
सुगौलि सन्धि संशोधनले गोर्खाहरूको दिर्घकालिन समस्या समाधान हुनपर्छ – डा महेन्द्र पी लामा
डी के वाइबा, कालिमन्युज, कालेबुङ 18 अगस्त 2014। 1950को भारत नेपाल सुगौलि सन्धिलाई यसपल्ट दुवै देशको सरकारले समिक्षा गरेर संशोधन गर्ने चर्चा चलिरहेको समयमा यसपल्ट यस सुनौलो मौकालाई गोर्खाहरूले चुकाउँन नहुने डा महेन्द्र पी लामाले मन्तव्य प्रकट गरेका छन। आज अचानक कालेबुङ आईपुगेका डा लामाले यस अवधी यहाँको श्यामा देवी भनवमा गोर्खाल्याण्ड टास्क फोर्सका प्रतिनिधीहरूसंग बैठक गरेका थिए।
उक्त बैठक पछि पत्रकारहरूलाई सम्बोधन गर्दै उनले नेपाल भारत सन्धिलाई दुवै देशको सरकारले समिक्षा गरेर संशोधन गर्ने पहल गरिरहेकोमा खुशी व्यक्त गर्दै यस सन्धिले भारतीय गोर्खाहरूलाई हुने समस्या निवारणको निम्ति सही कार्य गर्ने समय आएको बताएका छन। “भारत नेपाल सन्धिले भारतीय गोर्खाहरूलाई पुर्यारएको समस्याको दिर्घकालिन समाधान गर्नपर्ने समय आएको छ। यसको निम्ति सम्पूर्ण गोर्खाहरू एक भएर कार्य गर्नुपर्छ। यसको निम्ति कुनै जात, धर्म र राजनीति हेर्नु हुँदैन। एक भएर हामीले कार्य गर्न सके मात्र भारतीय गोर्खहारूलाई सन् 1950को सन्धिले पुर्यानएको समस्याको दिर्घकालिन समाधान हुनेछ” डा महेन्द्र पी लामाले भने। उक्त सन्धि संशोधनको निम्ति दार्जीलिङ डुवर्स युनाईटेड
डेभलभमेन्ट फाउण्डेसनले आधार पत्र तयार पार्ने पनि लामाले जानकारी गराए।
“सन्धि संशोधनको निम्ति दस्तावेजहरूको आवश्यक्ता पर्दछ। यसको निम्ति डीडीयुडीएफले सम्पूर्ण दस्तावेजहरूको साथमा कागजपत्र तयार पार्नेछौँ” डा लामाले भने। यदि यसपल्ट दुवै देशले सन्धि संशोधनको निम्ति पहल गर्दा गोर्खाहरूले उचित पहल गर्न नसके भारतीय गोर्खाहरूको समस्या भविष्यमा समाधान हुन असम्भव प्राय हुने पनि डा लामाले दाबी गरे।
यता पत्रकारहरूसंगको कुराकानीले तिनले अहिले घरी डीडीयुडीएफले चुनावको समयमा उठाएका मुद्दाहरूलाई स्थानिय राजनैतिक दलहरूले उठाएको बताउँदै यदि उक्त मुद्दाहरूको निम्ति आवश्यक दस्तावेजको खाँचो परे डीडीयुडीएफले सहायता गर्ने पनि डा लामाले बताएका छन।
“अहिलेघरी यहाँका राजनैतिक दलहरूले जेलेप्लाको मार्ग खोल्नुपर्ने, निम्नत अधिनियम अनुरूप रोजबृद्धिको कुरा डीडीयुडीएफको चुनावी मुद्दाहरू हुन्। यस मुद्दाहरू यहाँका राजनैतिक दलहरूले उठान गर्नु खुशीको कुरा हो। यदि उनीहरूलाई कुनै आवश्यक दस्तावेजहरूको खाँचो परे हामी सहयोग गर्न तयार छौँ” डा महेन्द्र पी लामाले बताए। यसक्रममा तिनले पत्रकारहरूलाई सम्बोधन गर्दै दार्जीलिङ पहाडमा अब डीडीयुडीएफले जनशिक्षा र जनचेतनाको कार्य गर्ने बताएका छन।
“केन्द्र सरकारको धेरै योजनाहरू छन्। उक्त योजनाहरू कसरी लागु गर्न सकिन्छ, यसबाट जनताले कति लाभ पाउँछन भन्ने सम्पूर्ण जनतालाई ज्ञात हुन आवश्यक छ। जनताहरू यस्ता योजनाहरूबारे सचेत बन्न आवश्यक छन। अब हामी यस्ता योजनाहरूबारे जनतालाई जागरूक गराउँनेछौँ” डा लामाले भने। यसका साथै तिनले यस्ता योजनाहरूबारे जनतालाई अवगत गराउँन जीटीएको मुख्य कार्य हो भनि बताए।
अर्कोतर्फ यता भागोप राष्ट्रिय अध्यक्ष रेभरेन डा एनोसदास प्रधानले पत्रकारहरूलाई सम्बोधन गर्दै आजको बैठकबारे जानकारी गराए। यसक्रममा तिनले आगामी 14 सितम्बरको दिन दिल्लीमा भागोप केन्द्रिय समितिको बैठक हुने बताउँदै भारतका प्रधानमन्त्री, केन्द्रिय गृहमन्त्री, बिदेशमन्त्रीलाई भेट गरेर छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दालाई अघि बडाउँने बताएका छन।
0 Response to "सुगौलि सन्धि संशोधनले गोर्खाहरूको दिर्घकालिन समस्या समाधान हुनपर्छ – डा महेन्द्र पी लामा"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.