-->
‘सनकी समय’को लोकार्पण

‘सनकी समय’को लोकार्पण

डी के वाइबा, कालिमन्युज, कालेबुङ, 24 अगस्त। छोटो समयमा चर्चित बनेका कालेबुङका युवा कवि प्रदिप लोहागणको आईतबार “सनकी समय” कविता सङ्ग्रहको बिधिवत लोकार्पण गरियो। यहाँको कन्या उच्चतर माध्यमिक बिद्यालयको प्रेक्षा गृहमा सम्पन्न भएको कार्यक्रममा कवि मनोज वोगटी, मिङ लिवाङ अनि राजा पुनियानीको बाहुलीबाट उक्त पुस्तक लोकार्पण गरिएको हो। 
याम्बुरी बुक पोईन्ट काठमाण्डौले प्रकाशित गरिएको उक्त ‘सनकी समय’ कविता सङ्ग्रहको लोकार्पण कार्यक्रम एंव कविगोष्ठिमा दार्जीलिङ, सिक्किम, सिलगडी, मङ्पू लगायत कालेबुङका कवि साहित्यकारहरूको उपस्थिति रहेको थियो।
चरित्र प्रकाशन अनि सडक कविता समहूको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा युवा कवि मनोज बोगटीले ‘सनकी समय’ एंव कवि प्रदिप लोहागुणको काव्य प्रवृत्ति माथी वार्ता राखेका थिए। “प्रदिप लोहागुण अहिलेका एक शसक्त कवि हुन्। उनका कविताहरूमा अहिलेका अराजक समाजको चरित्र काव्यको माध्यमबाट उद्घाटन गरिएको छ। कवितामा समय चेत पाइन्छ। गोर्खा आदिवासी समुदायका सामाजिक बिम्बहरूले कवितालाई धनी बनाएको छ” कवि मनोज बोगटीले भने। तिनले कवि लोहागुणका कविताको विचारको केन्द्रमा समाजिक रूपान्तरण र पुर्नस्थापन रहेको बताउँदै उक्त कविता सङ्ग्रह शक्तिकेन्द्र र सत्ताको विपक्षमा उभिएका बताए। 
सोहीक्रममा यता कार्यक्रममा बोल्दै युवा कवि राजा पुनियानीले वर्तमान भारतेली नेपाली कविता लेखन सन्दर्भमा आफ्ना विचार राखेका थिए। “अहिलेका कविताहरू औजारहरूको आवाज हो। दबिएका, हेपिएका अनि समाजमा उपेक्षित बनेकाहरूको आवाज नै कविताको मूल आवाज हो” राजा पुनियाले भने। 
कार्यक्रमको दोस्रो चरणमा कवि गोष्ठीको आयोजना गरिएको थियो। जसमा स्थापित कविहरू राजा पुनियानी, सुधिर छेत्री, छेवाङ योञ्जन, डीके वाईबा, कर्ण विरह, लेखनाथ छेत्री, आशिषदीप राई, विनोद प्रधान, राकेश शर्मा आदिले कविता वाचन गरेका थिए। 
कार्यक्रममा विधायक डा. हर्हकबहादुर छेत्री, डा. एनोस् दास प्रधान, पूर्व प्राचार्य कुमार छेत्री, अधिवक्ता अमर लामा, कवियत्री सानुमति राई, कथाकार सञ्जय विष्ट, नगरपालिका उपाध्यक्ष जायन लेप्चा, साहित्यकार तारा लोहार "लेप्चा" आदि उपस्थित रहेका थिए।

0 Response to "‘सनकी समय’को लोकार्पण"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.