुँदैछ – आर मोक्तान

डी.के वाइबा, कालिमन्युज, कालेबुङ, 23 सितम्बर। "भारतीय गोर्खा परिसंघ (भागोप)लाई फुटाउने सुनियोजित षडयन्त्र चलिरहेको छ। भागोपलाई निष्क्रिय राखेर यसको अस्तित्व नै मेटाउने सुनियोजित षडयन्त्र उनीहरूका निम्ति केवल दिवा स्वप्न मात्र हुनेछ" उक्त कुरा भागोप राष्ट्रिय प्रवक्ता आर मोक्तानले भनेका हुन्। 
भागोप भित्र नेतृत्ववर्गलाई लिएर चलेको विवादवारे राष्ट्रिय प्रवक्ता आर मोक्तानले आज यहाँको भागोप कार्यलयमा एउटा पत्रकार सम्मेलन डाकेर स्पष्टिकरण् दिएका छन। 
संगठन भित्र चलिरहेको विवाद वास्तवमा कुनै विवाद नरहेको दाबी गर्दै यसलाई कतिपय व्यक्तिहरूले विवादका रूपमा अनावश्यक बडाईरहेको पनि मोक्तानले दाबी गरेका छन्। 
"भागोपमा विवाद छैन। हामी संगठनको कुरालाई विवादको रूपमा लिदैनौँ। मतभिन्नता हुनु स्वभाविक हो तर यसलाई विवाद भन्नु हुँदैन। यसलाई सांगठनिक रूपमा समाधान गरिने कार्य हुनेछ। यद्यपी यस्ता स-सानो मतभिन्नताको कुरालाई विवादको रूप दिनु सुनियोजित कार्य हो" आर मोक्तानले स्पष्ट भने।
बिशेष गरेर केही दिन यता भारतीय गोर्खाहरूको एकमात्र बृहत राष्ट्रिय स्तरको अराजनैतिक संगठनका रूपमा स्थापित भागोप भित्र नेतृत्ववर्गलाई लिएर विवाद चलिरहेको चर्चा समाचारहरूमा आइरहेको छ। संगठनभित्र चलिरहेको विवादबारे समाचार प्रकाशित भएपछि आखिरमा राष्ट्रिय प्रवक्ता आर मोक्तानले पत्रकार सम्मेलन डाकेर नै स्पष्टिकरण दिएका हुन्।
पत्रकार सम्मेलन डाकेर उनले लिखित प्रेस बिज्ञाप्ति जारी गर्दै "संगठनमा बैचारिक मतभिन्नता आउनु प्रजातान्त्रिक संस्कृति हो" भनि दाबी गरेका छन्। यसक्रममा तिनले यस्ता मतभिन्नताहरूबारे संगठभित्रै निवारण गरिने कार्य भएको पनि दाबी गरे। संगठनको कार्यलाई अघि बडाउँन केन्द्रिय कार्यकारी समितिका भारप्राप्त सदस्यहरूको सक्रियता आवश्यक् हुने भए पनि भारप्राप्त सदस्यहरू सक्रिय नरहे उनीहरूको स्थानमा सक्रिय सदस्यहरूलाई लिएर अघि बडन आवश्यक रहेको पनि मोक्तानले बताएका छन्।
"भारप्राप्त सदस्यहरू सक्रिय नरहे उनीहरूलाई संगठनले फेरबदल गर्ने अधिकार राष्ट्रिय अध्यक्षलाई दिएको छ। राष्ट्रिय अध्यक्षलाई 2012मा देहरादूनमा सम्पन्न भएको सभामा नै उक्त अधिकार दिइएको हो। सभामा आज बाहिरबाट जसले राष्ट्रिय अध्यक्षले मनपरी गरेको आरोप लगाउँदैछन् उनीहरू पनि थिए" मोक्तानले भने। 
तिनले भागोपलाई सक्रिय राख्न आफूहरूले कार्य गरिरहेको दाबी गर्दै राष्ट्रिय अध्यक्ष रेभरेण्ड् डा एनोसदास प्रधानमाथी लगाइएका सम्पूर्ण आरोपहरू निराधार रहेको दाबी समेत गरे। राष्ट्रिय कार्यकारी सभामा उपस्थित रहेर निस्क्रिय रहेकाहरूलाई सर्वसहमतिले फेरबदल गर्न सक्ने अधिकार राष्ट्रिय अध्यक्षलाई प्रदान गरेर यता फेरबदल गर्दा चाहीँ हैकमवादी नीति अप्नायो भन्नु निराधार आरोप मात्र हो " मोक्तानले भने। 
एकातिर सभामा समर्थन गर्नु अनि अर्कोतर्फ सभाबाट बाहिर निस्केर बिरोध गर्नु सुनियोजित षडयन्त्र हुनसक्ने तिनले आशंका व्यक्त गरे। आफूहरूले भागोपलाई सधै सकारात्मक कार्यको निम्ति सक्रिय राख्न चाहेको तर कतिपय भागोप भित्रकै व्यक्तिहरूले पनि भागोपलाई मार्ने प्रयास गरिरहेको पनि तिनले आरोप लगाए। यद्यपी भागोपलाई मार्ने कार्य कसले गर्दैछन् भन्ने कुराको सार्बजनिक भने तिनले गरेनन्।
भागोपलाई अहिलेघरी बदनाम गर्ने कार्य चलिरहेको पनि यसलाई जीवित राख्ने प्रतिबद्धता तिनले जाहिर गरे। यसक्रममा भागोपले कुन कुन सदस्यहरूलाई पदबाट फेरबदल गरिएको छ ? भनि प्रश्न गर्दा तिनले अरूण उपाध्याय, सी.पी. गिरी, प्रविण खालिङ आदिलाई पदबाट फेरबदल गरिएको तर संगठनबाट निष्काशित भने नगरिएको स्पष्ट पारे। उक्त कार्य देहरादूनको सभामा पारित प्रस्तावकै आधारमा गरिएको तिनले थप जानकारी गराए। 
गत लोकसभा चुनावमा निर्दलिय प्रार्थी डा महेन्द्र पी लामालाई भागोपले समर्थन गरेको राष्ट्रिय अध्यक्षले एकल निर्णय गरेको आरोप पनि लागेको छ। यस बिषयमा पनि प्रवक्ता आर मोक्तानले स्पष्टिकरण दिएका छन्। 
"कुनै पनि राज्यको अथवा क्षेत्रको समस्याबारे यदि क्षेत्रका प्रार्थीले समस्यालाई उठान गर्छ भने भागोपले उक्त प्रार्थीलाई समर्थन गर्न सक्छ भन्ने प्रस्ताव पनि पारित गरिएको छ। सोही पारित प्रस्तावकै अनुसार हामीले डा महेन्द्र पी लामालाई समर्थन गरेका हौँ। पश्चिम बङ्गाल राज्यका भागोपले क्षेत्रका समस्या क्षेत्रिय प्रार्थी डा लामाले उठान गरेको कारण उनलाई समर्थन गरिएको हो। यसमा कुनै विवादको कुरा छैन" आर मोक्तानले स्पष्ट पार्दै भने। 
संगठनमा लोकसभा चुनाव पछि आन्तरिक विवादहरूबारे केही महिना अघि मात्र दिल्लीमा सम्पन्न सभामा सम्पूर्ण छलफल गरिएको तिनले जानकारी गराउँदै अहिले विवादको कुरा केवल भागोपलाई निमिट्यान्न पार्ने तत्वहरूको दिवास्वप्न मात्र हुन् भनि तिनले आरोप लगाए।
अर्कोतिर भागोपमा चलिरहेको विवादबारे अर्का राष्ट्रिय प्रवक्ता जोएल राईले पनि आफ्नो प्रतिक्रिया दिएका छन्। समाचारमा राष्ट्रिय अध्यक्ष रेभरेण्ड् डा एनोसदास प्रधानको बिरोध तिनले पनि गरेको नाउँ उल्लेख रहेकोमा आश्चर्य व्यक्त गर्दै भने "मेरो नाउँ समाचारमा कसरी आयो छक्क परिरहेको छु "। 
आफ्नो प्रतिक्रिया व्यक्त गर्दै जोएल राईले भने राष्ट्रिय संगठन भागोप भित्र धेरै बिचारधारा भएका व्यक्तिहरू छन| उनीहरूले आफ्ना बिभिन्न बिचारहरू राख्छन्। वास्तवमा यो नै गणतन्त्रको उदाहरण पनि हो। यो संगठन भित्रको आन्तरिक मामिला हो। यसको तात्पर्य यस बिषयहरूमा जनताको माझमा चर्चा गर्नु होइन। यहीँ बिषयहरूम्म भागोपको 14 सितम्बरको दिन दिल्लीमा सभा सम्पन्न भइसकेको छ अनि समस्याहरू सभामा चर्चा गरेर समाधान पनि गरिएको छ"
आफ्नो व्यवासायिक कार्यले गर्दा भागोपमा कार्य गर्न अनुमति नरहेको कारण भागोप राष्ट्रिय अध्यक्षलाई आफूले पदबाट राजीनामा पत्र लेखेको जानकारी गराउँदै आफूलाई भागोपले पदभारबाट केही राहत दिएको अनि आफूले दिनसक्ने समय संगठनलाई दिन सक्ने भएको कारण उक्त राजीनामा पत्र फिर्ता लिइसकेको पनि भागोप राष्ट्रिय प्रवक्ता जोएल राईले जनाएका छन्। 

0 Response to "भागोपलाई फुटाउने सुनियोजित षडयन्त्र हुँदैछ – आर मोक्तान"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.