-->
एक वर्ष पछि फर्केर हेर्दा “...मङ्गले जल्यो ! मङ्गले जल्यो !!”

एक वर्ष पछि फर्केर हेर्दा “...मङ्गले जल्यो ! मङ्गले जल्यो !!”

डी.के. वाइबा,  कालिमन्युज, 3 अगस्त 2014: “डम्बरचौकमा मान्छे जल्यो... झट्ट पुलिस पठाउँनुहोस...” खाकी वर्दीमा सजिएका पुलिसकर्मीहरूले आफ्नो मोबाईल फोनबाट कालेबुङ थानामा सूचित गरिरहेका थिए। छुट्टै राज्य गोर्खाल्याण्डको मागमा दैनिक धर्ना प्रदर्शनमा निस्केका मानिसहरू कुदीरहेका थिए। 
“ मङ्गले जल्यो ! मङ्गले जल्यो !!” चारै तिर हल्ला मच्चिरहेको थियो। यस्तो कोलाहलमय क्षणमा मङ्गलसिह राजपूत उर्फ मङ्गले भने डम्बरचौकमा आफ्नो शरिरभरी आगोका लप्काहरूसंगै कुदीरहेका थिए। उक्त घट्ना थियो 30 जुलाईको दिन। छुट्टै राज्य गोर्खाल्याण्डको मागमा आफ्नै शरीरमा आगो लगाएको घट्ना यो नै पहिलो थियो। मानिसहरू आगोका लप्कासंगै कुदेका मङ्गलसिंह राजपूतलाई बँचाउन आगो मार्ने प्रयास गरिरहेका थिए। क्षणभरमा आगो निभ्यो.. गोर्खाल्याण्ड जिन्दावाद ! मङ्गलसिह राजपूत जिन्दावाद !! को नारा लगाउँदै मानिसहरूले तिनलाई कालेबुङ महकुमा अस्पताल पुर्‍याए। एका एक कालेबुङ शहर मात्र होईन दार्जीलिङ पहाड नै अशान्त बन्यो। सडकभरी गोर्खाल्याण्ड जिन्दावाद र मङ्गलसिंह राजपूत जिन्दावादकै नारा थियो।
अस्पताल परिसरभरी मानिसहरूको भिड जमेको थियो। कालेबुङ महकुमा अस्पतालमा प्राथमिक उपचार पछि महकुमा स्वास्थ्य अधिक्षक डा सोनाम छिरिङ भोटीयाले ‘मङ्गलसिंह राजपूत’लाई सिलगडी रेफर गरिएको आधिकारिक बयान दिए।
त्यसपछि कालेबुङ महकुमा अस्पतालबाट निलो बत्ति बालेर साईरन बजाउँदै एम्बुलेन्स मङ्गलसिंह राजपूतलाई सिलगडी बोकेर गुड्यो। केन्द्रमा तेलेंगना राज्य गठनको प्रक्रिया निष्कर्षमा पुगीसकेको थियो। गोर्खाल्याण्ड माग्नेहरू जीटीएको चौकिमा बसेका थिए। 
तेलेंगना राज्य गठन निश्चितरुपले हुने पत्तो पाए पछि सहिद दिवसकै अवसर पारेर गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङले 27 जुलाईको दिन कालेबुङको सहिद बेदीबाट निर्णायक आन्दोलनको घोषणानै गरे। आन्दोलन शुरू भयो। तीन दिनमा मङ्गसिह राजपूत जल्यो। सम्पूर्ण पहाड तातियो। गोर्खाल्याण्ड प्रेमीहरू एकबद्ध भएर सडकमा ओर्लिए। यसरी आन्दोलन अघि बडीरहेको समयमा सिलगडी उपचारको निम्ति पुर्‍याईएको मङ्गलसिह राजपूतको निधन भएको खबर पहाडभरी डलेलो बनेर सल्कियो। त्यहीँ डडेलोमा सम्पूर्ण पहाड तातियो अनि राष्ट्रिय राजमार्गमा बन्दको कुनै वास्ता नगरी कुद्ने वाहनहरूमा आगो लगाइयो। बाल, बृद्ध बनिता एक भए। राजनैतिक पार्टीका नेताहरू एक भए अनि आन्दोलनलाई निष्कर्षमा पुर्‍याउँन जन्मियो “गोर्ख्याल्याण्ड टास्क फोर्स”। 
गोर्खाल्याण्ड माग्ने राजनैतिक दलहरूको मिलनले सम्पूर्ण जनतालाई उर्जा दियो। गोर्खाल्याण्ड आन्दोलनको रणनीति बनियो। आखिरमा गोजमुमो अध्यक्ष बिमल गुरूङले घोषणा गरेको निर्णायक आन्दोलन निर्णय बिहिन समाप्त भयो। गोर्खल्याण्ड टास्क फोर्स भत्कियो, मोर्चा जीटीएकै चौकीमा पुग्यो। जनता अल्मल्ल बनिए अनि राज्य सरकारले सीआरपी भित्राएर आन्दोलनकारीहरूलाई जेल पठाए। जनता झण्डाहरूमा वितरण भए, बिकासको मुद्दा गोर्खाल्याण्डको मुद्दामा भारी बन्यो। अनि सुरू भएको थियो दार्जीलिङ पहाडमा तृणमूल कङ्ग्रेसको संगठन बिस्तारको राजनैतिक कसरत।
आज मङ्गलसिह राजपूत आफ्नै शरीरमा आगो झोसेर आत्मादाहको प्रयास गरी गोर्खाल्याण्ड राज्यको निम्ति सहिद बनेको एक वर्ष पुरा भयो। तेलेंगनाको मुद्दाले तातिएको गोर्खाल्याण्ड राज्य बनिए तर मङ्गलसिह राजपूत भने पक्कै सहिद बने। तिनी मटोका निम्ति मरे। सम्पूर्ण गोर्खाल्याण्ड प्रेमाहरूलाई माटोको निम्ति एकबद्ध बनाएर सहिद बने। तर समयको आरोह र अवरोहमा गोर्खाल्याण्ड माग्नेहरूनै आपस्तमा झण्डाका रङ्गहरूमा बिभाजन भए अनि तेलेंगना राज्य गठनको बिल देशको संसदमा पारित भएको साक्षी बने।
को हुन् त मङ्गलसिंह राजपूत
गोर्खाल्याण्ड राज्य भनेपछि हुरुक्कै हुने राजपुतले कालेबुङको माटोमा सन 1976मा टेकेका थिए। राजपुत कहिले अनि कुन ठाउँमा जन्मे कसैलाई थाह छैन अनि तिनका माता पिता को हुन भन्ने जानकारी समेत कसैलाई छैन। यद्यपी तिनी गोर्खाल्याण्ड राज्य प्राप्तिको निम्ति आत्मदाह गर्ने भने पक्कै पहिलो व्यक्ति हुन। मङगलसिह राजपुत उर्फ मङगले कालेबुङ आउँदा चार पाँचवर्षका वर्षका थिए। सन 1976& को कुरा हो कालेबुङका स्व छिरिङ छोडेन भोटिया भोटाङको फुन्छोलिङमा काम गर्थे। त्यसै समय मङगलसिंह राजपुतलाई तिनका आमा बाबाले भोटियाको घरमा ल्याएर राखिदिएको स्व छिरिङ छोडेन भोटियाको भाई निमा वाङदी भोटिया बताउँछन।
भोटाङमा सरकारी जागिर खाने स्व छिरिङ छोडेन भोटिया त्यही वर्ष नानी हुने अवस्थामा बितिन। तिनी बितेको समाचार कालेबुङमा आफन्तहरुले पाएर जाँदा मङगसिह राजपुत सोहि घरमा चार पाँच वर्षका थिए। तिनको आमा बाबाको पत्तो थिएन। जसको कारण स्व छिरिङ छोडेन भोटियाको शव संगै राजपुतलाई पनि कालेबुङमा ल्याएर आए निमावाङदी भोटियाले। त्यसपछि सुरु भयो मङगलसिह राजपुतको कालेबुङमा बाल्यकाल।
कालेबुङको माटोसंग तिनी परिचित बन्दै हुर्किए तयपछि अस्सिको दशकमा सुवास घिसिङले चलाएको माटोको आन्दोलनले मङगलसिह राजपुतलाई पनि माटो प्रेम जगाईदियो। तिनी अस्सिको दशकमा खाँटी गोरामुमो पार्टीका कार्यकर्ता भएर आन्दोलनमा होमिए। सोही समय तिनलाई कालेबुङ शहरको छ नम्बर वार्डको गोरामुमो पार्टीको सयोजक समेत बनाईदिएको तिनलाई हुर्काउँने निमा वाङदी भोटिया बताउँछन।
यसरी माटो प्रेमले मातिएको मङगलसिह राजपुत आन्दोलनमा होमिए पछि सीआरपीको डरले निमा वङदी भोटियाको घरबाट दिन दिनै टाडा हुँदै गए। समय समयमा तिनको आऊ जाऊ हुन थाल्यो। त्यसपछि तिनी जवान भए अनि वैवाहिक जीवनतिर नब्बेको दशकमा लागे।
नब्बेको दशकमा तिनले डा ग्राहम होम्स ब्लक डी निवासी मञ्जु राजपुतलाई विहाह गरे अनि तिनलाई हुर्काउँने निमा वाङ्दी भोटियाले नै विवाह समेत गरिदिए पछि उनीहरुको दाम्पत्य जीवन अघि बड्यो। त्यसपछि राजपुत होम्समा नै बस्न थाले।
तिनका हाल ठूलो छोरा 23 वर्षिय अर्पण राजपुत अनि सानो छोरा 21 वर्षिय अमन राजपुत छन। समयको आरोह र अवरोहमा माटो प्रेमले मात्तिएको मङगलसिह राजपुत पहाडमा गोजमुमो पार्टीको गठनसंगै गोर्खाल्याण्डको आन्दोलनमा सक्रिय बने। मोर्चाले सुरु गरेको सुनकोश यात्रामा पैदल हिडेर पुगे। मोर्चाको तिरंगा झण्डा आँगनमा ल्याएर गाडे। तर छैनन झण्डा ल्याएर गाड्ने मङगलसिह राजपुत। छन त केवल मङ्गलसिह राजपूतका सम्झनाहरू। 

Related Posts

0 Response to "एक वर्ष पछि फर्केर हेर्दा “...मङ्गले जल्यो ! मङ्गले जल्यो !!”"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.