-->
गोर्खाको सपना आशा आशा-धन्य विनाश- झोलि तुम्बी रुखमा टाँस

गोर्खाको सपना आशा आशा-धन्य विनाश- झोलि तुम्बी रुखमा टाँस

राजेश शर्मा, कालिमन्युज, जयगाँउ 8 जुन 2014 । गोर्खाहरुले छुट्टै राज्यको मांग प्रारम्भ गरेको 108 भन्दा बेसी वर्ष भएता पनि 2011 को 18 जुलाई देखि औपचारिक नभए पनि राजनैतिक सम्झौता अनुरुप यसले विराम लिएको मानिंन्छ। एकातिर आन्दोलन चर्काउने घोषणा हुन्छ भने काम भने अर्कै हुन्छ। आज लिएको घोषणा भोलि कुनै नपत्याउने कारणमा फिर्ता लिइंछ। अर्कोतिर नसक्नेले फेरि आन्दोलन गर्ने घोषणा गर्छन जो कसैलाई पच्दैन। यसैले गोर्खा जातीको मनमा रहेको आशा र उमंगले पनि गर्मीको महिनामा कड़ा सुर्यको तापले हरिया झार जंगलका विरुवाहरु ओइलाएको वा मुर्झाएको झै आज वीर अनि बुध्दीमानी गोर्खा जातीको सपना पनि ओइलाउदै मुर्झाइसकेकोछ । 
गोर्खा जातीले आफ्नो चिन्हारी, अस्मीता र आकण्क्षाले के कुनै दिन बौरेला ? के गोर्खाजातीको अर्को कुनै योग्य नेता जन्मेला? यो चर्चा गोर्खा जातीहरुको बीचमा एक- आपसमा पहाड़ लगायत डुवर्समा भइनै रहेको छ । 29 वा राज्य तेलगाना गठनले बिर्सिन आटेको अनि आ हुदैन भनेर बिर्सिन चाहेको यो कुरो बारे पुन एकचोटी सम्झन कर लागेकोछ। आन्ध्र प्रदेशलाई काग्रेस वा यूपिए सरकार्ले दुई भाग गरी नयाँ भाग तेलांगाना राज्य गठन गर्न सक्दा बंगाललाई पनि गोर्खाको हितमा विभाजन गर्न किन केन्द्र सरकार या राज्य सरकारले सोच्दैन भन्ने प्रश्न उठ्छ। किन गोर्खा जाति प्रति कोल्टे निति अप्नाइएको हो वा गोर्खा जातीको आन्दोलनले केन्द्र र राज्य सरकारको ध्यान आकर्षित गर्न सकेन यो अर्को प्रश्न पनि सबैको मनमा उब्जेकोछ।। 
प्रश्न उठ्छ...के गोर्खाको आन्दोलन पहाड़मा मात्रै सिमित रहेको कारणले त होइन्? बगालमा या दिल्ली वा भारतका अन्य प्रान्तमा खासै प्रभाव पार्ने कुनै आन्दोलन नगरिएकोले त होइन ? आजका गोर्खा नेताहरु चाड़ै कुर्सीको या अन्य कुनै भौतिक कुरोको प्रलोभनको जालमा फसेको कारण त होइन भन्ने अर्को प्रश्न् पनि उठ्न लागेकोछ । भारत स्वाधिन हुनु भन्दा अघि देखि उठेको मागको सुनवाइ नहुनुले गोर्खा जातीमाझ हाम्रा बुडा पाकाहरुले भनेका यी कुरोसंग मेल खाएको जस्तो लाग्छ आशा –आशा धन्य- बिनाश, झोलि –तुम्बी रुखमा टाँस । यसै भन्ने हो भने भारतमा अहिले पनि 8 वटा अलग राज्यको माग जारि रहेको छ्र । 
ति राज्यहरु हुन लदाख, हरित प्रदेश, बुन्देलखण्ड,विदर्भ, पूर्वाण्चल, मिथिलाण्चल, बोड़ोल्याण्ड अनि गोर्खाल्याण्ड । यी मांग गर्ने 8 प्रस्तावित राज्यको मांग गरिएको क्षेत्रमा जनसंख्या र् सांसदहरुको संख्या यस प्रकार छन् । 1)-लदाखको जन संख्या मोठ 15 लाख छ जसमा दुइ सांसद छन् । 2)- हरित प्रदेशको जन संख्या 5 कड़ोर छ जसमा 22 सांसदहरु छन् । 3 )- बुन्देलखण्डको मोठ जनसंख्या 5 कड़ोर छ जसमा 10 सासदहरु छन् 4)- बिदर्भको मोठ जन संख्या 2.06 कड़ोर छ जसमा 10 सांसदहरु छन् । 5)-पूर्वाण्चलको मोठ जनसंख्या 6.06 कड़ोर छ जसमा 23 सांसदहरु छन् । 6)-मिथिलांचलको मोठ जनसंख्या 4 कड़ोर छ जसमा 11 सांसदहरु छन् । 7)-बोरोल्याण्डको मोठ जनसंख्या 30 लाख छ जसमा 1 सांसद छन । 8)- गोर्खाल्याण्डको मोठ जनसंख्या 30 लाख छ जसमा 1 सांसद छन । 
के अब मोदि सरकार वा भाजपा सरकारको सांसन शासनकालमा कुनै राज्य जन्मिने छ त भन्ने प्रश्न् र जिज्ञासा सबैमा उठेकोछ। यस्तो समय बा हुने हो भन्ने आशामा अब गोर्खाल्याण्डको आन्दोलनको रुप रेखामा नयाँ आन्दोलन पध्दति कसरी अघि सार्नु पर्ने हो भन्ने कुरालाई गम्भिरतापूर्वक घोत्लिनु पर्ने देखिएकोछ। भारत स्वाधिन भएपछि 1952 मा भारत सरकारको तत्कालिन प्रधान मंत्री जवाहरलाल नेहरुलाई गोर्खा लीगको तर्फबाट नरबहादुर गुरुङ्ले कालेबुंगमानै बंगालदेखि अलग गर्ने मागको एक स्मरण पत्र चड़ाएका थिए। तर भारत स्वाधीन भएको 67 वा बर्ष बितेर जादाँ पनि गोर्खा जातीको मांगले न्याय नपाएको देख्दाँ अब गोर्खा नेताहरुले केही गर्लान त? ....के गोर्खाहरुले 30 वा राज्यको दर्जा पाउलान त? भन्ने जिज्ञासा बडेकोछ । बर्तमान तृणमूल वा बंगाल सरकारको शासनमा चेप्टिएर गोर्खाल्याण्ड्को आवाजले नयाँ दिसा लिन सकेको छैन् । 
अब के गोजमुमोले गोर्खाल्याण्ड हासिल गर्न साच्चैनै इमान्दारीपूर्वक आन्दोलनको नेत्रित्व गर्ला त् ? राज्य सरकारद्वारा यस प्रकारका आन्दोलनको विरोध हुदा के गोजमुमोले ड्टेर साच्चैकै आन्दोलन गर्ला या गर्न सक्ला त? यस्त प्रश्नह्रु ट्ट्काला बनेका छन। भर्खरै बिमल गुरुंङ तथा गोजामुमोले दिल्ली मुखी आन्दोलन गर्ने घोषणा गरेको छ। तर दिल्ली मुखी आन्दोलन भए प्रचार प्रसार र सरकारको ध्यान आकर्षण गर्न गोजमुमो कति सम्म सफल हुने हो शंकाजनक देखिएकोछ। यसमा गोर्खाहरुलाई प्रतिनिधित्व गर्ने कुनै राष्ट्रिय स्तरको मिडिया च्यानल, पत्रिका, नहुनु वाधक या अंभाव वा कमजोरी भएकोछ । गोर्खाहरुको आन्दोलनलाई एकाध होइन तर निरंतर रुपमा भारतको प्रत्येक नेता र जनताले बुझनु र गम्भिरतापूर्वक लिएर छुट्टै राज्यको दर्जा दिनु जरुरी छ जसको निम्ति विशेष पहल गरिनु पर्ने अनिवार्यता देखिएकोछ।

0 Response to "गोर्खाको सपना आशा आशा-धन्य विनाश- झोलि तुम्बी रुखमा टाँस "

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.