-->
भागोपले बलिदान दिवस पालन गर्ने

भागोपले बलिदान दिवस पालन गर्ने

डी के वाइबा, कालिमन्युज, कालेबुङ 23 अगस्त 2014: भारतीय गोर्खा परिसंघले आगामी 25 दिसम्बरको दिन बलिदान दिवस पालन गर्ने भएको छ। आज एक पत्रकार सम्मेलन डाकेर उक्त जानकारी दिदै भागोप राष्ट्रिय प्रवक्ता आर मोक्तानले शहिद दुर्गा मल्ललाई फाँसीमा झुण्डाएको दिन प्रत्येक वर्ष बलिदान दिवस पालन गरिने गरेको बताएका छन। 
उक्त दिन भागोपले स्वतन्त्रता सेनानीहरूलाई सम्झना गर्दै श्रद्धाञ्जली अर्पण गर्ने पनि बताएका छन। यस अवसरमा यहाँको नोभेल्टि परिसरबाट एउटा जुलुस निकाल्ने भएको पनि जानकारी गराए। सोही क्रममा तिनाल केही दिन अघि स्वतन्त्रता सेनानी जंगबीर सापकोटाको सालिग तोड्ने दुष्क्रितहरूलाई पुलिस प्रशासनले तत्काल पक्राऊ गरेर कानुनी कार्वाही गर्नुपर्ने माग पनि गरेका छन्।

0 Response to "भागोपले बलिदान दिवस पालन गर्ने"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.