
इबोला विषाणु सम्बन्धी जानकारी

- जेनस इबोला विषाणु फिलोविरिडी परिवारको तीन सदस्यमध्ये एउटा हो। यस वंशमा अन्य दुइ सदस्यको नाम जेनस मारवर्ग अनि क्यूबे विषाणु रहेको छ। जेनस इबोला विषाणु पाँचवटा विशिष्ट प्रजातिबाट निर्मित छ:
१. बुण्डीबुगीबोला भाइरस (बीडीबीभी)
२. जायरे इबोला भाइरस (इबीओभी)
३. रेस्टर्न इबोला भाइरस (आरईएसटीभी)
४. सुडान इबोला भाइरस (एसयुडीभी)
५. ताई फोरेस्ट इबोला भाइरस (टीएएफभी)
- १८ मई, २०१४ सम्म गिनीको स्वास्थ्य मन्त्रालयले इबोला विषाणु वा भाइरस सङ्क्रमणको कूल २५३ मामिलाबारे जानकारी दिएको थियो जसमध्ये १७६ मृत्यु मामिलामा मृत्यु सामेल रहेको थियो। यस बिमारीको मामिला अनि मृत्यु तथा बिमारीबाट ग्रस्त देशबारे ताजा आँकडाको जानकारी विश्व स्वास्थ्य सङ्गठनको वेबसाइटमा हेर्नसकिन्छ।
सङ्क्रमण
- मानवदेखि मानवमा सङ्क्रमण : सङ्क्रमण सोझो सम्पर्कको परिणामस्वरूप हुने गर्दछ (यो च्यातिएका-घाउ बनेका छालाको कारण पनि हुनसक्दछ। रक्त स्राव, अङ्गहरू अथवा सङ्क्रमित मानिसहरूको शारीरिक अङ्गको स्राव तथा परोक्ष सम्पर्कका कारण पनि यो हुनसक्छ। सङ्क्रमित स्रावको कारण पनि यो विषाणु फैलिन सक्छ। बिमारीहरूको उपचार गर्नुको कारण स्वास्थ्यकर्मी प्रायः सङ्क्रमित हुनपुगेको पत्तो लागेको थियो भने उनीहरूमा ईभीडीको पुष्टि भएको थियो।
- यो विषाणु सङ्क्रमित व्यक्तिको वीर्यबाट पनि फैलिन सक्छ, यदि सङ्क्रमणकारी व्यक्ति सात हप्ताभन्दा कम्ति समयअघि मात्र रोगमुक्त भएका छन् भने।
- स्वास्थ्यकर्मीहरू प्रायः बिमारीको उपचार गर्दा सन्दिग्ध ईभीडी पुष्टि भएका बिमारीहरूको उपचारको समय यसबाट सङ्क्रमित हुन पुग्दछन् पूर्ण सतर्कता पालन नगरी बिमारीहरूसँग घनिष्ट सम्पर्क हुन जाँदछ।
- जो मानिस यस बिमारीले लामो समयदेखि सङ्क्रमित हुँदछन्, तिनीहरूको रक्त अनि स्रावहरूबाट यो विषाणु फैलिन्छ। सङ्क्रमित व्यक्तिको वीर्यमा इबोला ६१ दिनपछि पनि प्रयोगशालामा जाँच गर्दा जीवित पाइएको थियो।
चिन्ह अनि लक्षण
- इभीडी एउटा गम्भीर बिमारी हो र यसको निम्नलिखित लक्षण एकाएक प्रकट हुँदछ :
- ज्वरो,
- अत्यधिक कमजोरी,
- मासपेशीहरू कटकटी दुख्ने
- टाउको दुख्ने,
- गला खराब हुने
- उल्टी
- झाडा-पखाला
- शरीरभरी डाम बस्ने
- सङ्क्रमित किडनी अनि सङ्क्रमित लिभर तथा
- केही मामिलामा आन्तरिक अनि बाह्य दुवै प्रकारको रक्त स्राव
- प्रयोगशालामा जाँच गर्दा रक्तमा श्वेत प्रकोष्ठ अनि प्लेटलेट गन्ती तथा सामान्यभन्दा धेरै लिभर एञ्जाइम्स पाइएको थियो।
- सङ्क्रमण अवधि: २ देखि २१ दिन
ईबीभीडीको परिभाषा
सन्दिग्ध (क्लिनिकल) मामिला:
- जब कुनै व्यक्ति यस बिमारीबाट सङ्क्रमित हुँदछन्, अर्थात् तिनलाई यो बिमारी लाग्दछ, तब पहिलो सन्दिग्ध लक्षणको रूपमा ज्वरो आउँदछ। त्यसमा रक्त स्रावको लक्षण जस्तै, गिजाबाट खून आउनु, नाथ्री फुट्नु, आँखा रातो हुनु बिमारीको लक्षण हो। यसका साथै जीउभरी रातो डाम उठ्नु, टट्टीमा खून आउनु अथवा कालो रङको टट्टी आउनु वा खूनको उल्टी हुनु आदि लक्षण देखिन्छ। इबीभीडीको मामिलाबारे कुनै सत्यापित सम्पर्क हुनैपर्छ भन्ने केही छैन।
- सम्भावित मामिला (रक्त स्रावरहित वा सहित):
- कुनै बिमारीसँग (जिउँदो वा मुर्दा), जसको यस्ता व्यक्तिसित सम्पर्क भएको थियो, जो इएचएफको क्लिनिकल हो र जसलाई ज्वरो आएको छ। अथवा
- कुनै बिमारी (जिउँदो वा मुर्दा), जसमा तेज ज्वरोका साथ निम्नलिखितमध्ये तीन वा धेरै लक्षण देखिए, टाउको दुख्नु, उल्टी आउनु, भोक नलाग्नु, झाडा-पखाला लाग्नु, थकान महसुस हुनु, भुँडी दुख्नु, सामान्य मासपेशी अथवा जोर्नीहरू कटकटी दुख्नु, निल्न अप्ठ्यारो हुनु, सास लिन गाह्रो पर्नु, बाडुली लागिरहनु। अथवा
यस्तो मृत्यु जसको कारण स्पष्ट भएको छैन
- जहाँसम्म यस बिमारीको लक्षण प्रकाशमा आउनु र त्यसमाथि नियन्त्रणको प्रश्न छ, सन्दिग्ध मामिला अनि सम्भावित मामिलामा फरक वास्तवमा सापेक्ष रूपले महत्त्वपूर्ण छ।
सम्पर्क ः कुनै बिमारी जसमा लक्षण नदेखिए पनि त्यस्ता व्यक्तिसँग गत तीन हप्ताको अवधिमा शारीरिक सम्पर्कमा आएका छन्। शारीरिक सम्पर्क पक्का वा सन्दिग्ध पनि हुनसक्छ (हुनसक्छ, तिनी सङ्क्रमित व्यक्तिसँग एउटै कमरा वा पलङमा सुतेको हुनसक्छ, अथवा सङ्क्रमित व्यक्तिको अङ्गको स्राव छोएका थिए वा नजिकबाट त्यस्ता बिमारीको अन्त्येष्टिमा भेग लिएका थिए (अर्थात् शवको शारीरिक सम्पर्कमा आएका थिए)।
त्यस्तो मामिला जसको पुष्टि भइसकेको छ :
- यस्तो सन्दिग्ध मामिला जसको प्रयोगशालामा पुष्टि भइसकेको छ (पोजिटिभ आइजीएम एन्टीबडी, पोजिटिभ पीसीआर अथवा भाइरल आइसोलेशन)
परीक्षण
- ईभीडी परीक्षणभन्दा पहिले जुन अन्य बिमारीको सम्भावना हुनु हुने थिएन। यसमा सामेल हुनसक्छ, मलेरिया, टाइफोयड ज्वरो, शिगालोसिस, हैजा, लेप्टोसपिरोसिस, महामाारी, रिकेटसिओसिस, रिल्याप्सिङ फीभर, मस्तिष्क ज्वरो, हेपाटाइटिस अनि अन्य रक्तस्रावबाट हुने ज्वरो।
- इबोला विषाणुको सङ्क्रणको जाँच विभिन्न प्रकारको प्रयोगशाला जाँचको माध्यमद्वारा निश्चित रूपमा गर्नसकिन्छ।
- एन्टीबडी क्याप्चर एञ्जाइमसित सम्बन्धित इम्युनोसारबेन्ट एसे (एलिसा)
- एन्टीजेन डिटेक्शन टेस्ट
- सिरम न्युट्रलाइजेशन टेस्ट
- रिभर्स ट्रान्सक्रिप्टेज पोलीमेरेज चेन रिएक्शन (आरटी - पीसीआर) एसए
- इलेक्टन माइक्रोस्कोपी
- सेल कल्चरको माध्यमद्वारा भाइरस आइसोलेशन
- बिमारीमा पाइने लक्षण अति नै धेरै जैव नोक्सानीको जोखिमयुक्त हुँदछ। परीक्षण, अधिकतम जैविक निवारण (कन्टेनमेन्ट) परिस्थितिमा टेस्ट गर्नुपर्दछ।
निवारण अनि नियन्त्रण
इबोला विषाणुको सङ्क्रणको खतरा अनि यसबाट कसरी जोगिने
- सार्वजनिक स्थानमा त्यस्ता व्यक्तिसँग संक्षिप्त सम्पर्क, जुन सङ्क्रमित छैनन्, त्यस्तोमा इबोला विषाणुले सङ्क्रमण गर्नसक्दैन। पैसा, वस्तुहरूको लेनदेन गर्दा अथवा एउटै तरणतालमा तैरिँदा इबोला सङ्क्रमण हुँदैन। मच्छरबाट पनि इबोला विषाणु फैलिँदैन।
- इबोला विषाणु साबुन, ब्लीच, चर्को घाम अथवा घाममा सुकाउनाले सजिलै समाप्त हुँदछ। इबोला विषाणु घाममा सुकाइएको कुनै पनि वस्तुमा वा यस्तो सतहमा केवल केही समयसम्म जिउँदो रहनसक्दछ।
मानिसहरूमा इबोला सङ्क्रणको जोखिम अनि त्यसलाई कम्ति गर्ने उपाय
- कारगर उपचार अनि मानव टीकाको अभावमा इबोला सङ्क्रमणसित सम्बन्धित खतरा अनि व्यक्ति विशेषद्वारा उठाइनुपर्ने सुरक्षात्मक कदमबारे जागरूकता पैदा गर्नु नै मानव सङ्क्रण अनि मृत्यु घटाउने एकमात्र कारगर उपाय हो।
- सङ्क्रमित चमेरा वा बाँदर अनि लङ्गुरसँग सम्पर्कमा आए वा तिनीहरूको काँचो मासु सेवन नगरेर जनावर अनि मानव सम्पर्कबाट सङ्क्रमणको जोखिम घटाउनु। जनावरको सम्पर्कमा आउनुपर्ने स्थितिमा पञ्जा वा अन्य उपयुक्त सुरक्षात्मक कपडा उपयोग गर्नुपर्दछ। पशु उत्पाद (रगत अनि मासु) सेवन गर्नुअघि राम्ररी पकाउनु पर्दछ।
- समुदायमा सङ्क्रमित बिमारी, विशेष गरी तिनको शरीरको द्रव्यसँग प्रत्यक्ष वा नजिकबाट सम्पर्कको कारण सिर्जना हुने मानवबाट मानव सङ्क्रमणको जोखिम घटाउनु। इबोलाका रोगीसँग नजिकबाट शारीरिक सम्पर्कबाट जोगिनुपर्दछ। घरमा बिमारीको हेरचाह गर्दा पञ्जाका साथै उपयुक्त व्यक्तिगत सुरक्षात्मत उपकरण धारण गर्नुपर्दछ र जैव सुरक्षा दिशानिर्देश अनुरूप उपयोगपछि त्यसलाई सही तरिकाले टुङ्गो लगाउनु पर्दछ। अस्पतालमा भर्ती अनि घरमा रहेका बिमारीको हेरचा गरेपछि नियमित रूपमा हात धुनुपर्दछ। - मृत रोगीको अन्त्येष्टि पनि जैवसुरक्षा सावधानीका साथ गर्नुपर्दछ।
स्वास्थ्य स्याहारको समय सङ्क्रमणमाथि नियन्त्रण
- इबोला विषाणुको मानवबाट मानव सङ्क्रमण मुख्यरूपमा रक्र अनि द्रव्यका साथ प्रत्यक्ष अनि अप्रत्यक्ष सम्पर्कसित जोडिएको छ। उपयुक्त सङ्क्रमण उपया पालन नगर्दा स्वास्थ्य हेरचाह गर्ने कार्यकर्ताहरूमा पनि सङ्क्रमणका घटना प्रकाशमा आएको थियो।
- इबोला विषाणुग्रस्त बिमारीहरूको पहिचान गर्न सधैं सम्भव हुनसक्दैन किनभने प्रारम्भिक लक्षण अति विशिष्ट हुने गर्दैन। यसैले स्वास्थ्य स्याहार गर्नेहरू कार्यकर्ताहरूले हरपल, हरेक कार्यस्थलमा, हरेक बिमारी, चाहे तिनको पडताल भइसकेको होस् वा नहोस्, तिनीहरूसित नियमित रूपमा मानक सावधानी अनुपालन गर्नुपर्दछ। यसमा मूलभूत हस्त स्वच्छना वा हातको साफसफाई, सास सम्बन्धी स्वच्छता,
व्यक्तिगत सुरक्षात्मक उपकरण (द्रव्यको बाछिटा लाग्ने जोखिम वा सङ्क्रमित सामग्रीका साथ अन्य प्रकारले सम्पर्कमा आउने सम्भावना) उपयोग गर्नु, सियो लगाउन सुरक्षित प्रचलन अनि मृत्युपछि सङ्क्रमित रोगीहरूलाई सुरक्षित रूपमा दफन वा दाह संस्कार गर्नु।
- सन्दिग्ध इबोला विषाणुको पुष्टि भइसकेका रोगीहरूको स्याहार सुसार गर्ने स्वास्थ्य कार्यकर्ताहरूले अन्य मानक सावधानीका अतिरिक्त, बिमारीहरूको रक्त अनि शरीरको द्रव्यसँग कुनै संसर्ग अनि सम्भावित प्रदूषित वातावरणसँग प्रत्यक्ष असुरक्षित सम्पर्कबाट बाँच्नका लागि अनय् सङ्क्रमण नियन्त्रण उपाय गर्नुपर्दछ। इबोला विषाणुबाट सङ्क्रमित रोगीहरूसँग नजिकको सम्पर्कमा (एक मिटरको दूरीभित्र) आउने स्वास्थ्य कार्यकर्ताहरूले अनुहार ढाक्ने ढाल (मुखौटो वा मेडिकल मास्क अनि चश्मा), एउटा सफा जीवाणुरहित लामो वस्तु अनि पञ्जा (केही प्रक्रियाका लागि जीवाणुरहित पञ्जा) लगाउनु पर्दछ।
- प्रयोगशालामा काम गर्ने कार्यकर्ताहरू, जो जोखिमको परिधिमा रहन्छन्, तिनीहरूले सन्दिग्ध मानव अनि पसु इबोला मामिलाको जाँच-परीक्षणका लगिएको नमूनाको जाँच प्रशिक्षित कर्मचारीद्वारा गराउनु पर्दछ भने उपयुक्त रूपमा सुसज्जित प्रयोगशालामा तिनीहरूको परिशोधन गरिनुपर्दछ।
सौजन्य र प्रकाशन: पत्र सूचना कार्यालय, भारत सरकार, गान्तोक,
0 Response to "इबोला विषाणु सम्बन्धी जानकारी"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.