-->
जादवपुर विश्वबिद्यालका बिद्यार्थीवर्गले लेखे बिमल गुरूङलाई खुल्ला पत्र कसको निम्ति तपाईँ गोर्खा भवन निर्माण गर्नुहुँदैछ ? - बिद्यार्थीवर्ग

जादवपुर विश्वबिद्यालका बिद्यार्थीवर्गले लेखे बिमल गुरूङलाई खुल्ला पत्र कसको निम्ति तपाईँ गोर्खा भवन निर्माण गर्नुहुँदैछ ? - बिद्यार्थीवर्ग

डी के वाइबा, कालिमन्युज, कालेबुङ 30 अगस्त। कोलकोता जादवपुर विश्व बिद्यालयमा अध्यनरत दार्जीलिङ पहाडका बिद्यार्थीवर्गले जीटीए प्रमुख बिमल गुरूङलाई खुल्ला पत्र लेखेको ‘द दार्जीलिङ क्रोनिकल’ले फेसबुकमा सार्बजनिक गरेको छ। जादवपुर विश्वबिद्यालयमा अध्ययनरत दार्जीलिङ पहाडका बिद्यार्थीवर्गले जीटीए प्रमुख बिमल गुरूङको आधिकारिक फेसबुक पेजबाट दिल्लीमा गोर्खा भवनको आधारशिला राख्ने कार्यको जानकारी प्राप्त गरेको बताउँदै गुरूङलाई टट्कारो प्रश्न तेर्साएका छन्। “कसको निम्ति तपाईँ गोर्खा भवन निर्माण गर्नुहुँदैछ ?” जादवपुर विश्वबिद्यालयका गोर्खा बिद्यार्थीवर्गले जीटीए­ प्रमुखलाई खुल्ला पत्रमा प्रश्न गरेका छन्।
केही दिन अघि मात्र जादवपुर विश्वविद्यालयमा ईञ्जिनियरिङ बिषय पढ्ने बिद्यार्थीवर्गले दार्जीलिङ पहाडबाट यसवर्ष ईञ्जिनियरिङ बिभागमा भर्ना भएका बिद्यार्थीवर्गलाई ‘स्वागत समारोह’ आयोजना गरेर स्वागत गर्ने योजना बनाएका थिए। धेरै लामो समय यता यसवर्ष जादवपुर विश्वविद्यालयको ईञ्जिनियरिङ बिभागमा दार्जीलिङका 40-45 जना विद्यार्थीवर्गले भर्ना लिएको उनीहरूले खुल्ला पत्रमा खुलाएका छन्। यसरी नयाँ ठाउँमा अध्ययनका निम्ति आएका दार्जीलिङ पहाडका बिद्यार्थीवर्गलाई सोही विश्वबिद्यालयमा अध्यनरत दार्जीलिङ पहाडका बिद्यार्थीवर्गले परिचय आदानप्रदान गर्दै स्वागत समारोह कोलकोताको ‘गोर्खा भवन’मा आयोजना गर्ने योजना बताएका थिए। तर दुर्भाग्यवस उनीहरूले कोलकोताको गोर्खा भवनमा आठ घण्टा कार्यक्रम आयोजना गर्नको निम्ति बीस हजार रूपीया मागेको खुलासा गरेका छन्। 
उनीहरूले लेखेको खुल्ला पत्रमा गोर्खा भवनका कर्मचारीवर्गले उनीहरूलाई अभ्रद भाषा प्रयोग गरेको पनि स्पष्ट लेखेका छन्। जादवपुर विश्वविद्यालयमा अध्ययनरत बिद्यार्थीवर्गले गोर्खाहरूकै निम्ति भनि निर्माण गरेको गोर्खा भवनमा कार्यक्रम गर्न नपाए पछि आघात भएर उक्त खुल्ला पत्र जीटीए प्रमुख बिमल गुरुङलाई लेखेका हुन्। यसरी आघात भएका बिद्यार्थीवर्गले आखिरमा खुल्ला पत्र लेख्दै –“यसको अर्थ गोर्खा भवन कसको निम्ति ?” भनि सोझै प्रश्न गरेका छन्। “के यो साधारण गोर्खहरूका निम्ति हो ? कि केवल उच्च  जीटीएका अनि गोजमुमो भित्रका निम्ति मात्र हुन् ?” जादवपुर विश्वबिद्यालयका गोर्खा बिद्यार्थीहरूले प्रश्न तेर्साएका छन्।
यससी दार्जीलिङ पहाडका बिद्यार्थीहरूलाई स्वागत समारोह आयोजना गर्न गोर्खा भवन प्राप्त नभए पछि गुम्बामा कार्यक्रम आयोजना गर्न केवल बाह्र सय रूपीया लागेको स्पष्ट पार्दै गुम्बा सञ्चालन समितिलाई उनीहरूले पत्रमा नै आभार पनि व्यक्त गरेका छन्। यसका साथै उनीहरूले पुन: खुल्ला पत्रमा गोर्खा भवनका अधिकारीवर्गले आफूहरूलाई भाषिक अभद्र व्यवहार गरेको जसले उनीहरूलाई आघात परेको दाबी गरेका छन्। यसरी गोर्खा भवनमा कार्यक्रम आयोजना गर्न नपाए पछि उनीहरूले “लगभग आठ घण्टा कार्यक्रमको निम्ति किन बीस हजार रूपीया दाबी गरियो ?” यसबारे जीटीएले स्पष्टिकरण दिनुपर्छ भनि माग समेत गरेका छन्।
अर्कोतिर कोलकोता गोर्खा भवनको भाडालाई ध्यानमा राख्दा जीटीए अध्यक्ष बिमल गुरूङले जादवपुर विश्वबिद्यालयका बिद्यार्थीवर्गले दिल्लीमा निर्माण हुन लागेको 17 करोड लागतको गोर्खा भवन चाहिन्दैन भनेर खुल्ला पत्र लेखेका छन्। यस सन्दर्भमा उनीहरूले जीटीए प्रमुख बिमल गुरूङले यस बिषयमा ध्यान दिएर जाँच गर्नेछन भन्ने अपेक्षा समेत गरेको खुल्ला पत्रमा स्पष्ट लेखेका छन्। 

Related Posts

0 Response to "जादवपुर विश्वबिद्यालका बिद्यार्थीवर्गले लेखे बिमल गुरूङलाई खुल्ला पत्र कसको निम्ति तपाईँ गोर्खा भवन निर्माण गर्नुहुँदैछ ? - बिद्यार्थीवर्ग"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.