मोदीले गराइदिए धर्मपुत्रलाई परिवारसँग पुनर्मिलन .....नेपाल ओर्लनासाथ मोदीको पहिलो कामः बिछोडिएको परिवारको पुनर्मिलन
3 Aug 2014
Comment
मोदीले जीतबहादुरलाई आफ्नो परिवारको सदस्यका रुपमा पालनपोषण र रेखदेखमात्र गराएनन्, उच्च शिक्षासमेत दिलाए । तिनै जीतबहादुरको परिवारसँग सम्पर्क स्थापित भएपछि उनले जीतवहादुरसँग पुनर्मिलन गराउने घोषणा नै गरेका थिए ।
जीतबहादुरलाई भेट्न उनका आमाबुबा र परिवारका अन्य सदस्य काठमाडौं आएका थिए ।
मोदी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बौद्धस्थित हायात रिजेन्सी होटलमा पुग्दा जीतबहादुरका परिवार त्यहाँ आइसकेका थिए । उनले त्यहाँ सबैभन्दा पहिलो काम नै परिवारको पुनर्मिलन गराएर सामुहिक फोटो खिचाएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता सइद अकबरुद्दिनले बताएका छन् ।
मोदीले पनि जीतबहादुरलाई परिवारको जिम्मा लगाएलगत्तै ट्वीट गरेर जीतबहादुरको परिवारसँग पुनर्मिलन गराउन पाउँदा खुसी लागेको बताएका छन् ।
मोदीले जीतवहादुरको परिवारसँग भेट्न चाहेकाले काठमाडौंस्थित दूतावासले जीतवहादुरकी आमा खगिसरा, दाइ दशरथ, जीतवहादुरकी बहिनी प्रेमकुमारी र उनकी भाउजूलाई काठमाडौं ल्याइएको थियो । भारतीय दूतावासकै खर्चमा उनीहरु शनिबार काठमाडौं आएको स्रोतले जनाएको छ । हायात होटलमा पुग्नेवित्तिकै मोदी जीतवहादुरका परिवारलाई भेट्न आतुर भएका थिए । त्यहाँ आयोजित एक सानो समारोहमा परिवारको पुनर्मिलन गराई मोदीसँग फोटो खिचाइएको थियो ।
मोदीले जीतवहादुरको परिवारसँग भेट्न चाहेकाले काठमाडौंस्थित दूतावासले जीतवहादुरकी आमा खगिसरा, दाइ दशरथ, जीतवहादुरकी बहिनी प्रेमकुमारी र उनकी भाउजूलाई काठमाडौं ल्याइएको थियो । भारतीय दूतावासकै खर्चमा उनीहरु शनिबार काठमाडौं आएको स्रोतले जनाएको छ । हायात होटलमा पुग्नेवित्तिकै मोदी जीतवहादुरका परिवारलाई भेट्न आतुर भएका थिए । त्यहाँ आयोजित एक सानो समारोहमा परिवारको पुनर्मिलन गराई मोदीसँग फोटो खिचाइएको थियो ।
२७ वर्षीय जीतवहादुर १६ वर्षअघि आफ्नो घर छाडेर मजदूरीका लागि भारत छिरेका थिए । दिल्लीमा घरेलु कामदारका रुपमा रहेका उनी केही समयपछि भागेर राजस्थान पुगेका थिए ।
त्यहाँबाट घर फर्किन गोरखपुरको रेल चढेका जीतबहादुर झुक्किएर अहमदावाद पुगेपछि उनको जीवनले नयाँ मोड लियो ।
यसबीच करीव दश वर्ष मोदीको अभिभावकत्वमा हुर्किएका जीतवहादुर मोदी प्रधानमन्त्री भएपछि होस्टलमा बस्न थालेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
0 Response to "मोदीले गराइदिए धर्मपुत्रलाई परिवारसँग पुनर्मिलन .....नेपाल ओर्लनासाथ मोदीको पहिलो कामः बिछोडिएको परिवारको पुनर्मिलन "
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.