-->
मधु चिया बगानका श्रमीकहरुद्वारा बोनसको  निम्ति घेराउ

मधु चिया बगानका श्रमीकहरुद्वारा बोनसको निम्ति घेराउ

राजेश शर्मा, कालिमन्युज, जयगांउ 23 सितम्बर । जति जति दुर्गा पुजा वा काली पुजा नजिक आइरहेछ त्यतिनै चिया बगानका गरिब मजदुर अनि मालिकहरुको समस्या प्रति बर्ष बडीरहेकोछ । दशै कसरी मनाउने, केले टाल्ने हो भन्ने मजदुरहरुको समस्या छ भने मालिकलाई अब मजदुरहरुले कति मांग्ने हो र कोष कति रित्तिने हो भन्ने चिंता आ-आफ्नै ढंगको छ, गधालाई गधाको भारी घोडालाई घोडाको भने जस्तो। 
यसै सिलसिलामा आज मधु चिया बगानका मजदुर एंव मालिक् पक्ष बीच तनाव सृष्टि भयो। आज कालचिनि ब्लक क्षेत्रको मधु चिया बगानका श्रमीकहरुले बोनसको निम्ति बगान मालिकको घर घेराउ गरे। 
मजदुरहरुले दशै या पुजा बोनसकै भरमा मनाउने चलन चलिआएकोछ कारन उनिहरुको अर्को कुनै आयश्रोत छदैछैन।  यसको निम्ति मालिकले कति दिन्छन त्यसैमा भर पर्छ उनिहरुको दशै। यसरीनै चल्ने यो एउटा चलन नै भएर आएकोछ । 
आज मधु चिया बगानका वर्तमान मालिक् गोपाल गोयलको घर बिहान 10 बजेदेखि 1 बजे घेराउ गरेर मजदुरहरुले बोनसको माग गरे । तनाव तब सृष्टि भयो जब मालिकले प्रतिश्रुति दिएका 12 प्रतिसत बोनसको साटो 6 प्रतिशत बोनस दिने घोषणा भएको कुरा मजदुरहरुले सुने। 
केहि दिन अघि मात्रै गरेको घोषणा पछि हठात 6 प्रतिशत बोनस घटेको सुन्न साथ मजदुरहरु उत्तेजित भए अनि त्यसपछि घेराउ गरे। 
यस सम्वन्धमा मधु चिया बगानको पक्षमा म्यानेजर असिम मुजुमदारले बताए कि मालिकको आदेश यो थियो कि यस 12 प्रतिशत बोनसलाई 2 किस्तिमा अर्थात 6-6 प्रतिशत गरेर दिइनेछ तर मजदुरहरु यो मान्न राजि थिएनन जसको कारण आफ्नो असहमति जनाउन उनिहरुले मालिकको घर घेराउ गरे। 3 घण्टा घर घेराउ गरे ता पनि यसको कुनै निष्कर्स भने निस्कन सकेन।

0 Response to "मधु चिया बगानका श्रमीकहरुद्वारा बोनसको निम्ति घेराउ "

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.