-->
एकल कविता वाचन कार्यक्रम सम्पन्न

एकल कविता वाचन कार्यक्रम सम्पन्न

डी के वाइबा, कालिमन्युज, कालेबुङ 23 अगस्त 2014: उपमा प्रकाशन कालेबुङको आयोजनामा आज यहाँको सप्तश्री ज्ञानपिठ्को प्रेक्षागृहमा कवि हेमन यात्रीको एकल कविता वाचन कार्यक्रम सम्पन्न भयो। यस अवसरमा नेपालका युवा कवि हेमन यात्रीको ‘पहाड मसितै यात्रा गर्छ’ कविता संग्रहको तेस्रो संस्करण सार्बजनिक गरियो। 
युवा कवि टिका भाइले सञ्चालन गरेको उक्त कार्यक्रममा कवि सुधिर छेत्रीले हेमन यात्रीको कविता माथी आफ्नो बिचार राखेका थिए। अहिलेघरी कविताले पाठकहरू दिनोदिन गुमाउँदै गईरहेको समयमा कविता प्रति पाठकहरूलाई कसरी आकर्षित बनाउँन सकिन्छ भन्ने कुरालाई बोध गरिरहेको सुधीर छेत्रीले बताउँदै हेमन यात्रीको कवितामा पाठकियता पाउँछौँ भनि बताए।
हेमन यात्रीको कविमा स्थानिय बिषय वस्तुलाई टिप्न सकेको अनि उनका कविताहरू खुबै शक्तिशाली रहेको पनि सुधिर छेत्रीले बताएका छन्। सोही अवसरमा कवि यात्रीको ‘पहाड मसितै यात्रा गर्छ’ कविता संकलनको तेस्रो संस्करण कथाकार शमशेर अली, ज्ञान सुतार, हरिष मोक्तान ‘अल्लरे’ आदिको बाहुलीबाट सार्बजनिक गरियो। कार्यक्रममा नेपालका युवा कवि हेमन यात्रीले आफू कालेबुङ आउँदा कुनै नौला ठाउँमा आएको बोध हुने नगरेको बताउँदै कालेबुङ आफ्नै ठाउँ जस्तै रहेको तिनले बताए।

0 Response to "एकल कविता वाचन कार्यक्रम सम्पन्न"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.