-->
पार्वत्य कर्मचारी एंव श्रमिक संगठनको सभा सम्पन्न

पार्वत्य कर्मचारी एंव श्रमिक संगठनको सभा सम्पन्न

डी के वाइबा, कालिमन्युज, कालेबुङ, 26 अगस्त। पार्वत्य कर्मचारी एंव श्रमिक संगठनको तीनवटा बेग्ला बेग्लै शाखाहरू बिघटन गरेर नयाँ समिति पुन: गठन गरिएको छ। नोम रेञ्ज, लोलेगाँव रेञ्ज अनि चेल रेञ्जमा बसेको छुट्टा छुट्टै सभाम उक्त तीनैवटा समिति बिघटन गरेर नयाँ गठन गरिएको हो। 
कालेबुङ महकुमा समितिका सचिव बुद्धिराज राई अनि अन्य पदाधिकारीवर्गको बिशेष उपस्थितिमा बसेको बेग्ला बेग्लै सभाहरूमा शितकालिन भत्ता अनि पहाडी भत्ताको बृद्धि हुनपर्ने बिषयहरूमा चर्चा भएको थियो। यस समबन्धमा संगठनले गरिरहेका पहलहरूबारे पनि सदस्यहरूलाई जानकारी गराईयो। उक्त छुट्टा छुट्टै सभाहरूमा नोम रेञ्जको पुरानो समिति बिघटन गरेर नयाँ समितिमा सभापति रकम राई, उपसभापति सूर्यकुमार दर्नाल, सचिव रकम राई, सहसचिव हरिप्रसाद शर्मा, कोषाध्यक्ष कुमार राई चयन गरिएको छ।
यसका साथै यता लोले रेञ्जको नयाँ समितिमा सभाप्ति निमाई सुत्रधर, उपासभापति जितबहादुर भूजेल, सचिव पासाङ लेप्चा, सहसचिव संजय लेप्चा अनि कोषाध्यक्ष सुकबहादुर तामाङ चयन भएका छन। सोहीक्रममा चेल रेञ्जको नयाँ समितिमा अध्यक्ष एल.बी छेत्री, उपाध्यक्ष हीरा प्रधान, सचिव कुमार प्रधान, सहसचिव रतन बहादुर सुनुवार, अनि कोषाध्यक्ष दिपक राई चयन गरिएको छ।

0 Response to "पार्वत्य कर्मचारी एंव श्रमिक संगठनको सभा सम्पन्न"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.