गोजमुमो गोर्खाल्याण्ड प्रति ईमान्दार छैन – भूपेन लेप्चा
डी के वाइबा, कालिमन्युज, कालेबुङ 8 जून 2014। दार्जीलिङ पहाडको बिकास कार्य मिलेर गर्नुपर्ने गोजमुमोलाई हिल तृणमूल कङ्ग्रेसका युवा अध्यक्ष भूपेन लेप्चाले सुझाव दिएका छ। दार्जीलिङ जिल्ला हिल तृणमूलका युवा अध्यक्ष चुनिए पछि आज पहिलोपल्ट पत्रकारहरुसंगको कुराकानी गर्दै तिनले जीटीएको बिकास कार्य मिलेर गर्न पर्ने सुझाव दिएको हो। यसक्रममा अहिलेसम्म जीटीएले राज्यसरकारले मनोनित गरेको तृणमूल सभासदहरुको कुरा नसुनेको आरोप लगाउँदै तृणमूल सभासदहरुलाई पनि ठोस दायित्व दिनुपर्ने माग गरे।
“जीटीएले पहाडका जनताहरुको बिकास कार्य गर्नुपर्छ। बिकासको निम्ति तृणमूलले सदै सहयोग गर्नेछ। ‘गोर्खाल्याण्ड’को नारा लगाएर बिकासको कार्य गरेर जनतालाई छल्न भन्दा बरु मिलेर बिकास कार्य गर्नु उचित हुनेछ” – भूपेन लेप्चाले भने।
लोकसभा चुनावको परिणाम पछि अहिले तृणमूल कङ्ग्रेसले संगठनलाई अझ दह्रो बनाउँन राज्यभरीको समितिहरु बिघटन गरेर नयाँ समिति गठन गरिरहेको छ। यसैक्रममा दार्जीलिङ पहाडमा पनि युवा संगठनलाई भङ्ग गरेर भूपेन लेप्चालाई अध्यक्ष चुनेको हो भने अहिलेघरी तिनले संगठन गठनको कार्य अघि बडाउँन थालेको छ।
आगामी 14 जून अघि नयाँ कमिटीहरु गठन गरेर उच्च स्तरमा रिपोर्ट पुर्या्उँनु पर्ने भएको कारण तिनले सांगठनिक कार्यलाई तिब्रता दिएको तिनले जानकारी दिएका छन। सोही बिषयलाई केन्द्र गरेर आज चयन भएका नव युवा अध्यक्ष भूपेन लेप्चाले यहाँको पार्टी कार्यलयमा एक बैठक डाकेका थिए।
बैठकमा तृणमूल राज्य समिति सचिव बिशाल छेत्री, लवङ सुब्बा, कालेबुङ महकुमा अध्यक्ष प्रणय थुलुङ आदिको उपस्थिति रहेको थियो। बैठकमा बिभिन्न स्थानहरुबाट आएका तृणमूल कार्यकर्ताहरुले युवा अध्यक्ष लेप्चालाई बिभिन्न सांगठनिक समस्याहरुबारे अवगत गराए।
“राजनीति गर्नु भनेको कसैसंग दुश्मनी गर्नु होईन। राजनीति गर्दा एकार्कामा मित्रताको हात बडाउँन सक्नुपर्छ। यसकारण पनि दार्जीलिङ पहाडको बिकास गर्न तृणमूल कङ्ग्रेसले मोर्चासंग मित्रताको हात अघि बडाउँन चाहन्छ” लेप्चाले भने। तिनले जीटीए क्षेत्रको
बिकास गर्ने कार्य जीटीए प्रशासनको भएको बताउँदै यसको निम्ति तृणमूल कङ्ग्रेस सहयोगको निम्ति सधै तत्पर रहेको बताएका छन। “
जीटीएले पहाडका जनताको आधारभूत समस्याहरु अझसम्म समाधान गर्न सकेको छैन। तृणमुल कङ्ग्रेस मनोनित सभासदहरुको कुनै कुरा सुन्ने कार्य समेत भएको छैन। जनताको हितमा एकार्काको कुरा सुन्न पर्छ” भूपेन लेप्चाले आरोप लगाउँदै भने।
कुराकानीको क्रममा तिनले जीटीएले पहाडका जनतालाई अल्मलाउँने कार्य गरिरहेको पनि आरोप लगाएका छन।
“मोर्चाको कुरा र कार्यमा आकाश पातालको फरक छन। व्यवहारिकतामा मोर्चाले बिकासलाई नै प्राथमिकता दिएको छ तर गोर्खाल्याण्डको कुरा भने जनतालाई अल्मलाउँने कार्य गरेको छ। यदि मोर्चा साँच्चै ईमान्दार हुँदो हो भने जीटीए छोडीसकेको हुनेथियो” भूपेन लेप्चाले स्पष्ट भने।
यसक्रममा तिनले पहाडका युवाहरुको पक्षमा समेत जीटीएले कुनै कार्य गर्न नसकेको आरोप लगाएका छन।
0 Response to "गोजमुमो गोर्खाल्याण्ड प्रति ईमान्दार छैन – भूपेन लेप्चा "
Post a Comment
Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.
Note: only a member of this blog may post a comment.